Inside

All Time Top 50 News

इराक युद्धको अन्त भएको राष्ट्रपति ओबामाद्वारा घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 01 September 2010 00:13

बिशेष टिप्पणी: न्यू योर्क- सन् २००३ को मार्च २० मा तत्कालिन रिपब्लिकन पार्टीका अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशले शुरु गरेको इराक युद्ध मंगलबार बेलुकी (अगस्ट ३१) अर्थात ७ बर्ष ४ महिना ११ औं दिन डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामाले अन्त गरिएको घोषणा गरेकाछन्।

President Barack Obama. Photo from the WhiteHouse.gov video on Iraq War.

राष्ट्रपती ओबामाको इराक युद्धको घोषणासंगै युद्ध नचाहने अमेरिकि र युद्धको औचित्यता औँल्याइ रहने अमेरिकि बिच अर्को ध्रुबिकरण शुरु हुने पक्का भएको छ भने विश्वले चाँही युद्धभिमुख अमेरिकाको नयाँ अबतारबाट राहतको सास फेर्नेछन्।

राष्ट्रपती ओबामाको बक्तब्यको पूर्ण विवरण पढ्नुहोस्

युद्धको मुल्य चुकाउँदा

अमेरिकि संसदीय अनुसन्धान सर्भिस कमिटीकै अनुमानअनुसार पनि २ बिलियन अमेरिकि डलर (१४७ अर्ब रुपैयाँ) प्रति हप्ता खर्च हुँदै आएको इराक युद्ध साँच्ची नै अमेरिकाकालागि निल्नु न ओकल्नु जस्तो भएको थियो। यस हिसाबले पनि इराक युद्धमा कूल ७०० बिलियन अमेरिकि डलरभन्दा बेशी खर्च भईसकेको छ।

उसमाथि ७ बर्षको दौरान ४ हजार ४ सयभन्दाबेशी अमेरिकि सेनाहरुको मृत्‍यु, त्यो पनि फगत बिरानो मुलुकको स्वतन्त्रताको खातिर भन्दै हुन पुग्नु युद्धको बर्खिलापमा रहेका अधिकाँस अमेरिकि जनताकोलागि असह्य पिडाको ब्यथा त छँदै थियो।

उसो त राष्ट्रपती ओबामाले चुनाव जिते कै परिबर्तन र इराक युद्धको बिरुद्धको मोर्चाबन्दीमा उभिएरै हो। तर रिपब्लिक राष्ट्रपती बुशबाट बिरासतमा पाएको इराक युद्धको युद्ध बिरामको मिती तोक्नु र शान्ती र सुरक्षाको मामलामा असरल्ल परेको इराकी भूमि चट्ट छोड्नु मिल्ने कुरो थिएन। अझै पनि राष्ट्रपती ओबामाले अहिले घोषणा मात्र गरेका हुन्- अझै ४९ हजार ७०० अमेरिकि फौज सन् २०११ को अन्तसम्म रहने बताइएको छ।

झन्डै १५ लाख सेना रहेको अमेरिका अन्तत: सेनाको बाहु बलमा युद्ध जित्न सकिन्न भन्ने निस्कर्शमा पुग्नु तेश्रो विश्वकोलागि खुशीको कुरो हो। राष्ट्रपती ओबामा युद्ध बिरामको घोषणा गरेर निश्चय नै धन्यवादको पात्र बनेकाछन्।

नेपाली शासकहरुलाई शिक्षा

उता नेपालका शासकहरुले पनि शैन्य शक्तिमा नम्बर एक राष्ट्र अमेरिकाको युद्ध अनुभबबाट पाठ सिकेर शक्तीको भरमा जनताको मन जित्न सकिन्न भन्ने बुझे देखिन् शान्तीको बाटो खुल्न किन्चित समय लाग्ने थिएन।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read related news:

-Texting for Peace: Can It Be That Easy?

-Remembering Hiroshima with Peace in Our Hearts

-The Fate of the World’s 49 Poorest Countries

-Iraq: Where America Won the War but Lost the Battle

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.