Inside

All Time Top 50 News

'कान्तिपुर' मा अमेरिकि नेपाली पत्रकारहरुको अन्तर्घातको पिडाको ब्रितान्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by ekantipur.com   
Sunday, 16 May 2010 12:33

काठमाडौं- "मतदानको घडी नजिकिँदै गर्दा, न्युयोर्कका केही साथीहरूको कुरा दोधारे देखियो। जसले न्युयोर्कका सबैलाई सशंकित बनायो। नभन्दै उनीहरूले भित्रभित्रै क्याम्प परविर्तन गरेपछि थापा पराजित हुनु पुगे। राजनीतिक वैचारकि मतभिन्नतालाई नै थापामाथिको अन्तरघातको कडी बनाइएको थियो। यो, उल्टो गोलार्द्धमा रहेका नेपालीहरूमा नेपाली राजनीतिको प्रभावको एउटा उदाहरण हो।

विदेशिनु र संगठन खोल्नु। अरबदेखि अमेरकिासम्म फैलिएको प्रवासी नेपाली संसारलाई नियाल्दा लाग्छ, यो धेरैको साझा रोडम्याप हो। त्यसमा पनि खुला परविेशको अमेरकिाको कुरै चर्काे। यसैको उपज थियो, झन्डै तीन वर्षअघि वासिङ्टन डीसी क्षेत्रका नेपाली पत्रकारहरूको सक्रियतामा खुलेको 'नेपाल-अमेरकिा पत्रकार संघ -नाजा'। धेरै विकल्प हुँदाहुदै पनि नाजाका सुरुवाती तीन वर्ष यसैउसै रुमल्लिए। नयाँ ऊर्जा दिने हेतुले नाजाको दोस्रो अधिवेशन न्युजर्सीको एटलान्टिक सीटीमा हुने भएपछि जानैपर्योन। न्युयोर्कमा बिमा व्यवसाय गररिहेका दाङका यम अधिकारीको गाडीमा लागियो, एटलान्टिक सीटीतिर। साथमा थिए, न्युयोर्कमा नेपाली सामुदायिक पत्रकारतिा गररिहेका विजय पौडेल र फोटो पत्रकारतिाका विद्यार्थी दोर्जे लामा।

मनमा लागेको थियो, जुवाडे सहरमा हुने अधिवेशन त भव्य नै होला। मध्यरातमा अधिवेशन हुने होटलमा पुगियो। जुवाडे रमझमको उल्टो सुनसान स्थानको होटलमा आयोजित अधिवेशन मनले कल्पेजस्तो रहेन। ५० को हाराहारीमा सहभागी, त्यसमा पत्रकारका श्रीमतीहरू र बालबच्चाहरूको उल्लेखनीय उपस्िथति। प्रमुख अतिथिका रूपमा प्रचारति नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा पनि देखिएनन्। कारण खोतल्दा पछि सुनियो, आयोजकले हवाई टिकटको व्यवस्था नै गर्न सकेनछन्। सँगै रहेका एक मित्र भन्दै थिए, 'संघरसंगठन भनेका यस्तै त हुन् नि ! घुमघाम, रमाइलो, पिकनिक अनि भेटघाट, अरू त के नै छ र गर्नु, कसो ? तर पनि यसपटकका नयाँ अनुहारले केही गर्लान् कि !

न्युयोर्कविरुद्ध डीसी

संस्थापन पक्षले डीसी क्षेत्रको रेडियो दोभानका सञ्चालक नगेन्द्र पौडेललाई अध्यक्ष पदका लागि खुला समर्थन गरेपछि, न्युयोर्क पनि के कम १ न्युयोर्कमा रहेका साथीहरूको सल्लाहमा यूएस नेपाल अनलाइनका प्रदीप थापालाई अध्यक्षको प्रत्यासी बनाइयो। थापालाई जिताउन न्युयोर्कका सबै एकमत भयौँ। चलनचल्तीको 'परविर्तनु नै थियो, हाम्रो एजेन्डा पनि। अधिवेशनमा सर्वसम्मतबाट नेता बनाउने काम तुहिएपछि चुनाव हुने भयो। संस्थापन पक्ष अर्थात् डीसी क्षेत्र र न्युयोर्कका मतदाता संख्या हाराहारीमै रहेका कारण पनि चुनावी प्रतिस्पर्धा रौनकपूर्ण हुने अनुमान थियो।

मतदानको घडी नजिकिँदै गर्दा, न्युयोर्कका केही साथीहरूको कुरा दोधारे देखियो। जसले न्युयोर्कका सबैलाई सशंकित बनायो। नभन्दै उनीहरूले भित्रभित्रै क्याम्प परविर्तन गरेपछि थापा पराजित हुनु पुगे। राजनीतिक वैचारकि मतभिन्नतालाई नै थापामाथिको अन्तरघातको कडी बनाइएको थियो। यो, उल्टो गोलार्द्धमा रहेका नेपालीहरूमा नेपाली राजनीतिको प्रभावको एउटा उदाहरण हो। जसले धेरै हदसम्म प्रवासी नेपालीहरूको एकता र भावनालाई प्रभावित पार्दै आएको छ।"

श्रोत:
http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=1053

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.