Counting Nepali Worldwide

Live: Damphu Saanjh NY

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

माओवादीले सरकारद्वारा पेश्की बजेट पेश गर्न दिने तर राष्ट्रपतिले भने असंवैधानिक कदम सच्याउनै पर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 03 July 2009 11:57
काठमाण्डौ - एनेकपा माओवादी वहिस्कारका कारण चल्न नसकेको व्यवस्थापिका संसदको वैठकमा सरकारले पेश्की बजेट पेश गर्न पाउने भएको छ ।

काँग्रेर र एमालेले राष्ट्रपतिको कदम सच्याउने विषयमा लचकता नदेखाएपछि साना दलहरुसँग छलफल गरेर सदन चल्न दिन लागेको माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जानकारी दिए । माओवादी संविधान सभा दलको कार्यालयमा असार १९ गते भएको सानादलहरुसँगको छलफलपछि आफ्नो पार्टी सदन चल्न दिन सहमत भएको नेता भट्टराईले बताए ।

प्रधान सेनापति प्रकरणबारे राष्ट्रपतिको कदमको तीव्र विरोध गर्दै आएको माओवादीले राष्ट्रपति डा. रामवरण यादवलाई भने असंवैधानिक कदम नसच्एिसम्म सदनमा बोल्न नदिने भट्टराईले उल्लेख गरे ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले व्यवस्थापिका संसदबाट घोषणा गर्नु पर्ने प्रावधान राखिएको छ ।

यसैवीच असार १९ गते बस्ने भनिएको व्यवस्थापिका संसदको वैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 20 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?