प्रथम शहीद लखन थापाको शालिक पुनर्स्थापन गरिदैं, प्रधानमन्त्री डा. भट्टराईले अनावरण गरेको शालिक रातारात भत्काईएकोमा विश्वभर आक्रोश Print
Share
User Rating: / 0
PoorBest 
Tuesday, 26 September 2017 23:16

Exclusive: 6 photos: पोखरा- पोखरा लेखनाथ महानगरपालिकाले पोखराकै अति व्यस्त लखनचोकमा रहेको, बिसं २०६७ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  अनावरण गरेको नेपालका प्रथम शहीद लखन थापा मगरको शालिक हटाएको छ । सोमबार राती शालिक हटाइएपछि आक्रोशित बनेका मगर समुदायलगायत सर्वसाधारणले विभिन्न माध्यमबाट चौतर्फी चर्को विरोध गरेपछि अन्ततः प्रशासनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट शालिक पुनर्स्थापन गर्ने १० बुँदे सहमति भएको छ ।

Statue of Nepal's first martyr Lakhan Thapa Magar at Lakhan Chouk, Pokhara which was demolished by Pokhara Municipality on September 25, 2017. Photo by Pradeep Pariyar Thapa

जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमति अनुसार मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा प्रथम शहीद लखन थापाको शालिक निर्माण तथा पुनर्स्थापन समिति गठन गरिएको छ । सहमति अनुसार तत्काल निर्माण सुरु गरिने भएको छ ।

Nepal's First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine (www.laaphaa.com). Download large size image for poser print

पहिलेकै ढाँचा र स्वरुपमा शालिक निर्माण गर्ने र लखनचोकको केन्द्र भागमै पुनर्स्थापन गर्ने, शालिकको सुरक्षा जिल्ला प्रशासनले गर्ने, शालिक पुनर्स्थापन गर्न लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सहमति पनि भएको छ । साथै, रातारात शालिक रहेको आइल्याण्ड हटाउने कार्यले आमनागरिक र सर्वसाधारणमा पुग्न गएको भावनात्मक चोटप्रति महानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।

Lakhan Chouk, Pokhara after demolition of statue of Nepal's first martyr Lakhan Thapa Magar by Pokhara Municipality on September 25, 2017. Photo courtesy: Man B Rana Magar facebook post

महानगरपालिकासहित जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालय, पोखराले पोखराका आइल्याण्डहरूका कारण ट्राफिक जाम बढेको भन्दै हटाउने तयारी गरेको थियो । मगर संघ कास्कीसँग महानगरले आइल्याण्डको साइज सानो बनाएर प्रथम शहीदको शालिक राख्ने भन्नेमा सहमति गरेको थियो । तर, आइल्याण्ड पूरै हटाइएपछि मगर समुदाय आक्रोशित बनेका छन् ।


तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहको शालिक रहेको सो स्थानमा ०६२/०६३ को जनआन्दोलनका क्रममा आन्दोलनकारीले पृथ्वीनारायणको शालिक भत्काइदिएका थिए । त्यसपछि खाली रहेको सो चोकमा २०६४ सालमा मगर संघ कास्कीले प्रथम शहीद लखन थापा मगरको शालिक प्रतिस्थापन गरेको हो । २०६५ सालमा पूर्ण कदको शालिक निर्माण पछि २०६७ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो शालिकको अनावरण गरेका थिए ।

-Rudra Shrees Magar in Pokhara

The satue of Nepal's first martyr Lakhan Thapa Magar being demolished by Pokhara Municipality on September 25, 2017. Photo courtesy: Man B Rana Magar facebook post

Read related news on Nepal's 1st Martyr (प्रथम शहीद) Lakhan Thapa Magar:

-http://www.usnepalonline.com/lakhan-thapa/

-प्रथम हुलाक टिकट: नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा नेपाल सरकारद्वारा मंसिर १ गते प्रथम हुलाक टिकट जारी