Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल


























































































































भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे हाम्रो बोल-

मातृभाषासंगैको यात्रा-

' यहाँ छु किनकि यहाँ हुन चाहन्छु'
बहुभाषिक
शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न

दिन : सोमबार फब्रुअरी २००८

काठमाडौंबाट २ः४० मा उडेको शहारा जेट प्लेन एक घण्टा २० मिनटपछि डिल्लीमा आइपुग्यो। यस प्लेनमा डा. लभदेव अवस्थी, डा. डेभिड हफ, डा. टोभे स्कानुब-काङगास, रामबहादुर थापामगर, इना नुरमेला गरी जना थियौं। डिल्लीको अन्तर्राष्ट्रिय इन्द्रगान्धी एअरपोर्टमा जवाहरलाल विश्वविद्यालय, जाकिरहुसेन शिक्षा केन्द्रका विद्यार्थीहरूले बुकी सहित स्वागत गरेका थिए। यसपछि ती विद्यार्थीहरूले हाम्रो वसाइको लागि कुताब होटल चिन्तन होटलमा व्यवस्था मिल्याएका रहेछन्, हामीलाई ती स्थानमा पुर्याएका थिए। डा. अवस्थी, रामबहादुर मलाई चिन्तन होटलमा पुर्याए। यी स्थान लगभग एक घंटाको कार दूरामा रहेछन्। हामी नयाँ डिल्लीमा हुने चार दिने बहुभाषिक शिक्षा अधिवेशनमा भाग लिनका लागि आएका हौं। व्यवस्था राम्रो थियो।

दिन २: मंगलबार फेब्रुअरी २००८

होटलमा विहानको खाजा खाएर ८:०० तिर कुटुब होटलतिर लाग्यौं। भारतको नयाँदिल्लीमा आजदेखि चार दिने बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य सम्भावनाहरू (Multilingual Education: Challenges, Perspectives and Opportunities) बारे अन्तर्राष्ट्रिय अधिवेशन प्रारम्भ भयो। उद्घाटन सत्रमा सुप्रशिद्ध शिक्षाशास्त्री पटनायकले मातृभाषामा आफ्नो लामो धारणा राख्नु भयो। यसपछिको सत्रमा भारतका प्राध्यापक अजितकुमार मोहन्तीले बहुभाषिक शिक्षा: धेरै टाडोको पुल हो र? न्युजिल्याण्डका डा. टोभे स्कुटनाब-काङगासले आफ्नो किनोट भाषणमा बहुभाषिक शिक्षा विश्व चुनौति: मुद्दा, पद्धति सम्भावनाहरू शिर्षकमा आफ्नो धारणा राख्नु भयो।

यसपछि निम्न विषय शिर्षकमा तीन वटा सत्र सम्पन्न भयो।

Session I: MLE in Diverse Settings: International Experiences (I)

§  Designing effective schooling in multilingual contexts : The strengths and limitations of bilingual 'models' - Carol Benson

§  Children's translanguaging in bilingual communities and schools: Theoretical Understandings for Application, to the Indian case - Ofelia Garcia

Session II: MLE Ideology and Practice: Issues & Insights (I)

§  MLE in Practice: the Indian Experience - Andhra Pradesh Team

§  MLE in Making: The Indian Experience - Mahendra Mishra, Odissa

Session III: MLE Ideology and Practice: Issues & Insights (II)

§  MLE in Nepal: Plan & Prospects - David Hough & Nepal Team

§  Putting MLE in Track: The experience in Bangladesh - Terry Durnnian

सत्र सञ्चालनको स्वरूप परम्परागत नै थियो। एक जनाले सत्रको अध्यक्षता गर्ने, कार्यपत्रहरू प्रस्तुत गर्ने अन्तमा सहभागीहरूले प्रस्तुत कार्यपत्रहरू माथि बहस गर्ने। आजका कार्यपत्रहरू निकै राम्रा थिए। नेपाल, भारत, बाङ्लादेशले आआफ्ना अनुभव प्रस्तुत गरेका थिए। बेलुकी खानपिनपछि होटल फर्केका थियौं। आज पहिलो दिन थियो। विहान नाम लेख्नेक्रममा आयोजकले सहभागीहरूलाई कलात्मक झोला, कार्यतालिका पुस्तिका कार्यक्रमका सिडि आदि उपलब्ध गराएको थियो। उद्घाटनसत्रमा बहुभाषिक शिक्षाको सम्वन्धमा भारतीय विद्वानहरूद्वारा व्यक्त विचारहरू निकै गहन थिए भने सहभागीहरूले अन्तर्राष्ट्रिय तथा भारतीय अनुभव निकै महत्वपूर्ण रह्यो भयो टिप्पणी गरेका थिए। 

दिन ३: वुधबार