Inside

All Time Top 50 News

लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्न माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Haribahadur Saru Magar   
Sunday, 14 February 2010 20:19

पाल्पा -शहिद लखन थापा मगरलाई प्रथम शहिद घोषणाको माग गर्दै तानसेनको शित्तलपाटीमा मगर जातीका संघसंस्था एबं संगठनहरुले दिप प्रज्वलन गरेका छन् ।


 

133rd Lakhan Thapa Magar day celebration in Palpa. Photo: Hari


१३३ औ लखन स्मृति दिवस पारेर नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष रेखीराम रानामगर दिपप्रज्वलन गर्नुभयो । दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यले नेपालका प्रथम शहिद लखन थापालाई प्रथम शहिद घोषणा बास्तबिक शहिदको सम्मान गर्न नसकेमा दुख ब्यक्त गर्नुभयो । रानामगरले राज्यले लखन थापामगर परिबर्तनको बाटो देखाउने मार्गदर्शक भएपनि शहिदको उपयुक्त स्थान दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा लखन थापालाई प्रथम शहिद घोषणा गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । उनीहरुले शहिद लखन थापामगरलाई प्रथम शहिद घोषणा गर सम्पूर्ण शहिदहरुलाई उचित सम्मान गर बास्तबिक शहिदहरुको पहिचान गर, फागनु २ गतेलाई प्रथम शहिद लखन स्मृति दिवस घोषणा गरी सर्बाजनिक बिदाको ब्यबस्था गर, शहिद गेटमा प्रथम शहिदको प्रतिमा स्थापना गर जस्ता नाराहरु लगाएका थिए । नेपाल मगर संघ पाल्पा, नेपाल मगर बिद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल युबा संघ लगायतका मगर संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

यसैबिच, १३३ औ मगर स्मृति दिवसको सन्दर्भमा नेपाल मगर संघ पाल्पा, मगर बिद्यार्थी संघ, नेपाल आदिबासी बिद्यार्थी महासंघ, नेपाल मगर महिला संघ पाल्पाले प्रेश बिज्ञप्ति निकाली शहिद लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्न र सोहि अनुसार सम्मान गर्न सरकारसंग माग गरेको छ । नेपाल मगर संघ र आदिवासी जनजातिहरुले निरन्तर दवाव दिएपछि थापा मगरलाई २०५६ सालमा शहिद भनेर घोषणा त गर्यो तर प्रथम शहिद भनेर घोषणा गर्न नसक्नु राज्यको लाचारीपन र हेलचेक्रयाई भएको कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

-Haribahadur Saru Magar in Palpa

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.