Inside

All Time Top 50 News

न्यू योर्क राज्यको संयुक्त सदनद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 02 July 2010 00:26

Updated- 4 photos: Exclusive: न्यू योर्क- न्यू योर्क राज्यको संयुक्त सदनद्वारा बिहीवार घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक Domestic Workers Bill of Rights पारित गरिएको छ।

 

After the historic victory: Members of Domestic Workers United (DWU) and Adhikaar with Senator Diane J. Savino who sponsored the Domestic Workers Bill of Rights. Photos courtesy: Narbada Chhetri

यो अमेरिकामा र सम्भबत: विश्व मै पहिलो कानुन हो जसद्वारा घरेलु कामदारहरु जो नानी हेर्ने धराले, घरमा बिभिन्न काम गर्ने कामदारहरुले पनि कानुनी रुपमा बिदा र सरसुबिधा प्राप्त गर्न सफल हुनेछन् भने यस कानुनकोकारण घरेलु हिंसा कम हुने छ।

संयुक्त बैठकमा सिनेटका डेमोक्रेटिक पार्टीका पुरै ३२ सिनेटरहरु र ३ जना रिपब्लिकन सिनेटरहरुले बिधेयकको पक्षमा मत हालेका थिए भने एसेम्बलीमा ९० भोट्को बिरुद्ध ३८ भोट् खसेको थियो।

न्यू योर्कको सिनेटमा ६२ जना सदस्यहरु र एसेम्ब्लीमा १५० जना सदस्यहरुको ब्यबस्था छ।

यस अघी राज्यका झन्डै दुई लाख घरेलु कामदारहरुको अधिकार सुनिस्चित गर्ने उक्त एतिहासिक बिधेयक गत जुन १ तारिख सिनेटका ६२ जना सिनेटरहरु मध्ये ३२ डेमोक्रेटिक सिनेटर र डिस्ट्रिक्ट-११ कुइन्सका रिपब्लिकन सिनेटर फ्राङ्क पानाभन गरी ३३ जना सिनेटरहरुले उक्त बिधेयकको पक्षमा भोट हाली बिधेयक पास भएको थियो भने २८ जना रिपब्लिकन सिनेटरहरुले बिधेयकको बिरुद्धमा मतदान गरेका थिए।

ब्रुक्लिन र स्टेटन आइल्यान्ड क्षेत्रको डिस्ट्रिक्ट-२३ प्रतिनिधित्व गर्ने सिनेटर डायन जे. साबिनोद्वारा प्रस्तुत गरिएको उक्त बिधेयक (S2311D/Savino) पारित भएपछि न्यू योर्क राज्य यस्तो बिधेयक पारित गर्ने पहिलो राज्य बन्न पुगेको थियो।


Senator Diane J. Savino (D-Brooklyn/Staten Island) with Adhikaar's Narbada Chhetri.

उता यस अघी गत बर्षको जुन २२ मा राज्यको १५० जना सदस्य रहेको एसेम्बलीले डिस्ट्रिक्ट-७० (म्यान्हट्टन) का डेमोक्रेटिक एसेम्बलिम्यान किथ एल टि राइटद्वारा प्रस्तुत अर्को घरेलु कामदार सम्बन्धी बिधेयक (A.1470-A/Wright) पास गरेको थियो।


Assemblyman Keith L. T. Wright with Patricia Francos of DWU. Photos courtesy: Narbada Chhetri

अब राज्यका दुइटै सदनको संयुक्त बैठकद्वारा पारित बिधेयक न्यू योर्क राज्यका गभर्नरले बिधेयकमा स्विक्रिती र सही गरेपछि राज्यको कानुन बन्नेछ।

यो बिधेयकमा घरेलु कामदारहरुकालागि वार्षिक ३ दिन तलबी बिदाकासाथै हप्ताको ४० घण्टा कामको समय (घरमै बस्नेले चाँही ४४ घण्टा काम गर्नु पर्ने) स्वास्थ्य र असक्त बिमाको ब्यबस्था, काम लगाउनेले असमान व्यबहार (discrimination) गर्न नपाउने आदी ब्यबस्था गरिएको छ।

सन् १९३८ मा पारित Fair Labor Standards Act नामक संघिय बिधेयकले बिभिन्न ब्याबसायिक र औधोगिक क्षेत्रमा काम गर्ने कामदारहरुको अधिकार र न्युनतम ज्याला निर्धारण गरेपनि घरेलु कामदारहरु (Domestic workers) लाई उक्त कानुनको दायाराभित्र समेटिएको थिएन। हाल न्यूनतम संघिय ज्याला ७ डलर २५ सेन्टप्रति घण्टा कायम छ।


Photos courtesy: Narbada Chhetri

यो बिधेयक संयुक्त सदनबाट पारित गराउन बिगत ६ बर्षदेखी घरेलु कामदारहरुको हक, अधिकार सुनिस्चितताकालागि लडी रहेको संस्था डोमेस्टिक ओर्कर्स युनाइटेड (DWU) लागि परेको थियो भने न्यू योर्कको कुइन्सस्थित नेपाली संस्था "अधिकार" ले होस्टेमा हैसे गर्दै आएको थियो।

Domestic Workers United (DWU) कि पूर्व कार्यकारी निर्देसक आइ जन पो र बर्तमान निर्देसक प्रिस्सिला गोन्जालेज लगायत दर्जनौ महिला अगुवाहरुको घरेलु कामदारहरुको यो बिजयको पछाडि ठुलो योगदान रहेको छ।

उता अधिकारकि कम्युनिटी अर्गनाइजर तथा मानब अधिकारकर्मी नर्बदा छेत्रीले उक्त बिधेयक संयुक्त सदनबाट पारित हुँदाको क्षणलाई आफ्नो जीवनको अबिस्मरणीय खुशीको क्षण भएको बताउँदै न्यू योर्क शहरदेखी राज्यको राजधानी अल्बानीसम्मको संघर्सको यात्रामा साथ दिने सम्पूर्ण नेपाली दिदिबहिनी र दाजुभाइहरुलाई युएस नेपाल अन्लाइनमार्फत धन्यवाद ब्यक्त गरिन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.