Inside

All Time Top 50 News

नौ जना बालबालिकालाई 'नइ देरुनिखपु बाल पुरस्कार' प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 18 December 2013 07:14

Special: 1 photo: काठमाडौं- नइ प्रकाशनले काठमाडौंमा आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने १५ बर्ष मुनीका नौ जना बालबालिकालाई २०७० सालको 'नइ देरुनिखपु पुरस्कार' प्रदान गरेको छ ।

Nai Prakashan honored 9 talented children in Kathmandu on December 17, 2013. Photo courtesy: Nai Prakashan

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा. भीष्मराज प्रसाई र प्रा.डा. उषा ठाकुरबाट संयुक्तरूपमा सो पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा पुरस्कृत प्रतिभाहरूलाई उषा शेरचनले नइ प्रकाशनको प्रतीक चिन्ह लगाई दिईन्।

पुरस्कृत हुनेहरूमा साहित्यतर्फ आश्मा अर्याल, चित्रकलातर्फ निहारिका पन्त, गायनतर्फ डेकेन्द्र थापा, नृत्यतर्फ पल्पसा मानन्धर, खेलकुदतर्फ विमला चौधरी र बहुआयमिकतर्फ करिना भट्टराई छन् । ताम्रपत्रसहितका यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसैगरी 'नइ देरूनिखपु कोपिला पुरस्कार' गायनमा प्रतिस्ना केसी र नृत्यमा पल्पसा रञ्जितकारलाई प्रदान गरिएको छ । ताम्रपत्रसहितका यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको 'नइ देरूनिखपु चिचिला पुरस्कार' सोनी बिकलाई प्रदान गरिएको छ । चार वर्षकी विकलाई नृत्यतर्फ यो पुरस्कार प्रदान गरिएको हो ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा.  भीष्मराज प्रसाई, प्रा.डा. उषा ठाकुर र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गरेका थिए।

नइ प्रकाशनले देशदेशान्तरका २६ जना प्रतिभालाई हरेक वर्ष ११ लाख रूपियाँ राशिका पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu
www.nai.com.np

Read related news:

-http://www.usnepalonline.com/literature/

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.