Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narbada Chhetri   
Monday, 29 June 2009 15:16
न्यू योर्क- स्वास्थ्य नै धन हो भनिन्छ तर न्यू योर्कमा कोही बेला धन नै स्वास्थ्य बन्छ कारण जीवन जिउने धुन र धन कमाउने सुरमा झिना मसिना रोगहरू ख्यालनगरी लगातार काममा लागी रहनु पर्छ।

Nepalese women at Adhikaar's free health fair. Photos courtesy: Adhikaar

गत बर्षहरुमा जस्तै यसपाली पनि 'अधिकार' संस्थाको आयोजनामा ईटालियन क्यानसर सोसाइटीको सहयोगमा जुन २१ मा न्यू योर्क शहरको ज्याकसन ह्याइट, कुइन्सको ७६ इसट्रिट, ३७ एभिन्युमा अवस्थित डिभसिर्टी सेन्टरमा पायक पारेर ३० जना महिलाहरुलाई 'मेमोग्राफी' स्वास्थ्य परीक्षण सेवा सम्पन्न गराईयो।
हामी नेपालीको बानी के रहेको पाइयो भने जब शरीर चल्न नै नस्कने भएपछि मात्र औषधी र अस्पतालको खोजी गर्छौ। त्यहीमाथी अमेरीकामा स्वास्थ्य बीमा भएन भने सर्बस्व हरण हुन बेर लाग्दैन । नेपाल जस्तो, भारत जस्तो गोजीमा रुपियाँ भएपछि झन्झट सखाप हुने होईन । त्यसैले महिला, पुरुष दुवैले समय समयमा स्वास्थ्य जाँच गराउन जरुरी छ। छाती क्यान्सर, पाठेघर क्यान्सर लगायत महिला स्वास्थ्यको जाँच गराउन जरुरी छ। तर जचाउन बिदा लिनु पर्छ, भाषाको कारणले जचाउन जान हिचकिचाउनु पर्ने स्थिती कति नेपाली महिला दिदी बहिनीहरुले भोग्नु परेको स्थिती अर्को छैदैछ।
Lamu Sherpa with Adhikaar volunteer. Photos courtesy: Adhikaar
यस्तो समस्या झेल्दा झेल्दै कि आफ्नो छाती काटेर फाल्नु पर्ने की क्यान्सर लिएर बाँच्नु पर्ने स्थिती हुन्छ। हालसालै एक जना नेपाली महिलाको एउटा स्तन काटेर फाल्नु परेको घटनाबाट सबैले शिक्षा लिनु पर्‍यो। ४० बर्ष नाघेका दिदीबहिनीहरुले बर्षको एकपल्ट मेमोग्राम गराएमा मात्र पनि रोग फैलिनबाट समयमै बचावत लिन सकिन्छ। दिदीबहिनीहरु आफैले आफ्नो छाती जाँच्न पनि सिक्नु पर्छ। छातीमा छाम्दा स्तनमा गिर्खा भेटाएमा सम्बन्धित क्षेत्रमा तुरन्तै सम्पर्क गर्नुपर्छ।
Breast Cancer awareness. Photo courtesy: pinkyhealth.org
यी सबै कुराको चेतना, जानकारी र परीक्षण गराउन अधिकारले गरेको उक्त कार्यक्रमबाट थुप्रै नेपाली दिदी बहिनीहरु लाभान्बित भएको पाउँदा मलाई र अधिकार परिवारलाई अत्यन्तै खुशीको अनुभब भईरहेको छ।
-Narbada Chhetri in New York
(Editor’s note: नर्बदा छेत्री  "अधिकार" सस्था कि कम्युनिटी अर्गनाइजर हुन्। नेपालमा छदा समाजसेवा र मानव अधिकारका लागि आफुलाई समर्पित गरेकी छेत्री अमेरिकामा पनि चेपुवामा परेका दिदीबहिनी र कामदारहरुका लागि लड्दै आएकिछिन्।)
Read our related news:

'अधिकार'को बारेमा अरु खबर पढ्नुहोस्:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.