Inside

All Time Top 50 News

विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिमा थप स्रष्टा सदस्यहरु मनोनीत, सदस्यहरुको संख्या अब ५५ जना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Sunday, 02 June 2013 09:57

Special: 3 photos: काठमाडौं- 'विश्व नारी नेपाली साहित्य सम्मेलन' केन्द्रीय समारोह समितिमा थप ९ जना स्रष्टा र चौध अञ्चलमा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्षहरुलाई सदस्य मनोनीत गरिएको छ ।

International Nepali Women Literary Conference preparation committee meeting in Kathmandu. Photos courtesy: Nai Prakashan

नव मनोनीत सदस्यहरुमा गैर आवसीय नेपाली सङ्घका केन्द्रीय अध्यक्ष जीवा लामिछाने र अन्तर्राट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री रहनु भएको छ ।

त्यसैगरि इल्या भट्टराई, मणिराज सिंह, रजनी ढकाल, डा. लक्ष्मणप्रसाद गौतम, विश्वविमोहन श्रेष्ठ, शारदा सुब्बा र ज्ञानेन्द्र विवश पनि केन्द्रीय समारोह समितिको सदस्यमा मनोनीत हुनुभएको छ ।



चौध अञ्चलमा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्षहरु केन्द्रीय सदस्यमा रहनु भएको छ । अञ्चल अध्यक्षहरुको नाउँ यस प्रकार छः

मेची अञ्चल : अध्यक्ष, भवानी क्षत्री
कोसी अञ्चल  : अध्यक्ष, राधिका गुरागाईं
सगरमाथा अञ्चल : अध्यक्ष, आस्था कोपिला राई
जनकपुर अञ्चल : अध्यक्ष, मनिका झा
बाग्मती अञ्चल : अध्यक्ष, अनिता तुलाधर
नारायणी अञ्चल : अध्यक्ष, गायत्री श्रेष्ठ
गण्डकी अञ्चल : अध्यक्ष, सरस्वती प्रतीक्षा
लुम्बिनी अञ्चल : अध्यक्ष, कृष्णादेवी शर्मा श्रेष्ठ
धवलागिरी अञ्चल : अध्यक्ष, रेखा कौशल रेग्मी
राप्ती अञ्चल : अध्यक्ष, गायत्री घर्ती मगर
भेरी अञ्चल : अध्यक्ष, किरण आचार्य
कर्णाली अञ्चल : अध्यक्ष, अमृता वस्नेत
सेती अञ्चल  : अध्यक्ष, श्रेष्ठ प्रिया पत्थर
महाकाली अञ्चल  : अध्यक्ष, नारा जोशी

केन्द्रीय समितिमा सदस्यहरुको संख्या अब ५५ जना पुगेको छ।

यस अघी प्रा. डा. गार्गी शर्माको अध्यक्षतामा 'विश्व नारी नेपाली साहित्य सम्मेलन' तयारी समिती गठन गरिएको थियो। स्रष्टा सदस्यहरुमा उषा शेरचन, ललिता दोषी, इन्दिरा शाह, डा. ज्ञानु पाण्डे, कुमार यात्रु, यादव भट्टराई, सन्ध्या पहाडी, व्याकुल पाठक, इन्दिरा प्रसाई, उषा हमाल, राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ, छविरमण सिलवाल, नरेन्द्रराज प्रसाई, फूलमान बल, बालिका गिरी, युवराज नयाँघरे, मणि लोहनी, वासुदेव अधिकारी, ठाकुर बेलबासे, लीला लुइँटेल, शान्तिकुमारी राई, गीता कार्की, र बाबा बस्नेत थिए ।

फोटो : 'विश्व नारी नेपाली साहित्य सम्मेलन' को प्रथम बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरु L toR: Standing: श्रीमती उषा शेरचन, ललिता दोषी, इन्दिरा शाह, डा.ज्ञानु पाण्डे,कुमार यात्रु, प्रा.डा.गार्गी शर्मा, यादव भट्टराई, सन्ध्या पहाडी, व्याकुल पाठक, इन्दिरा प्रसाई । बिच भाग (Center): उषा हमाल, राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ, छविरमण सिलवाल । Front : नरेन्द्रराज प्रसाई, फूलमान बल, बालिका गिरी, युवराज नयाँघरे, मणि लोहनी, वासुदेव अधिकारी, ठाकुर बेलबासे, लीला लुइँटेल, शान्तिकुमारी राई, गीता कार्की, र बाबा बस्नेत

विश्व नारी नेपाली साहित्य सम्मेलनको केन्द्रीय सम्मेलन २०७० साल चैत महिनामा गरिने निर्णयभएको छ । साथै असोज महिनाभित्र जिल्ला सम्मेलन र मङ्सिर महिनासम्ममा अञ्चल सम्मेलन सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ । हाल १४ अञ्चलका ६१ जिल्ला र मुलुकबाहिर १८ राष्ट्रमा विश्व नारी नेपाली साहित्य सम्मेलनको स्थापना भैसकेको छ ।

सम्मेलनको बैठकमा काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदानका निम्ति महेश चौधरीलाई "त्रिमूर्ति पुरस्कार" प्रदान गरिएको थियो । उहाँलाई त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, विश्व नारी नेपाली साहित्य सम्मेलनका केन्द्रीय अध्यक्ष प्रा.डा.गार्गी शर्मा र त्रिमूर्ति निकेतनको त्रिनारी रत्न स्मारकका संयोजक डा. मोदनाथ प्रश्रितले पुरस्कार अर्पित गर्नुभयो ।

Mahesh Chaudhary is being honored with Trimurti Puraskar. Photos courtesy: Nai Prakashan

विश्व नारी नेपाली साहित्य सम्मेलनको बाग्मती अञ्चलका अध्यक्ष अनिता तुलाधरले चौधरीलाई प्रदान गरिएको ताम्रपत्र वाचन गर्नुभएको थियो ।

Dr. Satyamohan Joshi is greeted during his 94th birth anniversary. Photos courtesy: Nai Prakashan

साथै बैठकले नेपाली साहित्यका महारथी डा.सत्यमोहन जोशीको ९४ औं शुभजन्मोत्सव पनि मनायो ।

सो बैठक विश्व नारी नेपाली साहित्य सम्मेलनका केन्द्रीय अध्यक्ष प्रा.डा. गार्गी शर्माको अध्यक्षतामा राजधानी काठमाडौंमा सम्पन्न भएको थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन
तथा
विश्व नारी नेपाली साहित्य सम्मेलन

-Narendraraj Prasai in Kathmandu

Read related news:

-"विश्व नेपाली नारी साहित्यिक सम्मेलन" कालागि तयारी समिती गठन

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.