Inside

All Time Top 50 News

अमेरिका र भारतका प्राज्ञलाई नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Friday, 24 February 2012 13:57

काठमाडौं- नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई जना महानुभावहरूलाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।


U.S. scholar Prof. Dr. Ted Riccardi and Nepalese-Indian author Lilbahadur Chhetri. Photos courtesy: Nai Prakashan.

तीन लाख रूपियाँ राशिको नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार संयुक्त राज्य अमेरिकाका मानवशास्त्री प्रा. डा. टेड रिक्कार्डीलाई प्रदान गरिने भएको छ ।

झन्नै आधा शताब्दीदेखि नेपाली भाषा, संस्कृति, इतिहास र पुरातत्व सम्पदाजस्ता विषयमा गहिरिएर अनुसन्धान गरी अन्तर्राष्ट्रिय जगतमा नै नेपालको महिमा बढाउन योगदान पुर्याएवापत अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा. रिक्कार्डीलाई सो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कार विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ ।

यसैगरी, दुई लाख रूपियाँ राशिको नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार भारत असमका प्रा. लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ ।
छ दशकदेखि नेपाली साहित्यका प्रमुख विधामा सृजनशील रही खासगरी 'बसाइँ' र 'ब्रम्हपुत्रको छेउछाउ' जस्ता बृहत नेपाली जनजीवनको महागाथा चित्रण गर्ने कालजयी उपन्यासकारकारूपमा प्रतिष्ठित प्रा. लीलबहादुर क्षेत्रीलाइ सो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ ।

नइ प्रकाशनले अन्तर्राष्ट्रिय पुरस्कार छनौटकालागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाको संयोजकत्वमा दार्जीलिङ, भारतका डा. इन्द्रबहादुर राई, लण्डन विश्वविद्यालयका प्रा. डा. माइकल हट, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. सुरेन्द्र के.सी. र नरेन्द्रराज प्रसाई सदस्य रहनु भएको निर्णायक समिति गठन गरेको थियो ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको विशेष बैठकले निर्णायक समितिको सिफारिसमा सो निर्णय गरेको हो । उक्त बैठकमा पुरस्कार संस्थापक खनूपरुदे 'रामबाबू'को पनि उपस्थिति थियो ।

यी पुरस्कार सन् २०१२ मई ४ मा राजधानी काठमाडौंमा प्रदान गरिने छन् ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.