Inside

All Time Top 50 News

नेपाली वाङ्मयिक संस्कृतिका शीर्षस्थ स्रष्टा डा. सत्यमोहन जोशीलाई 'शताब्दी पुरुष' को सम्मान प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Thursday, 04 December 2014 11:56

Special: 8 photos: काठमाडौं- नेपाली वाङ्मयिक संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टा डा. सत्यमोहन जोशीलाई उपप्रधानमन्त्री वामदेव गौतम र मन्त्री नरहरि आचार्यले काठमाडौंमा शताब्दी पुरुषको सम्मान प्रदान गरे ।

 


Prominent cultural historian Dr. Satya Mohan Joshi was honored as Centennial Person of 20th Century in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Nai Prakashan

त्रिमूर्ति निकेतनद्बारा आयेजित सो समारोहमा प्रमुख अतिथि गौतमले नेपाल सरकारले जोशीलाई शताब्दी पुरुषको सम्मान प्रदान गर्नेबारे मन्त्रीमण्डलको बैठकमा प्रस्ताव लाने उद्घोष गरे ।

Prominent cultural historian Dr. Satya Mohan Joshi was honored as Centennial Person of 20th Century in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Nai Prakashan

उन्नाइसौं शताब्दीबाट आरम्भ भएको नेपाली भाषासाहित्य लेखनको यात्राले दुई शताब्दीको फेरो ढाकेको सन्दर्भमा डा. जोशीको सफल यात्राको हार्दिक कदर गर्दै उनलाई 'शताब्दी पुरुष'को सम्मानका साथ पाँच फुट उचाईको सप्तनाग जडित ताम्रपत्र र पाँच लाख रुपियाँ राशिको पुरस्कार र्समर्पण गरिएको थियो ।

Prominent cultural historian Dr. Satya Mohan Joshi speaking at his felicitation event in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Shobha Khatiwada-Kafle

डा. जोशीलाई प्रदान गरिएको ताम्रपत्र त्रिमूर्ति निकेतनका कोषाध्यक्ष उषा शेरचनले पाठ गरेकी थिईन् ।

सत्यमोहन जोशी शताब्दी महोत्सवका संयोजक प्रा.डा. उषा ठाकुरको सभापतित्वमा सम्पन्न समारोहमा उपप्रधानमन्त्री वामदेव गौतम, मन्त्री नरहरि आचार्य त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, शताब्दी पुरुष डा. सत्यमोहन जोशी, डा. मोदनाथ प्रश्रति, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, विश्व नारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा.डा. गार्गी शर्मा, यादव भट्टर्राई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तब्य ब्यक्त गर्दै डा. जोशीलाई बधाई दिएका थिए ।

Prominent cultural historian Dr. Satya Mohan Joshi was honored as Centennial Person of 20th Century in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Nai Prakashan

त्यस अवसरमा डा. सत्यमोहन जोशीलाई नेपालका १४ अञ्चलकै विभिन्न साहित्यिक सङ्घसंस्थाहरू, देशदेशान्तरबाट १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान गरियो । त्रिमूर्ति निकेतनबाट २२ राष्ट्रमा गठित 'सत्यमोहन जोशी शताब्दी महोत्सव'का तर्फाट अभिनन्दनपत्र प्रदान गर्ने अध्यक्षहरुमा भारतबाट डा.सञ्जय वान्तवा, चीनबाट दीपा एवाई, म्यानमारबाट विष्णु पन्थी, रुसबाट कृष्णप्रकाश श्रेष्ठ, वेलायतबाट खगेन्द्र पाठक र अमेरिकाबाट गीता खत्री थिए ।

त्यसैगरी 'सत्यमोहन जोशी शताब्दी महोत्सव'का अध्यक्षहरू इजरायलका भगवती बस्नेत, बेल्जियमका दीपेन्द्र के.सी, अस्ट्रियाका रुद्र चुडाल, निदरल्याण्डका पुष्प बडुवाल, क्यानाडाका सुरेन उप्रेती र पोर्चुगलका मोहन आचार्य जलदबाट सत्यमोहन जोशीका सम्मानमा अभिनन्दनपत्रहरू समावेश भएका थिए।

Prominent cultural historian Dr. Satya Mohan Joshi was honored as Centennial Person of 20th Century in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Nai Prakashan

साथै 'सत्यमोहन जोशी शताब्दी महोत्सव' नर्वेका अध्यक्ष विष्णुमाया विभु, स्विजरल्याण्डका अध्यक्ष रमा देवकोटा पराजुली, जापानका अध्यक्ष निहारिकालक्ष्मी शाही, कोरियाका अध्यक्ष मञ्जु गुरुङ, जर्मनीका अध्यक्ष रश्मिला कवाङ, यएइका अध्यक्ष मोहराज शर्मा, साइप्रसका अध्यक्ष चन्द्रकिशोर साह, न्युजिल्यान्डका अध्यक्ष बुद्धिसागर घिमिरे, डेनमार्कका अध्यक्ष पूर्ण बन्धन र अष्ट्रेलियाका अध्यक्ष रुमु न्यौपानेका पनि अभिनन्दनपत्रहरू जोशीसमक्ष प्रस्तुत गरिएका थिए ।

Prominent cultural historian Dr. Satya Mohan Joshi was honored as Centennial Person of 20th Century in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Nai Prakashan

त्यसैगरेर सो समारोहमा डा.जोशीलाई भारतका विभिन्न साहित्यिक संस्थाहरु, अमेरिकाको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वेलायतको नेपाली साहित्य विकास परिषद् र समकालीन नेपाली साहित्य प्रतिष्ठान, नेदरल्याण्डको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, मलेसियाको प्रवासी नयन साहित्य समाज, म्यान्मारको नेपाली प्रज्ञाप्रतिष्ठान र अष्ट्रियाको अष्ट्रिया नेपाल सङ्घबाट पनि शताब्दी पुरुषलाई अभिनन्दनपत्रहरू प्रदान गरिएको थियो ।

डा. जोशीलाई देशदेशान्तरका नेपाली साहित्यिक संस्थाहरूबाट आज १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान गरिएको थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन

-Narendraraj Prasai in Kathmandu





Prominent cultural historian Dr. Satya Mohan Joshi was honored as Centennial Person of 20th Century in Kathmandu by Nai Prakashan on December 1, 2014. Photo courtesy: Nai Prakashan

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.