Inside

All Time Top 50 News

कवि शिरोमणि लेखनाथ पौड्यालको १३० औं जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 31 December 2013 12:14

Special: 1 photo: काठमाडौं- कवि शिरोमणि लेखनाथ पौड्यालको १३० औँ जयन्ती मनाईएको छ।

Kabisiromani Lekhnath Poudyal's 130th birth anniiversary was celebrated in Kathmandu on December 30, 2013. Photo: Nai Prakashan

पुष १५ (डिसेम्बर ३० तारिख) सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. राजेन्द्र सुवेदीले माल्यार्पण गरेर भावपूर्ण श्रद्दान्जली ब्यक्त गरे।

सोही अवसरमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. ठाकुर पराजुलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा. गार्गी शर्माले नाट्यसम्राट् बालकृष्ण समका पूर्णकदको सालीकमा माल्यार्पण गरेर भावपूर्ण श्रद्दान्जली ब्यक्त गरे।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा बक्ताहरुले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्य सम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हुने बताए।

निकेतनका अध्यक्ष इन्दिरा प्रसाई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्बोधन गरेका थिए।

कार्यक्रमको सञ्चालक यादव भट्टराईले गरेका थिए।

कार्यक्रममा उषा शेरचन, भुवनहरि सिग्देल, बाबा वस्नेत, ललिता दोषी र रमेश सुभेच्छुले कविता वाचन गरेका थिए।

लेखनाथ पौड्यालको सङ्क्षिप्त परिचय

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो ।

२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।

लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो ।

२०११ सालमा पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र समसमेत भएर पौड्याललाई रथारोहण गराइएको थियो ।

पौड्यालका दुई दर्जन जति कृति प्रकाशनमा आए । पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो ।

२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन

-Narendraraj Prasai in Kathmandu

Read related news:

-http://www.usnepalonline.com/literature/

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.