New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते
थपिएको म्याद १ बर्षमा गुज्रेको दिन:
indo_nepal_travel_inc001

Support Your 501(c)3 Media

Inside

नेपालमा विश्व रक्तदाता दिवस मनाउने तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 06 June 2010 23:06

काठमाडौं- ब्लड डोर्नस एसोसिएसन अफ नेपालले आगामी साता विश्व रक्तदाता दिवस मनाउने भएको छ । जुन १४ का दिन मनाइने सो दिवस सो एसोसिएसनले विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो ।

जेठ २४ अर्थात् जुन ७ मा जनचेतना र्याली, जेठ २५ गते साईकल र्याली, २६ गते चित्रकला प्रतियोगिता, २७ गतॆ बक्तृत्वकला प्रतियोगिता, २८ गते ईन्टरनेट रक्तदान प्रविधिको महत्वको विषयमा अन्र्तकि्रया, २९ गते दुर्लभ आरएच ब्लड ग्रुप भएकाहरु र कलाकारहरुबीच भेटघाट र रक्तदान कार्यक्रम गर्ने र अन्तिम दिन अर्थात् जेठ ३१ गते समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिने छ ।

रक्तदाता र रक्तदान कार्यक्रम आयोजना गर्ने ब्यक्ति र संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले गठित सो एसोसिएसनको सकि्रयताकै कारण नेपालमा हालसम्म रगतको आपुर्ति हुँदै आएको छ ।

एसोसिएसनले विश्वकप फुटवल प्रतियोगिताको बेला मानिसहरु राति अवेरसम्म जागा रहने र दिउसो सुत्ने भएकोले यो अवधिमा रगतको अभाव हुन सक्ने अवस्था आउने जानकारी दिँदै सबैमा रक्तदानको लागि आव्हानसमेत गरेको छ । नेपालमा हाल २०० देखि ३०० यूनिटसम्म होल ब्लड र ५० देखि ६० यूनिटसम्म् रक्ततत्व आवश्यक पर्ने गरेकोमा सबै प्रायः रक्तदान मार्फत् पूर्ति हुने गरेको छ ।

एसोसिएसनले रक्तदान प्रतिको जनचेतना बढाउँदै यसलाई देशब्यापी बनाउन आवश्यक जानकारी समेटिएको बेबसाईट समेत सचालनमा ल्याएको छ । रक्तदान सम्बन्धी जानकारी एसोसिएसनले सन्चालन गरेको www.bloodmembers.com मार्फत पाउन सकिने छ । सो संस्थाले माध्यमिक र उच्चमाविमा क्लब २५ गठन गरेर बर्षको कम्तिमा दुई पटक रक्तदान गर्न चेतना अभिबृद्धि गर्ने, एसएमएसमार्फत अभियान संचालन गर्ने कार्यक्रम पनि संचालन गर्दै छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Security Captcha typing instruction:

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links: Top 100

Who's Online

We have 67 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?