Inside

All Time Top 50 News

पाँचजना नेपाली ब्यक्तित्व सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Hari Manjushree   
Monday, 19 March 2012 04:32

बनेपा- शब्दयात्रा प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार मदनमणि दीक्षत, प्रा.डा. दयानन्द वज्राचार्य, डा. ओमवीरिसंह बस्नेत, टीकादत्त बराल र वासुदेवशरण कोइरालालाई सम्मान गरिएको छ।



गत शनिबार प्रदान गरिएको पुरस्कारहरुमा 'देवीप्रसाद सापकोटा आमसंचार सम्मान' वरिष्ठ पत्रकार मदनमणि दीक्षतलाई, 'नरबहादुर भारती विज्ञान-प्रविधि सम्मान' प्रा.डा. दयानन्द वज्राचार्यलाई, 'वसन्त शर्मा कविता-काव्य सम्मान' 'पासाङ ल्हामू' महाकाव्यकालागि डा. ओमवीरिसंह बस्नेतलाई, 'भीमभक्तमानिसंह बस्नेत अनुसन्धान सम्मान' 'तत्सम नेपाली व्युत्पत्ति शब्दकोश' कालागि टीकादत्त बराललाई र 'हंसराज-राजदास श्रेष्ठ सामाजिक जागरण सम्मान' वृद्धाश्रमकालागि आफ्नो सम्पत्ति दान गर्ने वासुदेवशरण कोइरालालाई समर्पण गरियो । ती सम्मानहरु काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले प्रदान गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति डा. शर्माले सम्मान स्थापना गरिएका देवीप्रसाद सापकोटा, नरबहादुर भारती, भीमभक्तमानिसंह बस्नेत, वसन्त शर्मा, हंसराज श्रेष्ठ र राजदास बादे श्रेष्ठ मुलुकले नै गर्व गर्ने गरेका व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुको नाउँमा स्थापना गरिएको सम्मान योग्य व्यक्तिमा परेको छ भन्दै यसबाट उहाँहरुले जस्तै आफ्नो विधामा निरन्तरता दिन गहिरिएर त्यसैमा डुब्न र मुलुकको हितमा आफ्नो ऊर्जा र सामथ्र्यलाई प्रयोग गर्न सबैमा हौसला थपिएको बताउनुभएको थियो ।

सम्मानित व्यक्तिहरुले सम्मानप्रति हर्ष प्रकट गर्दै मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा सभापति वरिष्ठ पत्रकार हरिगोपाल प्रधानले समालोचना विधामा २०६९ सालदेखि सम्मान गर्ने गरी शब्दयात्रा प्रकाशनको अक्षयकोषमा एक लाख रुपियाँ राखिदिने घोषणा गर्नुभएको थियो ।

सम्मान सिफारिस समितिका संयोजक साहित्यकार गणेशबहादुर खत्रीले सम्मान स्थापना गरिएका राष्ट्रिय व्यक्तित्वहरु र सम्मान गरिएका व्यक्तित्वहरुका विषयमा प्रकाश पार्नुभएको सो समारोहमा आयोजक संस्थाका अध्यक्ष हरि मन्जुश्रीले प्रदान गरिएको सम्मान सम्पूर्ण काभ्रेवासीकातर्फबाट राष्ट्रिय व्यक्तित्वहरुप्रति गरिएको अभिवन्दना हो भन्दै यी सम्मानहरु हरेक वर्ष प्रदान गरिने जानकारी दिनुभएको थियो ।

रमेश पौडेलले स्वागत मन्तव्य सकुल थापाले धन्यवाद ज्ञापन र अपाङ्ग गायिका राधिका दाहालले गीत प्रस्तुत गर्नुभएको सो समारोहमा सम्मानित व्यक्तिहरुलाई लगाइदिएको पगरी चर्चाको विषय बनेको थियो ।

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका लुकेका राष्ट्रिय प्रतिभाहरुको सम्मानमा यसअघि ती सम्मानहरुको स्थापना गरेको थियो ।

-Hari Manjushree in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.