Inside

All Time Top 50 News

न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 31 August 2010 18:59
Article Index
न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर
Photos of Bill signing celebration
All Pages

न्यू योर्क पहिलो राज्य बन्यो जहाँका २ लाखभन्दा बेशी घरेलु कामदारहरु अब कानूनद्वारा सुरक्षित हुने
Exclusive: 3 videos & audio, 34 photos:
न्यू योर्क- अमेरिकामा मात्र नभै संभबत: विश्व मै पहिलो चोटि घरेलु कामदार (Domestic Workers) हरुको हक अधिकार सम्बन्धी कानून न्यू योर्क राज्यको संयुक्त सदनद्वारा गत जुलाई १ तारिख पारित गरेको बिधेयकमा मंगलबार बिहान न्यू योर्क राज्यका गभर्नर डेभिड प्याटरसनले सहिछाप गरेपछि न्यू योर्कका झन्डै २ लाख संख्यामा रहेका घरेलु कामदारहरु अब भने काममा हुने अनेकन अन्याय, घरेलु हिंसा र असुरक्षित नोकरीबाट मुक्ती र कानूनी संरक्षण पाउने भएका छन् ।



New York State Governer David Paterson signing the bill of Domestic Workers Bill of Rights in Manhattan, New York on August 31, 2010. Photos: eEyeCam.com

गभर्नर प्याटरसनले घरेलु कामदार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights) एक बिशेष समारोहबिच न्यू योर्कको म्यान्हट्टन शहरस्थित डोयर कल्चरल सेन्टरमा जम्मा भएका २०० बेशी घरेलु कामदार र उनिहरुका प्रतिनिधिहरुको उपस्थिती र तालीको गडगडाहटबिच अगस्ट ३१ तारिख बिहान ११ बजे हस्ताक्षर गरेर न्यू योर्क राज्यको संयुक्त सदनद्वारा गत जुलाई १ तारिख पारित गरेको बिधेयकलाई बैधानिकता प्रदान गर्नु भएको हो। गभर्नरले सही गरेपछि ९० दिन पछि बिधेयक राज्यको कानून बन्ने प्राबधान छ।


गभर्नर प्याटर्सनका आँखा निक्कै कम्जोर छन् त्यसैले उनले सहि गर्दा निहुरिएर हेर्नु परेको हो। New York State Governer Paterson signing the bill of Domestic Workers Bill of Rights in Manhattan, New York on August 31, 2010. Photos: eEyeCam.com

बिधेयक किन एतिहासिक?

अन्तरराष्ट्रिय श्रम संगठन (ILO) लेसमेत आगामी जून २०११ मामात्र घरेलु कामदार सम्बन्धी कान्भेन्सन गर्ने भएको सन्दर्भमा न्यू योर्क राज्यको उपलब्धी एतिहासिक मानिएको छ।



बिधेयकमा के के ब्यबस्था छ?

यो बिधेयकले हप्तामा १ दिन अनिबार्य बिदा, ओभर टाइममा अतिरिक्त तलब, बर्षमा ३ दिन तलबी बिदाकासाथै काम लगाउने मालिकबाट सेक्सुअल र जातीय बिभेद गर्नबाट कामदारहरुलाई जोगाउँछ। घरेलु कामदार अन्तर्गत नानी हेर्ने धराले (Nanny, Babysitter), घरमा सर सफाइलगायतका काम गर्ने कामदारहरु पर्दछन्।

उक्त बिधेयकमा सही गर्नु अघी आफ्नो मन्तब्य राख्दै गभर्नर प्याटर्सनले घरेलु कामदारहरु समाजको धरोहर र समाजलाई चलाई राख्ने महत्वपूर्ण अंग र समाजको सफलताको कडि भएको उल्लेख गर्नु भयो:

"They are the structure and function of our society. They have been the skeleton and underpinning of our success. They are the wind beneath our wings."


Gov. Paterson handing over the signed bill to Senator Diane J. Savino, the sponsor of the bill. Photos: eEyeCam.com

उक्त बिधेयक हस्ताक्षर समारोहको पूर्ण अडियो रेकर्ड सुन्नुहोस्:

Senator Diane J. Savino (D-Brooklyn/Staten Island) who sponsored the bill. Photos: eEyeCam.com

समारोहमा उक्त बिधेयकमा प्रस्ताबकद्वय न्यू योर्क राज्यकि सिनेटर डायन साबिनो र एसेम्बलिम्यान किथ राइट्स, घरेलु कामदारहरुको हक अधिकारकालागि बिगत ६ बर्षदेखी लड्दै आएको संस्था Domestic Workers United (DWU) कि कार्यकारी निर्देशक प्रिस्सिला गोन्जालेजलगायतले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।


Assemblyman Keith L. T. Wright who sponsored another bill for the New York Assembly. Photos: eEyeCam.com

Domestic Workers Bill of Rights signing by Gov. David Paterson on August 31, 2010:

उक्त बिधेयक हस्ताक्षर समारोहको भिडियो रेकर्ड हेर्नुहोस्:

Domestic Workers Bill of Rights signing celebration August 31, 2010:

उक्त बिधेयक हस्ताक्षर समारोह अघी र पछि घरलु कामदारहरुका प्रतिनिधिहरुले मनाएको खुशीयाली र बिशेष भिडियो भेट्वार्ता:

 


DWU Executive Director Priscilla Gonzalez. Photos: eEyeCam.com

बिधेयक हस्ताक्षर समारोह अघी गभर्नर प्याटर्सन १२२ स्ट्रिटस्थित Frederick Douglas Blvd र St. Nicholas Ave बिचमा रहेको चौकमा स्थापना गरिएको ह्यारीएट तबम्यान मुर्ती (Harriet Tubman Memorial Sculpture) अघिल्तिर घरेलु कामदारहरुका प्रतिनिधिहरुसंग बिशेष फोटो सेसनकोलागि जानु भएको थियो।


Domestic workers & activists with Gov.Paterson, Senator Savino & Assemblyman Wright in front of the statue of Harriet Tubman in Mahattan, New York. Photos: eEyeCam.com

ह्यारीएट तबम्यान (1820-1913) अमेरिकामा दासदासी प्रथा हटाउने अभियान र स्वतन्त्रता  आन्दोलनकि अगुवा काला जातिकि महिला नेत्री थिइन्।

बिधेयक कसरी पास भयो?

गत जून १ तारिख पास भएको बिधेयक संयुक्त बैठकमा सिनेटका डेमोक्रेटिक पार्टीका पुरै ३२ सिनेटरहरु र ३ जना रिपब्लिकन सिनेटरहरुले बिधेयकको पक्षमा मत हालेका थिए भने एसेम्बलीमा ९० भोट्को बिरुद्ध ३८ भोट् खसेको थियो।

न्यू योर्कको सिनेटमा ६२ जना सदस्यहरु र एसेम्ब्लीमा १५० जना सदस्यहरुको ब्यबस्था छ।

यस अघी राज्यका झन्डै दुई लाख घरेलु कामदारहरुको अधिकार सुनिस्चित गर्ने उक्त एतिहासिक बिधेयक गत जुन १ तारिख सिनेटका ६२ जना सिनेटरहरु मध्ये ३२ डेमोक्रेटिक सिनेटर र डिस्ट्रिक्ट-११ कुइन्सका रिपब्लिकन सिनेटर फ्राङ्क पानाभन गरी ३३ जना सिनेटरहरुले उक्त बिधेयकको पक्षमा भोट हाली बिधेयक पास भएको थियो भने २८ जना रिपब्लिकन सिनेटरहरुले बिधेयकको बिरुद्धमा मतदान गरेका थिए।

ब्रुक्लिन र स्टेटन आइल्यान्ड क्षेत्रको डिस्ट्रिक्ट-२३ प्रतिनिधित्व गर्ने सिनेटर डायन जे. साबिनोद्वारा प्रस्तुत गरिएको उक्त बिधेयक (S2311D/Savino) पारित भएपछि न्यू योर्क राज्य यस्तो बिधेयक पारित गर्ने पहिलो राज्य बन्न पुगेको थियो।

यस अघी गत बर्षको जुन २२ मा राज्यको १५० जना सदस्य रहेको एसेम्बलीले डिस्ट्रिक्ट-७० (म्यान्हट्टन) का डेमोक्रेटिक एसेम्बलिम्यान किथ एल टि राइटद्वारा प्रस्तुत अर्को घरेलु कामदार सम्बन्धी बिधेयक (A.1470-A/Wright) पास गरेको थियो।

सन् १९३८ मा पारित Fair Labor Standards Act नामक संघिय बिधेयकले बिभिन्न ब्याबसायिक र औधोगिक क्षेत्रमा काम गर्ने कामदारहरुको अधिकार र न्युनतम ज्याला निर्धारण गरेपनि घरेलु कामदारहरु (Domestic workers) लाई उक्त कानुनको दायाराभित्र समेटिएको थिएन। हाल न्यूनतम संघिय ज्याला ७ डलर २५ सेन्टप्रति घण्टा कायम छ।

सडकदेखी सदनसम्मको आन्दोलनको अगुवा र सारथी को को हुन्?


National Domestic Workers Alliance (NDWA) Executive Director Ai-jen Poo. Photos: eEyeCam.com

यो बिधेयक संयुक्त सदनबाट पारित गराउन बिगत ६ बर्षदेखी घरेलु कामदारहरुको हक, अधिकार सुनिस्चितताकालागि लडी रहेको मुख्य संस्था Domestic Workers United (DWU) हो। यसका सहयात्रिहरुमा न्यू योर्कको कुइन्सस्थित नेपाली संस्था "अधिकार" (Adhikaar), ANDOLAN (Organizing South Asian Workers), BEYOND CARE CHILDCARE COOPERATIVE, CIDADAO GLOBAL, DAMAYAN MIGRANT WORKERS ASSOCIATION, EL Centro del Inmigrante, Haitian Women for Haitian Refugees, Unity House Cleaners, Jewis for Racial & Economic Justice लगायतका छन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:


न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

Photos of Bill signing celebration All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.