Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

साताको कुराकान Interview with Bhojraj Pokharel, Election Commissioner


"मुलुक पुरै निर्वाचनमय भएको छ ।"

-भोजराज पोख्रेल, निर्वाचन आयुक्त

प्रश्न: संविधानसभा निर्वाचनको तयारी कस्तो छ ?

निर्वाचन आयुक्त: तयारी अन्तिम चरणमा पुगेको छ । निकट भविष्यमै मतदान कार्य व्यवस्थापनका निमित्त आयोगका कर्मचारीहरु सम्बन्धीत स्थान तर्फ खटिनेछन् । हाम्रो ध्यान अहिले मतदानकेन्द्र तर्फ केन्द्रीत भएको छ । राजनीतिक दल उम्मेदवार र आम नागरिकहरुले देखाउनु भएको उत्साहजनक सहभागिताले मुलुक पुरै निर्वाचनमय भएको छ ।

प्रश्न: राजनीतिक दलहरुबाट निर्वाचन आचारसंहिता पालना भएन भनिन्छ नि?

निर्वाचन आयुक्त: आचारसंहिता पालना नै भएन भन्ने त होइन । हाम्रो बारम्बारको आग्रहलाई उहाँहरुले केहि हदसम्म पालना पनि गर्नु भएको छ । तथापि यति मात्रै प्रर्याप्त भने छैन । त्यसैले हामी सबै दल तथा उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता पूर्णपालना गर्न आग्रह गर्दछौं ।

प्रश्न: केहि दिन यता दलहरुवीच विभिन्न ठाउँमा झडपहरु भइरहेका छन् । यसतर्फ आयोगको ध्यान जान नसकेको हो?


Election Commissioner Bhojraj Pokharel. Photo: Kiran Pandey

निर्वाचन आयुक्त: होइन, होइन यस्ता घट्ना प्रति आयोगको गम्भिर ध्यानकार्षण भएको छ । आजै हामीले यस्ता घट्नामा प्रत्यक्ष संलग्न काँग्रेस, माओवादी र एमालेका प्रतिनिधिहरु मार्फत पुनः त्यस्ता िहंसात्मक घट्ना नदोहोर्याउन निर्देशनात्मक आग्रह गरेका छौं । फेरि हामी सबै दल र स्वतन्त्र उम्मेदवारलाई आ-आफ्ना कार्यक्रम शान्तिपूर्वक जनतामाझ लैजान, अरुका कार्यक्रममा अवरोध नपुर्याउन र िहंसाका कुनै पनि माध्यम अवलम्बन नगर्न आग्रह गर्दछौं ।

प्रश्न: आयोगले ठूला दललाई आचारसंहिता पालना गराउन सकेन भनिन्छ नि?

निर्वाचन आयुक्त: हाम्रा लागि सबै दल समान छन् । को ठूलो, को सानो भन्ने छैन । कुन दललाई ठूलो बनाउने भन्ने कुरा जनताले चैत २८ गते फैसला गरिहाल्छ नि ।

प्रश्न: आचारसंहिता पालना नगर्नेलाई के गर्नु हुन्छ?

निर्वाचन आयुक्त: दलहरुले नै बनाएका कानुन बमोजिम कारवाही गर्छौ । यस विषयमा पहिले पनि धेरै कुरा भनिसकेका छौं । आचारसंहितालाई गम्भिरतापूर्वका नलिएमा त्यस्ता दल वा उम्मेदवारलाई जरिवाना वा उम्मेदवारी नै रद्द गर्न हामी बाध्य हुन्छौं । जोर जवरजस्ती गरिएका ठाउँको मतदान रद्द हुनसक्छ ।

प्रश्न: संविधानसभा निर्वाचनका अहिलेका चुनौतिहरु के-के छन् ?

निर्वाचन आयुक्त: सबैको सत्प्रयासबाट निर्वाचनको वातावरण बन्दै गइरहेको बेला केही दिनयता प्रचार प्रसारको क्रममा दलहरुवीच आपसी द्धन्द्ध देखा परेका छन् । एक अर्काको कार्यक्रममा अवरोध पुर्याउने, उम्मेदवारलाई कुटपीट गर्ने, जोर जबरजस्ती गर्ने, अपहरण गर्ने, धाक धम्की दिने जस्ता गतिविधिलाई निर्वाचनको चुनौतिको रुपमा लिन सकिन्छ । तर यो निर्वाचन नियमित किसिमको निर्वाचन होइन । द्धन्द्ध व्यवस्थापन गरी शान्तिप्रकि्रयालाई निरन्तरता दिनु यसको प्रमुख उद्धेश्य हो । दलहरुवीच देखिएका अमझदारी हटाएर सुरक्षा स्थितमा सुधार गर्नु पर्दछ ।

प्रश्न: अहिलेको निर्वाचनमा समानुपातिक र प्रत्यक्ष तर्फको गरी दुईवटा मतपत्र प्रयोग गरिने भएको छ । यसले मतदाता झुक्किदैनन्?

निर्वाचन आयुक्त: मतपत्र मात्रै हैन अहिलेको निर्वाचनको परिस्थिति प्रणाली प्रकि्रया र उद्धेश्यमै फरक छ । तँपाईले भने जस्तै शुरुमा दुई अलग अलग मतपत्रले द्धिविधा सिर्जना गर्छ कि भन्ने हामीलाई पनि लागेको थियो । तर अहिले धेरै मतदाताले दुबै मतपत्रको बारेमा बुझिसक्नु भएको छ ।

प्रश्न: निर्वाचनको नतिजा कहिलेसम्म आउला?

निर्वाचन आयुक्त: देश भरीका सबै नतिजा दुई हप्तामा आई सक्नेछ । पहिले प्रत्यक्ष तर्फको मतगणना हुन्छ अनि समानुपातिकको ।

(आयोगले चैत ७ गते आयोजना गरेको पत्रकार सम्मेलनमा आधारित ।)

-Santa Gaha Magar in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®