Counting Nepali Worldwide

Live: Damphu Saanjh NY

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको मस्यौदामाथिको छलफल बिरोधाभास बिच सकियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 02 July 2009 19:43
काठमाण्डौ - संविधान सभा वैठकमा साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिले प्रस्तुत गरेको अवधारणा पत्र तथा प्रारम्भिक मस्यौदामाथिको छलफल सकिएको छ ।

समितिका सभापति नवोदिता चौधरीद्वारा प्रस्तुत मस्यौदामाथि असार ११ गतेदेखि छलफल असार १८ गते सकिएको हो । अहिलेसम्म ११ विषयगत समिति मध्ये तीन समितिले मात्रै संविधान सभामा मस्यौदा बुझाउन सकेको छ । यसअघि राष्ट्रिय हितको संरक्षण समिति र अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार समितिले बुझाएको मस्यौदा प्रतिवेदनमाथि छलफल भईसकेको छ ।

छलफलमा भाग लिँदै एनेकपा माओवादी सभासद लोकेन्द्र विष्ट मगरले माओवादी युद्वले ल्याएको परिवर्तनलाई सबैले स्विकार गरिसकेको अवस्थामा १० वर्षे माओवादी युद्धलाई जनयुद्ध भन्न हिच्किचाउनु नपर्ने बताए । २००७ सालको परिबर्तनको जस नेपाली काँगे्रसलाई दिने गरेजस्तै अहिलेको परिवर्तनको जस जनयुद्धलाई नदिनु इतिहासकै अपमान भएको धारणा राखे । विष्ट मगरले बहुभाषिक मुलुक नेपालका सबै भाषाले फुल्न फल्न पाउनु पर्नेमा जोड दिए ।

नेपाली काँग्रेस सभासद लक्ष्मणप्रसाद घिमिरेले भने मातृभाषाको सम्मान गर्नु परेपनि सरकारी कामकाजको भाषा भने सबैले बुझ्ने भाषालाई बनाउनु पर्ने उल्लेख गरे ।
नेकपा एमाले सभासद प्रदीपकुमार ज्ञवालीले राष्ट्र भुगोल मात्र नभई भावना पनि भएका कारण सबैले एक अर्काको समुदायको संस्कृति र परंपरालाइ सम्मान गर्न सक्नु पर्ने बताए ।

मधेशी जनअधिकार फोरम सभासद चन्द्रिकाप्रसाद यादव र  तराई मधेश लोकतान्त्रीक पार्टीका सभासद बृजेशकुमार गुप्ताले मधेशी जनताको संम्पर्क भाषा हिन्दी भएकाले सरकारी कामकाजको भाषा पनि हिन्दी नै हुनुपर्ने धारणा राखे ।   सभासद तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पाले भने सबै मातृभाषालाई नै सरकारी कामकाजी भाषा बनाउनु पर्नेमा जोड दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 21 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?