Inside

All Time Top 50 News

बिश्वको ८ उच्च नेपाली हिमालको नाममा ८ नेपाली साहित्यकारहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 25
PoorBest 
Written by Global Federation for Nepali Literature (GFNL)   
Thursday, 04 December 2014 15:46

Special: 12 photos: काठ्माण्डौं- विश्व नेपाली साहित्य महासंघद्वारा विश्वसामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ, त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट ८ नेपाली साहित्यकारहरुलाई सन् २०१४ कालागि 'नेपाली साहित्यदूत' द्वारा सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा नेपाली साहित्यदूत सगरमाथा कृष्णप्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्यदूत कन्चनजंघा सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्यदूत लोत्से कपिल अधिकारी (ताइवान), नेपाली साहित्यदूत मकालु महेन्द्रकुमार मल्ल (वीरेन्द्रनगर नेपाल), नेपाली साहित्यदूत चोयो टंक सम्बाहाम्फे (हङकङ), नेपाली साहित्यदूत धौलागिरी विक्रमवीर थापा (मेघालय भारत), नेपाली साहित्यदूत मनास्लु डेन्जोम साम्पाङ (भुटान, हालः न्यू योर्क) र नेपाली साहित्यदूत अन्नपूर्ण लक्ष्मन न्यौपाने (बर्मा) रहेका छन् ।

Global Federation for Nepali Literature (GFNL) nominated 8 Nepalese writers as "Nepali Sahityadoot" on November 28, 2014. Photos courtesy: GFNL

गत २८ नोभेम्बरमा सम्पन्न महासंघको बैठकले यस बर्षको नेपाली साहित्यिकदुत सम्मानको घोषणा गरेको हो । उक्त बैठकले यस बर्षको उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरेको छ ।

प्रत्येक बर्ष घोषणा गरिने बर्षको उत्कृष्ट शाखा यसबर्ष विश्व नेपाली साहित्य महासङ्घ, कुवेत शाखा र यस बर्षको साहित्य महासंङ्घको उत्कृष्ट सदस्यमा इजरायल शाखाकी पूर्व महासचिव यासिन राईलाई घोषित गरिएको छ । अघिल्लो बर्षको कार्यलाई मूल्याङ्कन गरि उत्कृष्ट शाखा र सदस्य घोषणा गर्ने प्रचलन रहेको छ ।

बैठकले नेपाल शाखाका अध्यक्ष रमेश कडेल, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका अध्यक्ष काजल घिमिरे र उत्कृष्ट सदस्य घोषित यासिन राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ ।

Global Federation for Nepali Literature (GFNL) nominated as its Central Committee Members on November 28, 2014. Photos courtesy: GFNL

हाल संचालनमा रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता-२ को लागि प्राप्त भएका कविता र त्यसको मूल्याङ्कन साथै पुरस्कारको ब्यवस्था तथा वितरणको बारेमा ब्यापक छलफल भयो । बैठक चलिरहेकै बेला १ लाख २५ हजार पैसा संकलन भयो । जसमा अध्यक्ष विश्वास दीप तिगेलाबाट ३० हजार, उपाध्यक्ष सुरेन्द्र परदेशीबाट रु १० हजार, कोषाध्यक्ष केदार सुनुवार संकेतबाट रु २५ हजार, सदस्य डा. लेखनाथ काफ्लेबाट रु १० हजार, नवकेन्द्रीय सदस्य रमेश कडेलबाट ५ हजार र मातृभूमिको लागि युवा अभियान थाइल्याडले रु ५० हजार संकलन भयो ।

महासङ्घका केन्द्रीय सचिव खगेन्द्र अधिकारीको माताको असमायिक निधन भएकोमा १ मिनेट मौनधारण गर्दै शोक प्रस्ताव पारित गरयो ।

महासङ्घ अध्यक्ष बिश्वास दीप तिगेलाले 'साहित्य महासङ्घको लागि योगदान गर्ने सबैलाई महासङ्घले ढिलोछिटो नछुटाई सम्झनेछ' भन्ने कुरा दोहर्‍याए ।

महासंघको नेपाल शाखाले गत २८ नोभेम्बरकै दिन काठमाडौमा एक कृतिको विमोचन गरयो भने सोहि दिन अष्ट्रेलियामा विष्णु चापागाईको संयोजकत्वमा साहित्य महासंघको शाखा विस्तार भएको छ । त्यस्तैगरि, महासङ्घ युके शाखाले बरिष्ठ कवि विक्रम सुब्बाको एकल कविता वाचन कार्यक्रम गत २९ नोभेम्बरका दिन सम्पन्न गरेको छ । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् ।

नेपाली साहित्यिकदूतहरुको योगदान के के हुन् ?

१. कृष्णप्रकाश श्रेष्ठ
२. सुरेसजंग शाह
३. कपिल अधिकारी
४. महेन्द्रकुमार मल्ल
५. टंक सम्बाहाम्फे
६. बिक्रमवीर थापा
७. डेन्जोम साम्पाङ
८. लक्ष्मन न्यौपाने

१. कृष्णप्रकाश श्रेष्ठ

वि.स. १९९४ कार्तिकमा थानकोट काठमाडौंमा जन्मिएका साहित्यकार श्रेष्ठका एकदर्जन बढि कृतिहरु प्रकाशित छन् । उनले १२ वटा रसियन भाषाको पुस्तक नेपालीमा अनुवाद गर्नुको साथै ७ वटा नेपाली पुस्तक रसियन भाषामा अनुवाद गरी अमुल्य योगदान पुर्‍याएकाछन् ।  झण्डै ४ दशक अघिदेखि रसियामा बसोवास गर्दै आएका श्रेष्ठ अनवरत नेपाली साहित्यको काममा सक्रिय अंग्रज स्रष्टा हुन् ।

२. सुरेसजंग शाह

वि.स. २०१५ साउन १५ गते कार्तिकस्वामी ७ जुम्लामा जन्मनु भएका साहित्यकार शाह सन् १०९० को दशकबाटै युकेमा बसोवास गर्दै आएकाछन् । उनका ९ वटा कृतिहरु प्रकाशित छन् । युकेमा नेपाली साहित्यको सस्थागत विकासको प्रथम श्रेय साहित्यकार शाहलाई जान्छ । उनकै पहलमा सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद अहिले पनि माउ साहित्यिक संस्थाको रुपमा रहदै आएको छ । युकेमा नेपाली साहित्यको केन्द्रविन्दुको रुपमा शाहलाई चिनिन्छ ।

३. कपिल अधिकारी

ताइवानमा सेवारत अधिकारीको जन्म वि.स. २०२३ भाद्रमा जिरी दोलखामा भएको हो । अधिकारीले सन् २००३ देखि इपत्रडटकम संचालन गर्दै आएकाछन् । नेपाली साहित्यलाई नयाँ प्रविधिमा लैजाने पहिलो पुस्ताको रुपमा चिनिनुहुन्छ । नेपाली साहित्य अनलाइनमा सन् १९९४ ताकै प्रवेश गरेको भएपनि निरन्तर संचालनमा रहेको नेपाली साहित्यिक वेवसाइट इपत्रडटकम हो । साहित्यकार अधिकारीका फर्मोसाका गीतहरु नामक एक कविताकृति प्रकाशित छ ।

४. डा. महेन्द्रकुमार मल्ल

दैलेख डाँडापराजुलमा वि.स. २०२६ पुष २५ मा जन्मिएका डा. मल्लले आधुनिक नेपाली उपन्यासमा मिथक विषयबाट विद्यावारिधि गर्नुको साथै नेपाली भाषा तथा साहित्य सम्बन्धिका ४ कृति नेपाली साहित्य जगतलाई प्रदान गरेका छन् ।

५. टंक सम्बाहाम्फे

धनकुटाको कुरुलेतेनुपा ५ मा जन्मनु भई सन् १९९० कै दशकमा हङकङ प्रवेश गरेका सम्बाहाम्फेले www.srasta.blogspot.co.uk निर्माण गरि सम्पूर्ण नेपाली साहित्यकारहरुको वायोडाटा राखेर नेपाली साहित्यलाई ठूलो योगदान दिएकाछन् । उनको ६ वटा कृतिहरु प्रकाशित छन् साथै नेपाली साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् ।

६. बिक्रमवीर थापा

२२ फेब्रुवरी १९५० मा वारपथ्थर सिलाङ, मेघालयमा जन्मनु भई भारतीय सेनामा सेवागरि सेवानिवृत्त भएका साहित्यकार थापाको ६ वटा कृतिहरु प्रकाशित छन् ।

७. डेन्जोम साम्पाङ

गोलन्टी गाँउ जोङखर भुटानमा जन्मिएका साम्पाङ नेपाली साहित्यमा स्वीकारोक्ति सिद्धान्तका अध्यता तथा भुटनीज लिटरेरी अर्गनाइजेशनका अध्यक्ष हुन् । हाल उनी अमेरिकामा बसोवास गर्दै आएकाछन् ।

८. लक्ष्मन न्यौपाने

रत्नभूमी मोगोक म्यान्मा (बर्मा) मा जन्मिएका न्यौपानेले नेपाली भाषा साहित्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाछन् । उनका नेपाली साहित्य डिप्लोमाका संस्थापक, दुई कृति र अनेक सम्पादन रहेका छन् ।

-विश्व नेपाली साहित्य महासंघ
Global Federation for Nepali Literature (GFNL)

Read related news:

-विश्व नेपाली साहित्य महासंघद्धारा बृटिस म्युजियमलाई बुद्धको जन्मस्थल सच्चाउन आग्रह

-साहित्य महासङ्घको इ-शुभकामना कार्यक्रम सम्पन्न; १३ देशका २४ स्रष्टाद्वारा आ-आफ्नो रचना बाचन

-विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.