Inside

All Time Top 50 News

३०,००० भूटानी शरणार्थीहरु अमेरिकामा पुनस्थार्पित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Embassy of the United States in Kathmandu   
Wednesday, 01 September 2010 18:32

काठमाडौं- "यो हप्ता नेपालबाट अमेरिका प्रस्थान गर्ने भूटानी शरणार्थीहरुको संख्या ३०,००० पुग्ने छ ।"

यसकासाथै कुनै पनि देशमा पुनस्थार्पित हुने भूटानी शरणार्थीहरुको संख्या ३५,००० पुग्ने छ । यी दुई महत्वपूर्ण घटनाहरु विश्वभरि विभिन्न राष्ट्रहरुमा वृहत स्तरमा भइरहेको भूटानी शरणार्थीहरुको पुनर्वास प्रकि्रयाको नतिजा हो । 'हाम्रा साझेदारहरुसँग मिलेर हामीले यी व्यक्तिहरुका दुर्भाग्यपूर्ण तथा प्रायः दुःखदायी अवस्थालाई आशापूर्ण अवस्थामा परिणत गर्न सहयोग पुर्याउन पाएकोमा हामी सन्तुष्ट छौं । हामी अमेरिकाका सबैभन्दा नयाँ देशवासीहरुलाई खुला मनले स्वागत गर्दछौं' नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डिलिसीले भन्नुभयो ।

संयुक्त राज्यले युएन्एच्सीआर आइओएम र केन्द्रीय समूहका अन्य सदस्यहरु अष्ट्रेलिया क्यानाडा नेदरल्याण्ड्स डेनमार्क नर्वे न्युजील्याण्ड र बेलायतको सहकार्यमा सन् २००८ को शुरुदेखि भूटानी शरणार्थीहरुको पुनस्र्थापन प्रकि्रया शुरु गरको हो ।

संयुक्त राज्यले प्रत्येक वर्ष विश्वभरिबाट करिब ७५,००० शरणार्थीहरुलाई आवास प्रदान गर्दछ । भूटानी पुनस्र्थापना कार्यक्रम हाल अमेरिकाको तेस्रो ठूलो पुनस्र्थापना कार्य हो । भूटानी शरणार्थीहरु ५० वटै राज्यहरुमा पुनस्र्थापित गरिएका छन् र उनीहरुले अमेरिकी संघीय तथा राज्यस्तरिय सरकारका साथसाथै गैरसरकारी संस्थाहरुको सहयोग प्राप्त गर्दछन् ।

युएनएच्सीआरले सिफारिश गरेका र शरणार्थी ग्रहणसम्बन्धी अमेरिकी कानूनका आवश्यकताहरु पूरा गर्ने नेपालभित्र रहेका जति पनि भूटानी शरणार्थीहरुलाई अमेरिकाले स्वीकार्ने प्रतिबद्धता लिएको छ । यस्तो उल्लेखनीय कार्य हासिल भइसकेको अवस्थामा पनि अझै ७५,००० भूटानी शरणार्थीहरु दक्षिणपूर्वी नेपालमा अवस्थित शिविरहरुमा बाँकी नै छन् । अमेरिकाले भूटान सरकारलाई स्वदेश फर्कन चाहने योग्य व्यक्तिहरुलाई अनुमति प्रदान गर्नु भनी निरन्तर रुपमा आग्रह गर्दै आएको छ र नेपालमा रहेका सम्पूर्ण भूटानी शरणार्थीहरुका लागि स्थायी समाधानको अर्को एउटा महत्वपूर्ण अङ्गको रुपमा पनि यसलाई अगाडि बढाउँदै लैजाने छ ।

अमेरिकी राजदूतावास
पब्लिक अफेयस्र कार्यालय
काठमाडौं नेपाल
फोन: ४००-७२००
२०६७ भदौ १६

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.