Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial

साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story/News
स्था‍नीय खबरहर
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Face of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहर
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहर
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कवित Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Profile of
KUL CHANDRA GAUTAM

Mr. Kul Chandra Gautam is a former Assistant Secretary-General of the United Nations, and Deputy Executive Director of UNICEF. He has extensive experience in international diplomacy in areas of socio-economic development, humanitarian assistance, and human rights.

As a senior UN official, Mr. Gautam provided leadership for strategic planning, policy guidance and programme management. He coordinated inter-agency collaboration and public-private partnerships for child rights and human development among UN agencies, donors and civil society organizations. 

In his long and distinguished career with the United Nations, spanning over three decades, Mr. Gautam had extensive dealings with senior levels of donor governments, development agencies and NGOs in policy dialogue, advocacy and resource mobilization.

At the global level, Mr. Gautam dealt with the highest levels of policy making at the United Nations, including the General Assembly, Security Council, ECOSOC and the UNICEF Executive Board. And he oversaw UNICEF cooperation in over 150 developing countries.

Mr. Gautam had hands-on experience at the field level, serving UNICEF in positions of increasing responsibility and leadership in Cambodia, Indonesia, Laos, Haiti and India. He also served as Chief for Latin America and the Caribbean, as Regional Director for Asia and the Pacific, and as Director for Planning and Programme at UNICEF Headquarters.

Mr. Gautam was the key senior UNICEF officer responsible for drafting the Declaration and Plan of Action of the 1990 World Summit for Children, the largest gathering of world leaders in history until that time. In 2002 he led the organization of another major United Nations conference, the Special Session of the General Assembly on Children attended by 70 world leaders and thousands of child rights activists and civil society leaders, including celebrities and Nobel Prize Laureates.

Mr. Gautam served as Chair or member of the Boards of several international development organizations and public-private partnerships, including the Partnership for Maternal, Newborn and Child Health (PMNCH), the Micronutrient Initiative (MI), the Global Alliance for Vaccines and Immunization (GAVI), the Global Alliance for Improved Nutrition (GAIN), the Global Network of Religions for Children (GNRC), Inter-faith Council for Ethics Education, etc.

Mr. Gautam is a citizen of Nepal.  He received his higher education in international relations and development economics at Dartmouth College, Princeton University, and Harvard University in the United States of America. Born in December 1949, Mr. Gautam is married and has a daughter and a son.

For further information, please contact: kulgautam@hotmail.com or visit:  www.kulgautam.org

January, 2008




साताको कुराकान Interview: Kul Chandra Gautam

यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट टाइप
Nepali Unicode Font Type

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
Annapurna Post

Gorkha Patra
Kantipur
Khoj Talash
Mahanagar

Naya Patrika
Nepal Samacharpatra
Rajdhani
The Himalaya Times
The Kathmandu Post
The Rising Nepal
More»

साप्‍ताहिक Weekly
Budhbar
Deshantar
Drishti
Ghatna Ra Bichar
Jana Astha
Janadesh
Jana Dharana
Nepali Times
Saptahik
Vimarsha
More»

Other Media
Himal Khabar
Kamana
Sadhana
More»


Nepali Radio/F.M./TV
BBC Nepali
BFBS Gurkha HK
CA-Ne Vision
China Nepali
Hits FM
Kantipur FM
Kantipur TV
Namaste Canada
Nepali Radio NYC
Nepal 1 TV
Nepal Television NTV
NITV Network
Radio Dobhan USA
Radio Nepal
Radio Sagarmatha
Sagarmatha TV USA
More»


Nepali Online Portals
नेपाली अन‍लाइन्‌ पोटंल
BestNepaliSites.Com
EuroNepalOnline.Com
Gurungs.Org
Himal Khabar
HimalOnline.Com
HKNepal.Com
Janajati.Com
Janajati.Org
KantipurOnline.Com
KiratiSaathi.Com
Kirats.Com
Magar.Org
Tamang.Com
TamangSamaj.Com
NepalBizNews.Com
NepalDirectory.Org
NepalJapan.Com
NepalNews.Com
NepalVista.Com
SimplyNepal.Com
WebLali.Com
Weeklynepal.Com
More»




"मैले चाहेको भए अमेरिका मै बस्न सक्थें तर म नेपाल आमाको रिण तिर्न गाउँ फर्किदै छु।"
- कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संयुक्त राष्ट्र संघ

उनी बिदेशमा सबैभन्दा उच्च अन्तर सरकारी ओहोदामा पुग्ने नेपाली छोरो हुन्‌। गुल्मी जिल्लाको क्षेत्र नं. १ मा पर्ने अमरपुर गाउँमा आज भन्दा ६९ बर्ष अघी अर्थात्‌ सन्‌ १९४९ मा जन्मिएका, सानो कद्का तर ठुलो बिचार भएका र व्यबहारमा उतार्न समेत सफल असल नेपालीहरु मध्येका एक गर्बिलो ब्यक्तित्व हुन्‌- कुलचन्द्र गौतम।

संयुक्त राष्ट्र संघको सहायक महसचिब पद र संयुक्त राष्ट्र संघीय बाल कोश-युनिशेफ (UNICEF) को उप निर्देशक पदसम्म पुगेर अन्तरराष्ट्रिय स्तरमा ठुलो योग्दान पुर्याइ आफ्नो ३५ बर्ष लामो सेवाबधी पुरा गरी उनी हालसालै (डिसेम्बरमा) अबकाश भएका हुन्‌।

यही जनवरी ३१ तारिख सदाका लागि आफ्नो कर्म थलो न्यूयोर्क शहरलाई चटक्क छोडेर नेपाल आमाको न्यानो काखमा फर्किदै छन्‌ उनि- नयाँ नेपालको निर्माणमा केही योग्दान पुर्याउने अठोट लिएर। उनको एउटै मात्र आकांक्षा छ- सबै मिलेर नेपाललाई फलाउँ, फुलाऔं अनी नेपालका भाबी सन्ततीलाई एक सबल नागरिक बनाऔं ताकी एक्काइसौ शताब्दीमा नेपाल एक उन्नत देश बन्न सकोस्‌।

यो साता युएस नेपाल अन्लाइन डट कमले उनको न्यूयोर्क शहरको निवासस्थानमा गएर भेट गर्‍यो ‌। त्यतिखेर उनका आँखा भरी नेपाल प्रतिको माया र उनका बिचारमा नयाँ नेपाल निर्माणको रुपरेखा झल्किएको देखिन्थ्यो। यसपाली हामीले उनीसँगको झन्डै सवा घण्टा लामो कुराकानीको मुख्य भाग प्रस्तुत गरेकाछौं, पढ्नुहोस्:

यो लेख  PDF फाइलमा पढ्न यहाँ क्लिक गर्नुहोस्
यो लेख पढ्न तपाईंको कम्प्युटरमा प्रीती फन्ट हुनु पर्छ। प्रीती फन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् तेस पछी तपाईंको कम्प्युटरको 'C' ड्राइव मा भएको फन्ट फोल्डरमा Save शेभ गर्नुहोस्। PDF फाइल पढ्न Acrobat Reader चहिन्छ्, यदि छैन भने फ्री डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस


Kul Chandra Gautam and UNOC Editor-in-Chief, Pradeep Thapa

UNOC: ३५ बर्षको लामो सेवाबाट अबकास लिनु भएपछी अहिले कस्तो अनुभब गर्नु भएको छ?
गौतम:
यतिका बर्षसम्म दिन रात काम गरेर अहिले एक महिना भयो काम गर्न छोडेको। अहिले मेरो जिउ हलुङ्‍गो भएको छ। आनन्द लागेको छ। अब म मेरो जिबनको नयाँ अध्याय शुरु गर्न नेपाल जाँदै छु। र म यस कुराले निक्कै उत्साहित र प्रेरित भएको छु।

UNOC: यो अबकास स्‍वेच्‍छा कि सेवाबधी पुरा भएर लिनु भएको हो?
गौतम:
दुइटै तवरले हो। हुन त मैले चाहेको भए अरु केही बर्ष काम गर्न सक्थें। युएनमा यो तहमा उमेरको हद बन्दी हुँदैन। तर मैले यसो बिचार गर्दा त नेपाल छाडेको ४० बर्ष भएछ। तेसैले मेरो उमेर, स्वास्थ्य राम्रो हुँदै देशमा फर्केर देशको निम्ती पनि त केही गरौं भन्ने उत्साहले अहिले सेवा छोड्नु ठीक समय लागेर यो निर्णयमा पुगेको हुँ।

UNOC: कसरी शुरु गर्नु भएको थियो युएन-युनिशेफको सेवा बताइ दिनु हुन्छ कि?
गौतम:
त्यो त धेरै लामो कहानी छ, तर छोटकरीमा भन्दा सन्‌ १९७३ को जूनमा मैले शुरु गरेको थिएँ। र मलाई क्याम्बोडियामा गएर काम गर्ने अबसर दिइयो। उतिखेर म अमेरिकामा पढ्न आएको थिएँ-१९६८-७१ सम्म। अमेरिकामा भियतानामको लडाईंको बिरुद्धमा ठुलठुलो आन्दोलन भई रहेको थियो। तेसमा म सकृय थिएँ। तेतिखेर मलाई के लागेको थियो भने यती सानो मुलुक भियतनामले कसरी शक्तिशाली अमेरिकालाई परास्त गर्न सक्यो। तेसै समयमा सन्‌
१९७३ मा पेरिस सम्झौता भयो र भियतनाममा शान्ती आउने कुरा भयो। यता युएनले उद्धार र पुनर्सम्रचना (Relief and Reconstruction) गर्ने कार्यक्रम बनायो। मैले भियतानाम जाने सोचले युनिशेफमा निबेदन दिएको थिएँ तर अन्तर्वातामा चुनिए पछी मलाई भियतनामको सट्‍टा क्याम्बोडिया पठाइयो।

UNOC: कस्तो (बिडम्बना!) संयोग, ३५ बर्ष अघी तपाईं उद्धार र पुनर्सम्रचनाको लागि सेवा शुरु गर्नु भयो अहिले ३५ बर्ष पछी तपाईं नेपाल जाँदै हुनुहुन्छ र त्यहाँ शान्ती र पुनर्सम्रचनाको कुरा हुँदै छ।
गौतम:
यो एउटा संयोग नै हो। यो ३५ बर्षमा मैले धेरै युद्ध पीडित देशहरुमा काम गर्ने मौका पाएँ र त्योबाट धेरै शिक्षा लिन सकिन्छ। कती देशमा लडाईं पछी शान्ती आउँछ तर शान्ती पछी पुनर्निर्माण र प्रजातन्त्र बिकास गर्ने कुरामा गल्ती हुन जान्छन्‌ अनी शान्ती छाएको ४, ५ बर्ष पछी फेरी लडाईं शुरु हुन्छ। यसो भएको बिगतबाट हामीले शिक्षा लिन नसिकेको हुनाले हो।

अब नेपालमा यस्तो शिक्षा अयन्त जरुरी छ। हामी कहाँ पनि शान्ती आउँदै छ, संबिधान सभाको चुनाव हुँदै छ। यो एक दमै राम्रो कुरो हो। तर हामी यही राजनीतिक कुरामा मात्र लागेर सर्ब साधारण जनताको जिबनस्तर उकास्ने, उनिहरुको रोजी रोटी, रोजगारीका कार्यक्रममा शुरु देखी नै ध्यान नदिने हो भने फेरी लडाईं शुरु हुन सक्छ। तेसैले अरु देशको गल्ती र राम्रा कुराहरुबाट शिक्षा लिएर नेपालको बिकास र पुनर्निर्माणमा हामी लाग्नु पर्छ। मैले आफुलाई यसै क्षेत्रमा लगाउने बिचार गरेको छु।



UNOC: तपाईं युएन्-युनिशेफमा सेवारत रहँदाका उल्लेख्य काम के के भए त?
गौतम:
सबैभन्दा महत्वपूर्ण चाँही सन्‌ १९९० मा जतिखेर म युनिशेफको कार्यकम निती निर्देशक थिएँ, विश्वमा पहिलो पटक बालबालिकाका लागि विश्व शिखर सम्मेलन World Summit for Children न्यूयोर्कमा सम्पन्न भएको थियो, जसमा संसार भरका राष्ट्रपती, राजा, प्रधानमन्त्री जस्ता राजनेताहरु भेला भएका थिए। त्यो सम्मेलनको बाल घोषणा पत्र निर्माण गर्न मलाई जिम्मेबारी दिइएको थियो। त्यो घोषणा पत्र विश्व भरका राजनेताहरुबाट पारीत हुनुलाई म ऐतिहासिक ठान्दछु।


Kul Chandra Gautam with Ban Ki Moon, General Secretary, UN

UNOC: युएन United Nations को सहश्राब्दी बिकास बर्षको लक्ष Millenium Development Goals पुरा होलान्‌ कि नहोलान्‌?
गौतम:
मेरो बिचारमा अली अली गर्दै प्रगतीहरु हुँदै छ। कुनै देशमा राम्रो हुँदै छ भने कुनै देशमा राम्रो भएर पनि लडाईंको कारण, एड्‍सको कारणले नकारात्मक परिणाम आइ रहेका छन्‌। मैले सेवा शुरु गर्दा पाँच बर्ष मुनिका एक करोड साठी लाख बच्चा बर्सेनी मर्दथे भने आज ९७ लाख मात्र मर्ने स्थितिमा झरेको छ। १९९० देखी १९५० को यो सहश्राब्दी बिकास बर्षको लक्ष अनुसार बाल मृत्‍यु दर दुई तिहाइले घटाऊने र आमाको मृत्‍यु दर तीन चौथाइले घटाऊने भन्ने छ। तेसै गरी गरीबिको उन्मुलन आधा घटाऊने भन्ने छ। कतिपय लक्ष पुरा नहुने पनि सम्भाबना किन छ भने उदाहरणको लागि अफ्रिकामा बाल मृत्‍यु दर बढेर गएको छ । त्यहाँ एड्‍स रोगको प्रकोपको करणले यस्तो भएको हो।

UNOC: अरु नेपालीहरु तपाईंको ओहोदामा पुग्ने के सम्भाबना छ?
गौतम:
नेपालीहरु संसार भरका संघसस्थाहरुमा रामो काम गर्दै आएका छन्‌। त्यस्मा म निक्कै खुशी छु। अहिलेलाई माथिल्लो तहमा नभए पनि जुनियर र मध्यम तहमा धेरै नेपालीहरु छन्‌।

UNOC: आउने दश बर्षमा कोही तपाईंको स्तरमा पुग्लान्‌ त?
गौतम:
मलाई त अबश्य पुग्छन्‌ भन्ने पूर्ण विश्वाश छ। र म भन्दा पनि माथि जानु पर्छ। नेपालीहरुले अबसर पाएमा ति पद सम्हाल्न सक्दछन्‌ । मेरो कामना र विश्वाश यही छ।

UNOC: तपाईंले भबिश्यको योजना के बनाउनु भएको छ त?
गौतम:
अब म नेपाल फर्किदै छु। मेरो मुख्य कर्म स्थल पनि अब नेपाल नै हुनेछ। मैले मेरो जतीसक्दो समय नेपालको बिकासको लागि दिन चाहन्छु। तर म राजनीतिमा लाग्ने र सरकारमा सामेल हुने छैन। त्यो मेरो रुचीको कुरो होइन। म मेरो विश्वको अनुभबलाई लिएर स्थानिय स्तरमा गएर त्यहाँ भईरहेका रचनात्मक कार्यहरुलाई सहयोग र प्रोत्साहन दिने योजना छ। देश बिकास गर्न महिला उत्थानको ठुलो आबश्यक्ता भएकोले महिला शसक्तिकरणका कार्यक्रममा सहयोग गर्ने र बालिकाहरुको शिक्षामा जोड दिन लागि पर्ने छु। तेसै गरी, यो गएको १०, १२ बर्षमा जुन क्षति भयो त्यो घाऊलाई निको पार्न बिकास र पुनर्निर्माणको लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन प्रयास गर्ने छु।

UNOC: राजनीतिमा लाग्दिन भन्नु भयो, तर सर्ब सम्मतिबाट नियुक्ती भयो भने के गर्नु हुन्छ नि?
गौतम:
त्यो त अली हचुवाको hypothetical कुरो भयो तर त्यस्तो म प्रति विश्वाश र सद्भाब राखेर मेरो सहयोगको प्रस्ताब आयो भने म त्यस प्रस्ताबलाई सोच्ने छु। Certainly, I will entertain the proposal. तर मलाई अझै पनि देसको बिकास गर्न सरकार मै जानु पर्छ भन्ने लाग्‍दैन। सरकार बाहिर बसेर पनि काम गर्न सकिन्छ।

UNOC: आगामी संबिधान सभाको चुनावमा तपाईंको कस्तो भूमिका हुने छ?
गौतम:
मेरो आफ्नो अनुभब बिकास र पुनर्सम्रचना सम्बन्धी भएकोले यो बिषयमा सल्लाह र सहयोग दिन म तयार छु। मेरो अनुभब र रुची राजनीति भन्दा आर्थिक र सामाजिक बिकास भएकोले तेसैमा आफ्नो समय लगानी गर्ने छु।

UNOC: तपाईंको पुनर्सम्रचना र बिकासको योजना पत्र Reconstruction and Development Plan प्रति कस्तो प्रतिकृया पाउनु भएको छ?
गौतम:
यो पेपर मैले नेपालका सबै दलका नेताहरुसँग परामर्श गरेर तयार गरिएको निती र कार्यक्रम पत्र हो। यसमा अझै छलफल होस् भन्ने चाहन्छु।



UNOC: तराइमा असन्तुष्‍टी बढेर गएको छ। कतिले हतियार नै उठाएका छन्‌। आदिबासी, जनजाती, दलित, महिलाका समस्याहरु चर्को रुपमा उठ्‍न थालेका छन्‌, तपाईं के भन्नु हुन्छ?
गौतम:
हाम्रो देशको ईतिहासमा के भएको छ भने जो पक्षपात, जातिय, लैगिक, भेद्भाब थिए तिनीलाई ढाक छोप गरेर राखिएका थिए अहिलेसम्म। यो कुराहरु बाहिर प्रकाशमा आउनु र पिछडिएका, शोषित बर्गहरुले आफ्नो अधिकारहरुको माग गर्न थाल्‍नु सकारात्मक कुरा हो तर यि माग पुरा गर्न हातहतियार बोकेर जानु, हिंसातिर जानु अबान्छनिय हो। तर माग चाँही जायज छन्‌। त्यस्ता बिषयहरुमा छलफल हुनु पर्छ, शान्तीपूर्ण किसिमले समाधानका बाटाहरु पहिल्याउनु पर्छ।

UNOC: तर नेपालको ईतिहासले त यस्तै देखायो नि त, जस्ले हतियार समाउँछ उसैले अधिकार पाउँछ, माओवादीहरुले हतियार नउठाएका भए न राजतन्त्र जान्थ्यो, न संबिधान सभा आउँथ्यो।

गौतम:
त्यो हुन सक्छ। तर म माओवादीहरुको हतियारले सफलता पायो तेसैले हतियार उठाउने कुरो नै सत्य हो भन्ने स्विकार गर्न सक्दिन। शान्तीपूर्ण तवरबाट पनि धेरै कुराहरु पाउन सकिन्छ। नेपालमा राजा हटाउन माओवादीको केही हात थियो तर अरु सबै दलहरु पनि त्यो पक्षमा थिए। अर्को कुरा, राजा कै आफ्नै दुस्कर्महरुले उनले आफ्नो खुट्टामा आँफैले बन्चरोले पनि हानेको हो।



UNOC: तपाईंका ब्यक्तिगत रुचिका कुराहरु के के छन्‌?
गौतम:
म बचपनमा साहित्यमा निक्कै चाख राख्थें। कबिता लेख्थें, पढ्थें। म हाइ स्कुल छँदा खेरी नै नेपाली साहित्यमा लेखिएका उत्कृष्ट रचनाहरु, जस्तो लक्ष्मी प्रसाद देबकोटाका जम्मै ग्रन्थहरु, भिमनिधी तिवारी, वालकृष्ण सम, लेखनाथ पौडेल लगायतका रचनाहरु पढेको थिएँ। यो बिषयमा अझै पनि चाख छ तर म धेरै बर्ष बाहिर मुलुकमा भएको हुनाले नेपाली साहित्यबाट धेरै पर भएको छु। नेपाल फर्के पछी फेरी नेपाली साहित्य, संगीत र कलामा के कती प्रगती भईरहेको छ, त्यस बिषयमा मैले आफुलाई अप-टु-डेट गराउन चाहन्छु।

UNOC: अध्ययन मात्र गर्नु हुन्छ कि कलम पनि चलाऊनु हुन्छ?
गौतम:
पहिले पहिले कलम चलाऊथें अब हेरौं कस्तो हुन्छ। मलाई अहिले ठुलो समस्या के भा'छ भन्दा ४० बर्ष देश बाहिर भएको हुनाले मेरो नेपाली लेखाइ नै बिग्रेर गएको छ। अभ्यास गर्न मौका पाएको छैन। तेसै भएर स्वदेश फर्के पछि मैले देशलाई पुनराबिश्कार गर्नु छ। नेपाल धेरै बदलीइ सकेको छ। नेपालका गाउँ गाउँमा गएर, त्यहाँको बस्तुस्थिती बुझेर अनुभब बटुल्‍नु छ। त्यस पछि मलाई प्रेरणा आयो भने लेखुँला पनि।

UNOC: भने पछि नेपाल यात्रामा निस्किदै हुनुहुन्छ?
गौतम:
हो। तेसै गर्ने बिचार छ।

UNOC: बाल्यकाल गुल्मीको एउटा पिछडिएको गाउँमा बिताउनु भयो, त्यो बेलाका केही अबिश्मरणीय क्षण छन्‌ कि?
गौतम:
त्यो बेला त अनकन्‍टार गाउँ नै भन्नु पर्‍यो। त्यहाँ स्कुल, हुलाक, खानेपानी, मोटार बाटो केही पनि थिएन, त्यस्तो ठाउँमा हुर्किएँ म। अहिले म जती सुकै सफल भएर जती ठुलो मान्छे भए पनि त्यो गाउँको, त्यो बचपनमा खेलेका ठाउँहरु, आफुले खेलाएका साना साना खेलौनाहरुको याद आउँछ-मेरो हृदयमा ति कुराहरु अहिलेसम्मै अति प्रिय छन्‌। Those moments continue to be dear to my heart.

एउटा शिक्षा त के भने जब जब ममा नैराश्यता आउँथ्यो, दु:खका क्षण आउँथे त्यो बेलामा मैले सधैं गाउँ सम्झने गर्थे र सोच्थें म कुन ठाउँबाट आएको मान्छे। त्यो गाउँमा अझै पनि मेरा दौंतरीहरु कति दु:ख पाएर जिएका छन्, मरी रहेका छन्‌। म त धेरै भाग्यमानी छु त्यो गाउँको आशिर्बादले मैले यती सफलता हाँसिल गर्ने सकें। र अब त्यो गाउँ र अरु विश्वका गाउँहरुको सहयोग गर्न पाइयोस, तिनीहरुको बिकास हेर्न पाइयोस भन्ने चाहना मेरो गाउँको याद आउना साथ हुन्थ्यो। मेरै उदाहरणबाट पनि अनकन्‍टार गाउँका बाल्बालिका यदी अबसर पाएमा विश्वको माथिल्लो तहमा पुगेर काम गर्न सक्छन्‌ भन्ने देखाउँछ।

UNOC: काठमाडौंबासी बन्दै हुनुहुन्छ कि गाउँ नै गएर बसोबास गर्ने योजना छ?
गौतम:
मेरो बसोबास त काठमाडौं मै हुन्छ होला। तर अहिले संसार धेरै बदली सक्यो। अहिले भुमन्डलीकरण Globalization भई सक्यो जस्ले गर्दा पहिले जस्तो गाउँमा जान त्यती गाहारो छैन। म काठमाडौं बसे पनि गाउँ ठाउँमा गैरहने छु। गाउँको बस्तुस्थिती बुझेर, गाउँको बिकासमा बिशेष प्राथमिकता दिनेछु। र विश्वसँग सम्पर्कित पनि भई रहने छु। अहिले गाउँको सेवा गर्न गाउँ मै बस्नु पर्छ भन्ने छैन। वास्तवमा, नेपालको सेवा गर्न नेपाल मै बस्नु पर्छ भन्ने पनि छैन। प्रबासमा बसेर पनि नेपालीहरुले नेपाललाई ठुलो सेवा गर्न सक्छन्‌।

UNOC: नेपाली भाबी पुसतालाई के भन्न चाहनु हुन्छ?
गौतम:
हाम्रो देश नेपालको भबिश्य धेरै राम्रो छ, हामी भाग्यशाली हौं। हाम्रो एकातिर चिन र अर्कोतिर भारत, संसारका ठुला र सबैभन्दा छिटो छिटो बिकास भईरहेका मुलुक जो भबिश्यका अर्थतन्त्रका सुपर पावर Economic super powers of the future हुन्‌ । त्यस हिसाबले पनि नेपाललाई बिकास गर्न सजिलो हुनेछ। हामीलाई उत्तर र दक्खिनमा एक-एक अर्ब जनताको बजार छ। नेपाली युबाहरु र बिशेष गरी हाम्रा नेताहरुलाई म के भन्न चाहन्छु भने देशको बिकास र भबिश्यको लागि बालबालिकामा लगानी गरौं Let's invest in children। उनिहरुको शिक्षा, स्वाथ्य, खानेपानी, बाल अधिकारलाई मुख्य प्राथमिकता दिनु पर्छ। तेसो गरेमा हाम्रा भाबी पिंढि नेपालका लागि एक सम्पन्‍न साधन स्रोत हुने छन्‌। हामी कहाँ बिजुली, पर्यटनको पनि ठाउँ छ। नेपालले सही बाटो अपनायो भने हामी कहाँ असीमित अबसरहरु unlimited opportunities छन्‌।

UNOC: तपाईं पनि अहिलेसम्म एक प्रबासी कै नाताले प्रबासी नेपालीहरुलाई के भन्न चाहनु हुन्छ?
गौतम: हामी बिदेशमा रहेर पनि नेपालको सेवा गर्न सकिन्छ। तपाईंहरु हीनत्व भावना नलिनुहोस्। यहाँ बसेर पनि तपाईंले सक्दो सहयोग गर्न सक्नु हुन्छ। जुन सुकै काम गरे पनि त्यो काममा उत्कृष्टता हाँसिल गएर उदाहरण बन्नुहोस्। देशलाई सम्झी रहनुहोस्, माया नमार्नुहोस्, नेपालमा लगानी गर्नुहोस् तर जुन देशमा बस्‍नुभएको छ त्यस देशमा भिज्ने, तेस देशमा पनि प्रभाब पार्न सक्ने बन्‍नुहोस्‌। हामी नेपाली जती बाहिर सफल हुन सछौं उती नेपालको बिकासमा योगदान दिन सकिन्छ।


Photos: Ang Kami Sherpa for USNepalOnline.Com

UNOC: अन्तमा, अब आफ्ना जिबनका अन्तिम क्षणहरु कहाँ बिताउने बिचार छ?
गौतम: म बाँकी जिबन नेपालमै बिताउन चाहन्छु, तेसै भएर नेपाल जान लागेको हो। मैले चाहेको भए यतै अमेरिका मै बस्न सक्थें। अरु ठाउँबाट पनि मलाई कामको अफरहरु आइरहेका छन्‌। तर म आफुलाई अत्यन्तै भाग्यमानी ठान्‍दछु किनभने मैले तेती सानो पिछडिएको गाउँको मान्छे भएर पनि अन्तरराष्ट्रिय स्तरमा यसरी काम गर्न पाएँ। अब मैले नेपालको रिण तिर्नु छ। किनभने म जती सफल भएँ तेसमा त्यही गाउँ ठाउँको हावापानी खाएर हुर्केको, त्यहिका जनताको माया, मामाताले प्रेरणा पाएर म सफल हुन सकेको हुँ र मैले त्यो रिणलाई तिर्नु पर्छ। तेसैले मैले ब्यक्तिगत रुपमा आफुले पढेको स्कुललाई केही सहयोग दिएर पुनर्निर्माण गर्दै छु, गाउँको सामाजिक बिकासमा पनि केही गर्दै छु। यस्तै प्रकारले सिङ्गो देशलाई नै सहयोग गर्न चाहन्छु। र मेरा अन्तिम दिनहरु, क्षणहरु नेपाल मै बितून्‌। नेपाल हरा भरा भएको, प्रगती भएको हेर्न पाऊँ, तेसैमा नै मलाई सबैभन्दा ठुलो सन्तोष हुनेछ।
January 26, 2008, New York


From R to L: Pradeep Thapa, Kul Chandra Gautam, UNOC videographer Shambhu Moktan, and photographer Ang Kami Sherpa 


Kul Chandra Gautam with his daughter, Dr. Rekha Hamal and UNOC Senior Copy Editor Margaret Carne-Thapa


Kul Chandra Gautam at America-Nepal Friendship Society (ANFS )Annual Awards Dinner and discussion on U.S.-Nepal Relations: Expectations and Realities in a Period of Transformation
New York City, NY, USA. 29th September, 2007. View, read more»


Kul Chandra Gautam at his farewell party organized by Nepal Center, New York on January 21, 2008.  View, read more» Photos: eEyeCam




Kul Chandra Gautam at his farewell party organized by Nepal Center, New York on January 21, 2008.View, read more» Photos: eEyeCam
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®