Inside

All Time Top 50 News

देश-विदेशका ११ जना नेपाली प्रतिभालाई सम्मान गर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Thursday, 08 December 2011 13:05

Exclusive: 11 photos: काठमाडौं- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आ-आफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना नेपाली प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्वर्धन, संरक्षण र जागरणमा समर्पित जगदगुरू बालसन्त मोहनशरण देवाचार्यलाई समर्पण गर्ने निर्णय गरेको छ ।

Jagad Guru Mohan Sharan Devacharya, Ganesh Rasik and Pradip Nepal. Photos: Nai Prakashan

त्यसैगरी, नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

राजनीतिमा समर्पित भएर पनि कथा, उपन्यास, निबन्ध तथा कविताको स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा वढाएवापत प्रदीप नेपाललाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

Anita Tuladhar, Dr. Deviprasad Subedi & Keshav Acharya. Photos: Nai Prakashan

साथै, अनीता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

Chandan Lamjel, Deji Barai and Pinky Gurung. Photos: Nai Prakashan

नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा महत्त्वपूर्ण योगदान गरेवापत  डा. देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ ।

केशव आचार्यलाई नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा समर्पित भई गरिमाशाली योगदान पुर्याएवापत नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

गीतसङ्गीतमार्फ जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनुका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउनसमेतको योगदानका निम्ति भारत, दार्जिलिङका चन्दन लोम्जेल र डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ ।

Gopikrishna Prasai and Jaya Rai. Photos: Nai Prakashan

यसैगरी, मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्ष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत तेस्रो लिङ्गी पिङ्की गुरूङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसैगरी, विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने वेलायतका स्रष्टाद्वय गोपीकृष्ण प्रसाईको 'रात ढलेको थिएन' कवितासङ्ग्रह र जया राईको 'बेकर स्टि्रटका दुई आँखा' कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष दस लाख रूपियाँ राशिको पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव, नइ प्रकाशन

-Narendrarai Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.