Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

साताको बिशेष कुराकान Interview with Speaker Subhaschandra Nembang

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सम्माननीय सभामुख सुभाशचन्द्र नेम्वाङ्सँग बिशेष कुराकानी
‘आउने संबिधान सभाले एउटा साँचो संघात्मक नयाँ नेपालको निर्माण गर्नु पर्छ। मुलुक गणतन्त्रमय भएको छ । दुर्भाग्यबस संबिधान सभा नै हुन सकेन भने अहिलेको उपलब्धिहरु पनि खोसिन सक्छन भन्ने मुलुक को चिन्ता हो।’
-सभामुख सुभाशचन्द्र नेम्वाङ


हाम्रा काठमाडौं स्थित सम्पादन सहकमीं खगेन्द्र माखिमले यो साता युएस नेपाल अनलाइनका लागि लिनु भएको बिशेष कुराकानी:

युएस नेपाल अनलाइन: यसपटकको संसद अधिवेशन कहिलेसम्म चलिरहन्छ ?

सभामुख नेम्वाङ: अहिले संसदको मूल जिम्मेवारी भनेको संविधान सभाको चुनावमा मुलुकलाई पुर्याउनुको लागि आवश्यक भूमिका निर्वाह गर्नु हो । भर्खरै विशेष अधिवेशनको निर्देशनबाट अघि बढेर अहिलेको मुलुकको गतिरोधलाई अन्त्य गर्ने सम्बन्धमा एउटा साझा प्रस्ताव अगाडि बढाउँदै छ । त्यस सम्बन्धी आवश्यक कार्य गर्दै भर्खरै सरकारको तर्फबाट संविधान संशोधनको विधेयक दर्ता भएको छ । विशेष अधिवेशनकेा पालनाको सन्दर्भमा अगाडि आएको प्रस्तावलाई निश्कर्षलाई पुर्याउँदै त्यो संविधान संशोधनले केही कानूनहरु परिमार्जन गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । त्यसैले त्यो संशोधन विधेयक पास भएपछि फेरि संशोधित कानूनको लागि संशोधन गर्नुपर्ने विधेयक सदनमा आउनुपर्छ र त्यो पनि परिवर्तन गर्नुपर्छ । त्यति भएपछि संविधान सभामा जानको लाग आवश्यक कानूनी आधार तयार हुन्छ । त्यति काम यो अधिवेशनले अनिवार्य गर्नुपर्छ । त्यो देखि बाहेक अन्य कानूनको निर्माण गर्नु पनि छ । त्यसपछि यो संसद सकिन्छ ।

युएस नेपाल अनलाइन: विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिएको हो ?
सभामुख नेम्वाङ:
विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिएको होइन । फिर्ता लिएको भनेको नियमित अधिवेशन ३ गते शुरु भएपछि सरकारले मंसिर महिनामा निर्वाचन सम्पन्न गर्ने सरकारको मूल दायित्व हुन्छ भन्ने जुन संविधानको नीति निर्देशक सिद्धान्त थियो । त्यसमा मंसिर महिना भन्ने उल्लेख छ । मंसिरमा चुनाव स्थगित भएकोले संशोधन गर्नुपर्ने अवस्था उत्पन्न भयो । त्यसैले सरकारले त्यति हटाउनको लागि संविधान संशोधन विधेयक दर्ता गर्यो । त्यो विधेयकले विशेष अधिवेशनले दिएको निर्देशन बोक्दैनथ्यो । भर्खरै सदनमा दर्ता भएको विचाराधिन विधेयकमा गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली लगायत विषयहरुमा विभिन्न व्यवस्थाहरु प्रस्तावित गरिएको छ ।
  युएस नेपाल अनलाइन: अहिलेको चुनाव प्रणालीमा सिट सङ्ख्या जति नै तलमाथि गरे पनि यो मिश्रित प्रणाली हो जसले राजतन्त्रलाई टिकाइरहन खोजिएको छ भनिन्छ नि ?
सभामुख नेम्वाङ:
विशेष अधिवेशनको निर्देशन पूर्ण समानुपातिक थियो । अहिले दलहरु पूर्ण समानुपातिकको सन्दर्भमा पहिलाको ५०/५० बाट अहिले समानुपातिक बढेर पहिलो बहुमत अलिक भोटको विन्दूमा पुगेका छन् । यो पूर्ण समानुपातिक चाहि होइन । दलहरु छलफल पश्चात आ-आफ्ना अडानहरुको बीचमा समझदारी कायम गर्न सहमतिको आधारको रुपमा यो ठाउँमा आइपुगेका छन् ।

युएस नेपाल अनलाइन: अब के संविधा सभा हुने वातावरण बनेको हो ?
सभामुख नेम्वाङ:
यो कानून निर्माण भइसकेपछि कानूनको आधार चािहं पूरा भइसकेका छन् । अब त्यसभन्दा अगाडि बढ्नका लागि आवश्यक कार्यहरु हुन्छ । त्यस सम्बन्धी आवश्यक कार्यहरु सरकारले गर्नेछ भन्नेमा मलाई विश्वास छ । संसदले संविधान संशोधन, कानूनको संशोधन लगायत आफ्ना जिम्मेवारीहरु समयमा नै पूरा गर्नेछ ।


Our Contributing Editor Khagendra Makhim interviewing Subhas Chandra Nemwang, Speaker of the House of Nepal Parliament in Kathmandu. Photos: Sanghatmak Magazine

युएस नेपाल अनलाइन: चैत महिनामा संविधान सभाको चुनाव हुने भनिएको छ । यदि त्यो मितिमा पनि चुनाव भएन भने ?
सभामुख नेम्वाङ:
अहिले दलहरुको बीचमा एउटा समझदारी भएको छ । र उनीहरुले चैत्र महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो मुलुक एकताबद्ध भएर अगािड जाने हो भने हामी सबै प्रकारका चुनौतीहरुलाई वसरमा रुपान्तरण गर्न सक्छौं, विश्वासको आधारमा निर्वाचन हुन्छ । भएन भने के हुन्छ भन्नेमा टिप्पणी गर्न आवश्यक ठान्दिन ।

युएस नेपाल अनलाइन: अहिले मुलुकमा राजनैतिक दलभन्दा बाहिरका आन्दोलनरतहरुको मागलाई सम्बोधन नगरी चुनाव हुन्छ र ?
सभामुख नेम्वाङ:
मुलुकमा उठिरहेको मागहरुलाई-विषयहरुलाई सरकारले, जिम्मेवारी राजनैतिक दलहरुले सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । शान्तिपूर्ण र वार्ता मार्फत त्यसलाई एउटा निश्कर्षमा पुर्याउनु पर्छ । मागहरुका विषयहरुमा कतिपय मागहरु अहिले टुङ्गोमा पुर्याउन सकिन्छ । कतिपय मागहरु संविधान सभामा हुन सक्छ । यो चािहं छलफल मार्फत निश्कर्षमा पुग्नु राम्रो हो ।

युएस नेपाल अनलाइन: मधेसी केही सांसदहरुले संसदमा राजिनामा दिनुभएको छ । यसलाई कसरी लिनु हुन्छ ?
सभामुख नेम्वाङ:
मधेसका केही माननीयले राजिनामा दिनुभएको छ । यो सुरु हो कि केही टिप्पणी गर्न चाहन्न । उहाँहरुले उठाउनुभएको मागको सवालमा त्यसलाई संसदले निरन्तर उठाएको हो । संसदमा त मधेसको बिषयमा सशक्त आन्दोलन नै भयो । त्यस बारेमा धेरै उपलब्धी हासिल गरेका छौं । उहाँहरुलाई त्यतिमा पनि चित्त बुझेको छैन भने त्यस विषयमा दलहरुको, सरकारको ध्यान जानुपर्छ । उहाँहरुले मुद्दा उठाउने भनेको उहाँहरुको अधिकार हो ।

युएस नेपाल अनलाइन: देश संघात्मक त भयो कार्यान्वयन चािहं कहिलेदेखि हुने हो ?

सभामुख नेम्वाङ:
संविधान मै प्रष्ट छ यो मुलुक संघात्मक गयो । संघात्मकमा जानका लागि कस्तो खालको संघात्मक त्यस सम्बन्धी प्रकृया लगायत थुप्रै विषय हुन सक्छन् । ती विषयहरुलाई कुरा गर्नका लागि संविधानमा उच्चस्तर आयोगको परिकल्पना गरिएको छ । त्यो आयोग समावेशी हुनेछ । यो उच्च स्तरीय आयोग चाँडै निर्माण भएर काम शुरु गर्नुपर्छ । त्यसको प्रतिवेदनको आधारमा उभिएर आउने संविधान सभाले एउटा निश्कर्षमा पुर्याउने संघात्मक नेपालको निर्माण गर्नुपर्छ।

युएस नेपाल अनलाइन: संघात्मक हुनको लागि त चुनाव प्रणाली पनि संघात्मक खालकै हुनुपर्ने होइन र ?
सभामुख नेम्वाङ:
अहिले नै यो सम्पूर्ण कुरा गर्ने हो भने संविधान सभा के-को लागि गर्ने, त्यसैले त्यो आयोगले सबै गृहकार्य गरेर त्यो गृहकार्य मार्फत आफ्नो आवश्यक प्रतिवेदन तयार गर्न सबैसँग छलफल गरेर अनि त्यसको आधारमा मुलुक एउटा निश्कर्षमा पुग्छ । संविधान सभाले नयाँ संविधान निर्माण गर्छ । जसमाथि सम्पूर्ण कुराहरु समाहित हुन्छन् ।

युएस नेपाल अनलाइन: जनआन्दोलनको म्यान्डेट त गणतन्त्र थियो । राजतन्त्रलाई फाल्न निकै कठिन भएको छ किन? के मा अड्किएको छ ?
सभामुख नेम्वाङ:
मुलुक गणतन्त्रमय भएको छ । तर कुन प्रकृयामा कसरी गर्ने बारेमा मुलुकमा अहिले छलफल जारी छ । त्यसैले त्यही सिलसिलामा फेरी पनि छलफलमा छौं । त्यो छलफलबाट मुलुक लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै त्यसको कार्यान्वयन नै संविधान सभाको पहिलो बैठकबाट गर्ने निश्कर्षमा मुलुक पुग्नेछ । यो हिजोभन्दा राम्रो अग्रगमनतर्फ पाइला हो । तर तुरुन्तै आजदेखि गणतन्त्र हुनुपर्छ भन्ने जति चािहं होइन । यसको विषयमा छलफल गर्दै जाँदा हामी सबैले लोकतान्त्रिक गणतन्त्र प्रतिबद्धता पनि जनाउने, मुलुक गणतन्त्र भयो भनेर घोषणा पनि गर्ने तर त्यसलाई कार्यान्वयन भने संविधान सभाको पहिलो बैठकबाट गर्ने भन्ने निश्कर्षमा मुलुक पुगेको देखिन्छ ।

युएस नेपाल अनलाइन: सरकार जसरी भए पनि संविधान सभाको चुनाव गर्ने पक्षमा छ के यो सम्भव छ ?
सभामुख नेम्वाङ:
संविधान सभामा एकजुट भएर जाऊँ भन्ने कुरा छ । पहिला आन्दोलन गर्दाको अवस्थामा हामी सबै संविधान सभा भयो भने चािहं सबै कुरा पुग्छ भन्ने बुझाईमा थियौं । अहिले त संविधान सभा नभइकनै हामीले धेरै चीज हासिल गरेका छौं । त्यो त्यसै पाएको होइन । त्यो पनि संघर्षकै प्रतिफल हो । त्यसलाई संस्थागत गर्दै मुलुक अगाडि बढ्छ । अर्कोतिर संविधान सभा निर्वाचन गर्न मुलुकका िसंगो जनतालाई त्यो निर्वाचनमा सहभागी गराउने स्वतन्त्र, निष्पक्ष ढंगले निर्वाचन गराउने हो । दुर्भाग्यवस संविधान सभा नै हुन सकेन भने अहिलेको उपलब्धी भएकाहरु पनि खोसिन्छन् भन्ने मुलुकको चिन्ता हो ।

युएस नेपाल अनलाइन: अहिले लिम्बूवानमा आन्दोलन भइराखेको छ, यसलाई कसरी लिनुहुन्छ ?
सभामुख नेम्वाङ:
अहिलेको बेलामा मुलुकभरि सबै जाति, भाषा, धर्म या पछाडि पारिएका जनता, सबै समुदाय आ-आफ्ना मागहरुलाई लिएर अगाडि बढ्न अस्वभाविक रुपमा लिनु हुँदैन । लोकतन्त्रमा यो स्वभाविक हो । अहिले हामी संविधान सभाको कुरा गरिरहेका छौं । यस मुलुकका सबै त्यो संविधान सभाको प्रकृयामा समाहित हुन चाहन्छन् । संविधान निर्माणमा सबैले आफुलाई त्यो प्रकृयामा सामेल गराउन चाहन्छन् । त्यसैले यस्ता विषयहरुलाई अचम्म, अस्वभाविक मान्नु हुँदैन । यसलाई मौकाको रुपमा लिदै यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न सरकार, राज्य र दलहरु अगाडि सर्नुपर्छ ।

December 29, 2007, Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®