Inside

All Time Top 50 News

तमू ल्होछार २०१५ को रौनक: काठ्माण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Thursday, 31 December 2015 00:59

"सबै जाति, भाषा, संस्कार र संस्कृतिको समान विकासले मात्र राष्ट्र बलियो हुने"- प्रधानमन्त्री केपी शर्मा ओली
Exclusive: 4 photos:
काठमाण्डौं- विगत बर्ष झै तमूहरुको महान चाड तमू ल्होछार यस बर्ष पनि तमू (गुरुङ) समुदायले उल्लासपूर्वक विभिन्न कार्यक्रम गरी मनाए । गुरुङ भाषामा 'ल्हो' भनेको 'वर्ग' र 'छार' भनेको 'नयाँ' अर्थात 'सार्ने' भन्ने अर्थ लाग्छ । त्यसैले 'ल्होछार' भनेको 'नयाँ वर्ग' अर्थात 'नयाँ वर्ष' भन्ने हुन्छ । नेपाली पात्रो अनुसार हरेक वर्षको पुस १५ बाट दिन लामो हुँदै जाने र रात छोटो हुँदै जाने भएकाले यो दिनलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । विभिन्न १२ वटा ल्हो अर्थात वर्ग चक्रको आधारमा गुरुङ जातिले उमेर गन्ने चलन छ । सोही वर्ग चक्रको आधारमा यसपटक यो जातिले 'बाँदर' वर्ग 'प्र' ल्होको स्वागत र 'भेडा' वर्ग 'ल्हु' ल्होको विदाई गर्दैछन् ।

Tamu (Gurung) Lhochhar 2015 celebration in Kathmandu on December 30, 2015. Photos by Anand Gurung

प्राचीन कालमा आधुनिक शिक्षा पद्धतिको विकास नभएको अवस्थामा तमू जातिका पुर्खाले उमेर गन्नलाई विभिन्न जनावरको 'ल्हो' चक्रको विकास गरेर यो ल्हो चक्र प्रचलनमा आएको संस्कृतिविदहरू बताउँछन् । १२ बर्षमा एक बर्गचक्र पुरा हुन्छ। १२ ल्होहरु गरुड-गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) बर्ग छन्।

Tamu (Gurung) Lhochhar 2015 celebration in Kathmandu on December 30, 2015. Photos by Anand Gurung

काठमाण्डौंको टुडिखेलमा हरेक वर्ष पुस १३ गतेदेखि विभिन्न ल्होछार कार्यक्रम गरिन्छ । १५ गते विशेष समारोह गरि समापन गरिने कार्यक्रममा १४ गते राति १२ बजे बाँदर वर्गका गुरुङहरूलाई पच्यु, लामा र ध्याब्रीले विशेष पूजाआजा गरि स्याई स्याई गर्ने चलन छ । यस बर्ष पुस १५ गते बिहान राजधानीको बसन्तपुरबाट बृहत सांस्कृतिक झांकी सहितको र्‍याली निस्किएको थियो । बसन्तपुरबाट निस्किएको र्‍याली सहरको विभिन्न भागको परीक्रममा पछि टुडीखेलमा पुगेर सभामा परिर्णत भएको थियो ।

Tamu (Gurung) Lhochhar 2015 celebration in Kathmandu on December 30, 2015. Photos by Anand Gurung

टुडीखेलमा आयोजित मूल समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जाति, भाषा, संस्कार र संस्कृतिको समान विकासले मात्र राष्ट्र बलियो हुने बताए । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो देश सबै जाति र समुदायको भएको भन्दै भावनाहरु भड्कन दिन नहुने बताए । बेलाबेला विभिन्न कोणहरुबाट आम नेपालीको भावना भाँड्ने प्रयत्न भइरहेको भन्दै नेपाली भावना सधै मजबुत राख्नुपर्ने उल्लेख गरे । आम नेपाली एक भएर देश विकासमा लाग्ने हो भने कसैले पनि हेप्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । तमू संस्कृति र भेषभूषामा नेपालको मौलिकता रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको संरक्षण र विकासमा जुट्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले विभिन्न जातजातिको संस्कार र संस्कृति आम नेपालीको पहिचान रहेको भन्दै संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताए । ल्होछार तमूहरुको मात्र चाड नभइ आम नेपालीको चाड रहेको भन्दै प्रधानमान्त्री ओलीले सबै नेपालीहरुलाई ल्होछारको शुभकामना दिए । प्रधानमन्त्री ओलीले सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गरे ।

Tamu (Gurung) Lhochhar 2015 celebration in Kathmandu on December 30, 2015. Photos by Anand Gurung

ल्होछार चाडका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्वसामु नेपालको छुट्टै चिनारी गराएको बताएकिछन् ।  
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुन मगरले पनि गुरुङ समुदायले मान्ने तमू ल्होच्छारको उपलक्ष्यमा देशविदेशमा बस्ने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकाछन् ।

यस्तै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' लगायतले तमू ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकाछन् ।

कार्यक्रममा तमू ल्होछार मूल आयोजक समितिले तमू समुदायमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । एक दशक अघिसम्म गुरुङ जातिले मनाउने ल्होछार चाडलाई २०६३ सालमा सरकारले राष्ट्रिय चाडको मान्यता दिएपछि राष्ट्रिय चाडका रूपमा मनाउन थालिएको छ ।

-Anand Gurung in Kathmandu

Read related news at: http://usnepalonline.com/gurung/

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१४ सम्पन्न, ३ ब्यक्तित्व सम्मानित

(गायकद्वय प्रकाश गुरुङ, ज्योति गुरुङ, फोटोपत्रकार आङकामी शेर्पा सम्मानित)

-तमु (गुरुङ) ल्होछारको आँशिमाला !

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.