Inside

All Time Top 50 News

"तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे": गायक पन्नाकाजीको जीवनी र कार्य PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 08 February 2017 19:27

"तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे
कसको यो सम्झना मेरो मनैमा लौ माया नमारे ।"

(स्वर : पन्नाकाजी, सङ्कलन : सरोजकुमार शाक्य)
Exclusive: 2 photos:
काठमाडौँ- नेपाली सङ्गीतका शिखरमध्ये एउटा अर्का विशष्टि शिखर अथवा भनौं पन्नाकाजी शाक्य पनि अब हामीबाट विदा भए । २०७३ सालको माघ १२ गते एकाबिहानै यस धर्तीबाट उनको भौतिक चोला उठ्यो । पन्नाकाजी पुरानो पुस्ताका सङ्गीत श्रोताहरूको अत्यन्तै मन पर्ने नाउँ हो । उनी गीत गाएर नेपाली जनमानसमा खुबै चर्चित भए । वास्तवमा 'तिरिरी मुरली बज्यो बनैमा' नेपाली सङ्गीत पारखीको एउटा प्रिय गीत हुन गयो, एउटा प्रतिनिधि गीत पनि हुन गयो र एउटा चिरस्मरणीय गीत हुन गयो । त्यही गीतले पन्नाकाजीलाई धरहराको टुप्पो चढायो, सबैको मन पर्ने गरायो र गायनमा लोकप्रिय बनायो ।

Late singer Pannakaji Shakya. Photo courtesy: Nai Prakashan

संवत् १९८८ साल पुस १५ गते काठमाडौँको ओमबहालमा पन्नाकाजी जन्मेका थिए । चिसो दिनमा जन्मेका पन्नाकाजीबाट सधैँ तातो, न्यानो र मीठो सङ्गीतको आविष्कार भयो । उनी आफ्ना बाबुको सङ्गीतप्रतिको झुकावका साँचो लगानी मानिन्छन् । भजनगृहमा पन्नाकाजीका बाबु चतुरमान शाक्य हारमोनी बजाउँथे । बाबुको त्यही हारमोनीको रिड खेलाउँदा खेलाउँदै पन्नाकाजी सङ्गीतका कुशल खेलाडी नै बने । उनको खेल हेरेर आमा बालकुमारी छक्क पर्थिन् । वास्तवमा नानीदेखि लागेको बानीले पन्नाकाजी नेपाली सङ्गीतक्षेत्रका श्रद्धेय तारा बने । उनी काठमाडौँका नेवार हुन् तर उनी सारा नेपालीका साझा गायक बने ।

Late singer Pannakaji Shakya. Photo courtesy: Nai Prakashan

पन्नाकाजीले २००४ सालमा सार्वजनिक रूपमा गीत गाउन थाले । सुरुमा उनले नेवारी गीत गाएका थिए र त्यसपछि उनले हिन्दी गीत पनि गाएका थिए । आफ्नै बाबुलाई गुरु थापेर उनी सङ्गीतमा निरन्तर समर्पित भएका थिए । पन्नाकाजीका बाबुको सुनचाँदीको दोकान थियो तर भजनकीर्तन भनेपछि उनका बाबु चतुरमान शाक्य मरिमेट्थे । वास्तवमा त्यही प्रभावले पन्नाकाजी सङ्गीतमा डुबेका थिए । आफ्ना बाबुको एक्लो छोरो भएकाले उनी सुरुदेखि नै आर्थिक रूपमा पनि सक्षम नै थिए ।

सुरुसुरुमा पन्नाकाजीका गीतमा हर्रि्रसाद रिमालको साङ्गीतिक साथ जुट्थ्यो । रिमाल पन्नाकाजीलाई सङ्गीत मात्र सिकाउँदैनथे उनी नाटकमा अभिनय गर्न पनि सिकाउँथे । २००४ सालमा पन्नाकाजी १६ वर्षा थिए । त्यस बेला 'युवराज कुँडाल' नामक हिन्दी नाटक नेपालीमा अनुवाद भयो । त्यस नाटकमा पन्नाकाजीले अभिनय गरे र गीत पनि गाए । त्यसपछि मान्छेले भन्न थाले- "पन्नाकाजीले मीठो गीत गाउँदो रहेछ ।" उनी किशोर स्वर बोकेर क्रमशः धुरी चढ्न थाले, गीत गाएर मान्छेको मन जित्न थाले र आफ्नो कुशल योग्यता जनजनका मनस्थितिमा र्छन थाले :

आँधीबीचको बिचरो चरीसरि
छटपट पारी गयो कसले; कुन देश कसरी ?

(स्वर : पन्नाकाजी , सङ्गीत : नातिकाजी, शब्द : म.वी.वि. शाह)

पन्नाकाजीका गीत राजा महेन्द्रलाई पनि मन पर्थे । त्यसैले राजालाई गीत सुनाउन पन्नाकाजी राजदरबार जान थाले । राजदरबारमा उनले आफ्नो सक्कली कला प्रस्तुत गर्थे । त्यस बेला कवि राजाबाट हुकुम हुन्थ्यो "तिमीहरू गीत गाएर मात्र खान सक्छौ -" पन्नाकाजीहरू भन्थे- "सरकार ! हामीले सङ्गीतबाहेक अरू केही जानेनौँ ।" अनि राजाको महावाणी फुस्कन्थ्यो- "तिमीहरूको म व्यवस्था गर्छु" यस्तै छलफलका क्रममा राजा महेन्द्र स्वर्गीय भए । त्यो खबरले पन्नाकाजी रोए, सबै नेपाली रोए र देश नै आँसुको पोखरीमा डुब्यो ।

त्यस समयमा नेपाली कलाकारहरू सारै उत्साही थिए । पन्नाकाजी पनि अत्यन्त उत्साही थिए । त्यही उत्साहमा उनी गायनमा निर्लिप्त डुब्न थाले । उनको स्वरसङ्गीतमा पारखीहरू झुम्म झुम्मिन थाले । वास्तवमा श्रोताहरू पन्नाकाजीको स्वर मीठो मानेर सुन्थे । उनको मिठासपूर्ण स्वरको चारै तिरबाट प्रशंसा हुन्थ्यो । उनका गीत फर्माइसमा बजिरहन्थे ।

पन्नाकाजीको स्वरले काठमाडौँमा छ्याप्छ्याप्ती प्रेम गाँस्न थाल्यो । क्रमशः उनको मेलोडी बालकृष्ण समको कानमा पनि पुग्यो । त्यसपछि पन्नाकाजीलाई समले हर्रि्रसाद रिमालमार्फ रेडियो नेपालमा बोलाए । उनी २००८ सालको सुरुमै रेडियो नेपाल पुगे ।

रेडियो नेपालको नेतृत्व बालकृष्ण समले गरेका थिए । त्यस बेला तारिणीप्रसाद कोइरालाचाहिँ निर्देशक थिए । पन्नाकाजी रेडियो पुगेका बेला जनार्दन सम कार्यक्रम प्रमुख थिए । जनार्दन समले पनि पन्नाकाजीलाई खुबै माया गरे, सहयोग गरे र कदर गरे ।

पन्नाकाजी रेडियो पुगेपछि उनको स्वर बालकृष्ण समले दोहर्याई तेहर्याई सुन्थे । सम उनका स्वरमा झनै भुतुक्क हुन थाले । पन्नाकाजीको स्वरमा मुग्ध भएपछि समले भने- "म गीत लेख्छु; तिमी मेरो गीत गाऊ ।" पन्नाकाजीले समको रचना मीठो पाराले गाए । त्यसपछि पन्नाकाजी समका काँधमा पनि बोकिन थाले । अनि पन्नाकाजी झनै मक्ख परे । उनले झन् स्वर तिखारेर समकै गीत
गाउन थाले :

मनको अँध्यारो एउटा कुनामा यसलाई राखे कहिले नफाले
फाल्नै परे पनि फाल्नुअगाडि फाल्छु भनेर किरिया नहाले ।

(स्वर र सङ्गीत : पन्नाकाजी, शब्द : बालकृष्ण सम)

पन्नाकाजीको स्वभाव, आनीबानी र विचारधारा अत्यन्तै सादा थियो । उनी जागिर, पद र धन बटुल्ने महत्त्वाकाङ् क्षामा कहिले लागेनन् । उनी खालि आफ्नो स्वर र सङ्गीतका कारणले ख्यात्रि्राप्त गायकमा स्थापित भए । 'तिरिरी मुरली बज्यो बनैमा' गीत गाएर उनी नेपालबाट भारत पुगे । बिस्तारै उनको स्वरले एसिया ढाक्यो र उनी स्वरबाटै युरोप, अफ्रिका र अमेरिकासम्म पुगे । अथवा भनौँ जहाँजहाँ नेपालीहरू थिए त्यहीँत्यहीँ पन्नाकाजीको स्वर भेटिन्थ्यो ।

पन्नाकाजीले बाईस वर्ष टेक्तानटेक्तै ज्ञानदेवीसँग बिहे गरे । ज्ञानदेवीसँगको सुखद दाम्पत्य जीवनले पन्नाकाजीबाट सङ्गीतको आविष्कार मात्र भएन र स्वरले मात्र यिनी अघि बढेनन् यिनले आफ्नो साङ्गीतिक बिँडो समाउने लायक छोराहरू पनि पाए ।

चार छोरा प्रितम, प्रवेश, पवित्र, प्रबिन र एक छोरी प्रेमामध्ये यिनका दुई भाइ छोरा प्रवेशमान र पवित्रमान चाहिँ गायक भएर निस्के । आफ्नो कलासाधनाको बाटोलाई आफ्ना सन्तानले समाउँदा यिनले आफ्नो जीवन र्सार्थक भएको ठाने । वास्तवमा प्रवेशमान र पवित्रमान युवापुस्ताका चर्चित र प्रिय गायक पनि भए ।

रेडियो नेपालमा २०२२ सालमै पन्नाकाजीले उत्कृष्ट गायक भएर स्वर्ण पदक जिते । त्यसपछि उनी त्यहाँ वरिष्ठ गायकको दरबन्दीमा रहे । पन्नाकाजी गोरखा दक्षिणबाहुबाट पनि विभूषित भए । साथै उनी नइ प्रकाशनबाट नातिकाजी सम्मानले पनि सम्मानित भए । त्यो सम्मान उनले नातिकाजिकै हातबाट ग्रहण गरे ।

२०४० सालमा पन्नाकाजीको शिरमा एकाएक हुन्डरी आयो, छातीमा बादल लाग्यो र पैतालामा काँडा रोपियो । त्यस बेला उनले रेडियो नेपालबाट जबर्जस्ती राजीनामा दिनुपरेको थियो । आफूले मलजल हालेको, गोडमेल गरेको र हरियाली पारेको रेडियो नेपालबाट उनले बाध्यतापूर्वक हात धोएका थिए । वास्तवमा उनले राजीनामा नदिउन्जेल रेडियो नेपालका निर्देशक प्रचण्डमानसिंह प्रधानले उनको कपाल खाइरहन्थे अनि उनीसँग करकर र कचकच गरिरहन्थे । पन्नाकाजीलाई निर्देशकले जति सताएका थिए त्यहाँबाट उनलाई त्यति नै अपमान पनि भिराइएको थियो । अथवा भनूँ पन्नाकाजीभन्दा कान्छो जागिरेलाई उनको हाकिम बनाएपछि उनको मन सारै दुःखेको थियो । यी विविध प्रपञ्चबाट चित्त दुखाएर उनले आफ्नो प्यारो ठाउँलाई आँखा चिम्लेर छाडेका थिए । त्यस दिन यिनका शिरमा चट्याङ परेको थियो ।

२०४० सालसम्मको तथ्याङ्क हेर्ने हो भने पन्नाकाजीले ३०० वटा गीत गाए । साथै उनीद्वारा २०० जति गीतमा सङ्गीतको आविष्कार भयो । उनले केही भजन गाए, केही राष्ट्रिय गीत गाए र आधुनिक गीत चाहिँ धेरै गाए । उनी गीत गाएर नै नेपालका विभिन्न भूभागमा पुगे । जिन्दगीमा गीत गाएर बसेको क्षणलाई नै अमूल्य र महत्त्वपूर्ण मान्ने पन्नाकाजी स्वाभिमानले ओतप्रोत गायकमा चिनिए ।

पन्नाकाजीका गीतमा प्रकृति, प्रेम, विरह, राष्ट्रप्रेम भेटिन्छ । वास्तवमा उनको मूल परिचय पनि उनको स्वर नै हो; जुन स्वर नेपाली जनमानसमा जीवन्त छ, अविस्मरणीय छ र बिर्सि नसक्नुको छ ः

हामीलाई एक्लै छाडी दाइ त अब परदेश जाने भो
आज मैले गाँसेको माला ढुङ्गामाथि ओइलेर जाने भो ।

(स्वर : पन्नाकाजी, सङ्गीत : नातिकाजी, शब्द : माधव घिमिरे)

-नरेन्द्रराज प्रसाई

नइ प्रकाशन
Nai Prakashan
Kathmandu, Nepal
त्रिमूर्ति निकेतन हेर्नुहोस्
www.trimurtinepal.com.np

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.