Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे: हाम्रो बोल-18

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

अन्तर्राष्ट्रिय भाषा वर्ष 2008:
'Languages matter' अर्थात् 'भाषाहरू महत्वपूर्ण हुन्छन्'
- अमृत योन्जन-तामाङ

'शैक्षिक गुणस्तर उकास्न तथा संकटमा परेका संसारका कैयौं भाषाहरूको संरक्षण गर्ने मुख्य माध्यम मातृभाषामा शिक्षा नै हो।' - सेल्डर सेफर, निर्देशक, शिक्षाका लागि युनेस्को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरो

भाषाको आधारमा भेदभाव गर्न नपाइने गरी मानव अधिकारको अन्तर्राष्टिय घोषणापत्र (१९४८) लागु भएको हो र नेपालका मातृभाषी समुदाय र संघ-संस्थाहरूले सोही समयदेखि नै विषेशगरी प्रजातन्त्रको स्थापना पश्चात् अर्थात् २००७ सालदेखि मातृभाषाको संरक्षण र सर्म्वर्द्धनका लागि आवाज बुलन्द पार्दै आएका हुन्। तर सोही समयदेखि नेपालको संविधान (२००४, २००७, २०१५, २०१९, २०४६) ले भाषाको आधारमा विभेद गरी रहयो, २०६३ सालको संविधानले मात्र यो विभेदलाई हटाएको छ।

यसै गरी नेपाल स्थित विभिन्न राष्ट्रिय तथा गैरसरकारी तथा संयुक्त राष्ट्र संघीय संघ-संस्थाहरूले लोकतन्त्रको स्थापना अर्थात् २०६३ पछि मात्र मातृभाषातिर चासो देखाउन थालेका छन्। गत वर्षात्र इन्सेक, सेभ द चिल्ड्रेन फन्ड एलाइन्स, युनेस्को, युनिसेफ आदिले मातृभाषामा शिक्षा सम्वन्धी गोष्ठीको आयोजना गर्न थालेका छन्। संयुक्त राष्ट्रले २० नेभेम्बर १९८९ मा नै बाल अधिकार सम्वन्धि अनुवन्ध पारित गरेको हो र नेपालले पनि लगभग एक वर्षछि यस अनुवन्धलाई १४ अक्टोम्बर १९९० मा अनुमोदन गरेको थियो। यस अनुवन्धको धारा ३० मा बालबालिकाले आफ्नो मातृभाषा प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित्ता गरेको छ। लेखिएको छः

जाति, धर्म वा भाषिक अल्पसंख्यकहरू वा आदिवासी मूलका मानिसहरू बसोबास रहदै आएको राज्यमा त्यस्ता अल्पसंख्यकहरू वा आदिवासी बालबालिकाहरूलाई आफ्नै समुदायका अन्य सदस्यहरूसंग सामुहिक रूपमा आफ्नो संस्कृति अपनाउने, धर्मको पालना गर्ने र प्रयोग गर्ने वा आफ्नो भाषा प्रयोग गर्ने अधिकारबाट वञ्चित गर्न पाइने छैन । - धारा ३०, बाल अधिकार सम्वन्धी अनुवन्ध १९८९)

अन्तर्राष्टियभाषा वर्ष २००८ मनाउने क्रममा गत जुन ६ तारिखको दिन होटल हिमालय, ललितपुरमा एक दिने कार्यक्रम सम्पन्न भएको थियो। भाषा आन्दोलनकर्मी प्रज्ञा वैरागी काइँलाको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रम विभिन्न ५ वटा संघ-संस्थाहरू - (क) शिक्षा तथा खेलकुद मन्त्रालय, (ख) केन्द्रिय भाषाविज्ञान विभाग, त्रिभूवन विश्वविद्यालय (ग) द मान्टेन इन्सटिच्युट, (घ) एसआइएल इन्टरनेस्नल र (ङ) युनेस्को कार्यालय काठमाडौंले संयुक्त रूपमा आयोजना गरेका थिए। यस गोष्ठीमा मातृभाषी समुदायका मातृभाषी विद्वानहरूको अत्यन्त कम तर क्षेत्रका प्राज्ञिक विद्वानहरूको सहभागीता धेरै देखिन्थे।

सो दिन प्राज्ञ वैरागी काइँलालगाएतका विद्वानहरूले संयुक्त रूपमा दुइवटा महत्वपूर्ण पुस्तकको विमोचन गरेका थिए। ती विमोचित पुस्तकहरूको प्रा. डा. योगेन्द्रप्रशाद यादवद्वारा समीक्षा प्रस्तुत गरेका थिए भने शिक्षा मन्त्रालयका सह-सचिव डा. लभदेव अवस्थीले कार्यक्रम सञ्चालन गरेका थिए। डा. यादव केन्द्रिय भाषविज्ञान विभाग, त्रि.वि.का प्रमुख हुन् भने डा. अवस्थी आफ्नो पिएचडि थेसिस 'Exploring Monolingual School Practices in Multilingual Nepal' (2004) का कारण चर्चामा छन्। सो दिन बहुभाषिक पोस्टर पनि हलभित्र टाँस्सिएको थियो। यसका साथै मातृभाषा सम्वन्धी चारवटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। केही संस्थाहरूले आ-आफ्ना प्रकाशनहरू प्रदर्शनी तथा वितरणमा राखेका थिए। ती सामग्रीहरू मातृभाषा र मातृभाषामा शिक्षाको दृष्टिले निकै महत्वपूर्ण भएकोले म ती सामग्रीहरूको संक्षिप्त जानकारी प्रस्तुत छ।

  १. विमोचित सामग्रीहरू
(क) The Report of National Languages Policy Recommendation Commission 1994



यो प्रतिवेदन राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदन-२०६० को अनुवाद हो। यो प्रतिवेदन दुबीनन्द ढकालले अनुवाद गरेको हो। प्रतिवेदन ४ खण्डमा विभाजित छ - (क) नेपालमा भाषाको अवस्था (ख) राष्ट्रिय भाषाहरूको संरक्षण र विकास (ग) शिक्षामा राष्ट्रिय भाषाहरूको प्रयोग (घ) सुझावहरू। यहाँ नेपालका भाषाहरूको संरक्षण र विकासका लागि ५८ वटा सुझावहरू प्रस्तुत गरेका छन्। नेपालका मातृभाषा सम्वन्धी विभिन्न ६ वटा अनुसूचीले प्रतिवेदनलाई निकै उपयोगी र सूचनामूलक बनाएका छन्। यसको जापनी भाषामा पनि अनुवाद गरिएको छ। नेपालमा यस्ता धेरै सुझाव आयोगहरू बन्ने गरेका छन् र प्रतिवेदन बुझाएपछि सेलाउने गरेका छन् तर यो आयोगको चर्चा भइनै रहको छ अझै बासी भइसकेको छैन। बासी खानामा मर्चा हले जस्तो, जति समय वित्तै गयो झनै छिप्पिने र रसिलो र मगमगाउँदो भइरहने।

यस अतिरिक्त प्रा. डा. योगेन्द्रप्रसाद यादवको Population Monograph of Nepal Vol. I मा प्रकाशित Language (भाषा) शिर्षकमा एउटा लामो लेख पनि छापिएको छ। यस लेखमा नेपालका भाषाहरूको बारेमा विस्तृत रूपमा प्रकाश पारिएको छ।

यस प्रतिवेदनबारे केही थप जानकारी राख्न आवश्यक छ। हामी सबैलाई थाहा भएकै हो कि प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा गठित ११ सदस्यीय यस आयोगका सदस्यहरूले निकै गहन अध्ययन गरेर पहिलो पल्ट तयार गरेको यो प्रतिवेदन तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशीलाई २०५० साल चैत्र ३० गतेका दिन बुझाएका थिए र मन्त्रीज्युले आयोगका सदस्यहरूलाई यो प्रतिवेदन लागु गरिने आश्वासन पनि दिएका थिए तर अहिलेसम्म लागु गरिएन। यस आयोगमा म पनि सदस्य थिए।

(ख) बहुभाषी शिक्षा विस्तारको लागि सहयोग सामग्री : विद्यालय बाहिर रहेकाहरूको समावेशीकरण



यो सामग्री Advocacy kit for promoting multilingual education : Including the excluded बाट अनुवाद गरिएको हो। यसको अनुवादमा प्रा. डा. योगेन्द्रप्रसाद यादव, श्री भिमनारायण रेग्मी र श्री रामराज लोहनी संलग्न थिए। युनेस्को कार्यालय, काठमाडौंबाट प्रकाशित यो सामग्री युनेस्को ब्याङकक (२००७) ले अंग्रेजीमा तयार गरेको हो। अंग्रेजीमा यो फरक-फरक खण्डमा प्रकाशित छ भने नेपालीमा सबै खण्डलाई एउटै पुस्तकमा समावेश गरिएको छ। यर्सथ पुस्तक पाँच खण्डमा विभाजित छ -
पहिलो खण्ड: सामग्रीको सामन्य परिचय (पृ. ९)
दोस्रो खण्ड : नीति निर्माताको लागि पुस्तिका (पृ. २१)
तेस्रो खण्ड : एशिया तथा प्रशान्त क्षेत्रको शिक्षा नीति तथा व्यवहारमा भाषा (पृ. १८)
चौथो खण्ड : कार्यक्रम सञ्चालकको लागि पुस्तिका (पृ. ३७)
पाँचौ खण्ड : समुदायका सदस्यहरूका लागि पुस्तिका (पृ. २२)

शिक्षाका लागि युनेस्को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक सेल्डर सेफरले भूमिकामा लेखेका छन् - 'मातृभाषामा आधारित शिक्षाले बालबालिका र विद्यार्थीको अधिकारको सम्मान गर्छ ।' उहाँले अन्त्यमा आसा व्यक्त गरेका छन् - 'शैक्षिक गुणस्तर उकास्न तथा संकटमा परेका संसारका कैयौं भाषाहरूको संरक्षण गर्ने मुख्य माध्यम मातृभाषामा शिक्षा नै हो भने कुराको पक्षमा बोल्न र यसका लागि र्समर्थन जुटाउन प्रस्तुत सामग्रीमा समावेश गरिएका पुस्तिकाहरू यहाँहरूलाई उपयोगी हुने छन् भन्ने आशा लिएको छु।' वास्तवमा पुस्तक उपयोगी छ। प्रश्नोत्तर शैलीमा सरलभाषामा पुस्तकको विकास गरिएको छ, परिभाषिक शब्दको अर्थ प्रत्येक खण्डको अन्त्यमा दिइएको छ। पुस्तक उपयोगी बनाउन आवश्यक ग्राफ, फोटो, नक्सा, तालिका तथा विभिन्न देशका घटना अध्ययन दिइएका छन्। बहुभाषिक शिक्षाको चाहना राख्ने जोजुकैको लागि यो पुस्तक उपयोगी हुनेछ।

यी सबै राम्रा गुण हुँदाहुँदै पनि यो मातृभाषी समुदायमा केन्द्रित हुनसकेको छैन, समुदायका लागि भएको छ समुदायद्वारा हुनसकेको छैन। विशेषगरी टुलकिटको खण्ड चार। यसको एप्रोच टप डाउन छ, सहभागीमूलकको नाउँमा लादने प्रकारको छ, समुदाय आफैं गर्न सक्छन् भन्ने देखिदैन। यसले समुदायलाई विशेषज्ञको मुख ताक्ने परजीवी बनाउनेतिर उन्मुख गराउँन सक्दछ। मौखिक परम्परा भएका भाषाहरूलाई लेख्यपरम्परा उन्मुख बनाउँछ तर मौखिक परम्परालाई समाप्त पारेर। मौखिक परम्परालाई पर्ूण्ारूले वेवास्ता गरेको छ। यस टुलकिटको आधारमा कार्यसञ्चालन गर्दा ठाउँठाउँमा र पटकपटक विशेषज्ञको आवश्यकता खटकिनेछ र अन्ततःगोत्व बजेटको ठूलो रासी (Lion's Share) विदेशी विशेषज्ञको पोल्टामा पर्नेछ। विशेषज्ञको महत्वपूर्ण ठुलो गुण भन्नु नै कार्यक्रमको धनराशी आफ्नो हातमा पार्न सक्नु हो। यसले समुदायलाई उनीहरूको वरिपरि रिङ्ग्याउने छन्, उदाहरणको लागि लेखनपद्धतिको विकास। यसबाट बच्न नसकिने होइन, विकल्प खोज्न नसकिने होइन। यो मेरो प्रारम्भिक अवलोकन हो।

२. पर्चा तथा ब्रुसर
माथि उल्लेखित पुस्तक बहुभाषी शिक्षा विस्तारको लागि सहयोगी सामग्री : विद्यालय बाहिर रहेकाहरूको समावेशीकरण को महत्व दर्शाउन सहयोगी हुने तीन प्रकारका प्रचारसामग्री (पर्चा) पनि तयार गरी युनेस्को कार्यालय काठमाडौंबाट वितरण गरिएको थियो ।

यसका साथै (क) शिक्षा तथा खेलकुद मन्त्रालय, केशरमहल, (ख) युनेस्को काठमाडौं, जावलाखेल (ग) त्रिभूवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभाग र (घ) सिनास, किर्तिपुरले स‌युक्त रूपमा 'नेपालमा बहुभाषी शिक्षाको विस्तार एवं उपयोग' शिर्षकमा एउटा ३ फोल्ड (६ पृष्ठ) व्रुसर प्रकाशित गरेको छ । यस पर्चामा निम्न ससाना शिर्षकहरू (नेपाल र भाषिक विविधता, विद्यालयमा पढाइको माध्यम, प्रभावकारी पढाइ र मातृभाषा, मातृभाषामा आधारित बहुभाषी शिक्षा कार्यक्रम, बहुभाषी शिक्षा र राष्ट्रिय एकता, अल्पसंख्यक समुदायको समस्या र बहुभाषी शिक्षा, विद्यालय जानु अघिको ज्ञानको शिक्षामा प्रयोग, आफ्नो भाषामा पढाइ सुरु : जीवनभरिको सिकाइको जग, बहुभाषी शिक्षा र त्यसको लाग्ने खर्च, नेपालको संविधान र बहुभाषीी शिक्षा नीति, शिक्षा मन्त्रालय, बहुभाषी शिक्षा कार्यक्रमको सफलता र नेपालमा सहकार्यमूलक अभ्यास) मा मातृभाषामा आधारित बहुभाषी शिक्षाको महत्व दर्शाउनका साथै मातृभाषामा पढाइ हुन महत्वपूर्ण कुरा हो भनिएको छ र हालसम्मका प्रयासहरूलाई दर्शाएको छ ।


Photos: Amrit Yonjan

३. पोस्टर- Languages matter भाषाहरू महत्वपूर्ण हुन्छन्

युनेस्कोले मातृभाषाको संरक्षण र विकासको लागि प्रत्येक वर्ष फेब्रुअरी २१ तारिखका दिने अन्तर्राष्टिय भाषा दिवस मनाउने गर्दछ र प्रत्येक वर्षनयाँ-नयाँ नारा दिने गरेको छ। यस वर्षो अन्तर्राष्टिय भाषा वर्ष २००८ को नारा रहेको छ- Languages matter अर्थात् भाषाहरू महत्वपूर्ण हुन्छन्। युनेस्कोका महानिर्देशक कोइचिरो मासुराले सन्देशमा भन्नु भएको थियो :

'We must act now as a matter of urgency. How? By encouraging and developing language policies that enable each linguistic community to use its first language, or mother tongue, as widely and as often as possible, including in education, while also mastering a national or regional language and an international language.'

- Message from Mr Koïchiro Matsuura, Director-General of UNESCO, on the celebration of 2008, International Year of Languages

नेपालले पनि सम्भवतः पहिलो पल्ट युनेस्कोको नारालाई बोकेर रंगीन पोस्टर छापिएको छ। Languages matter अर्थात् भाषाहरू महत्वपूर्ण हुन्छन्। यो नारा नेपालका १३ वटा मातृभाषा र तीन वटा लिपिमा छापिएको छ र आकर्ष पनि छ। यो पोस्टर (क) शिक्षा तथा खेलकुद मन्त्रालय, (ख) त्रिभूवन विश्वविद्यालय (ग) द मान्टेन इन्सटिच्युट, (घ) एसआइएल इन्टरनेस्नल र (ङ) युनेस्कोले संयुक्त रूपले प्रकाशित गरेको हो।

३. कार्यपत्रहरूको प्रस्तुति र छलफल
माथिका पुस्तकहरूको विमोचनपछि मातृभाषा र मातृभाषामा शिक्षाको बारेमा ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। सर्वप्रथम भाषाशास्त्री डा. मार्क टुरिनले 'Language endangerment and Linguistic Diversity in the South Asian Context' प्रस्तुत गर्दै दक्षिण एशियामा भाषिक विविधता र खतरामा परेका भाषाहरूको चर्चा गरेका थिए। टुरिनको 'Linguistic Diversity and the Preservation of Endangered Languages A Case Study form Nepal. पुस्तक पनि वितरणमा राखिएको थियो। यसै गरी भाषाशास्त्री भिम रेग्मीले 'नेपालका भाषाहरूको लेखन पद्धति'को बारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपालका भाषाहरूको पारिवारिक विशेषता, लेखनपद्धति र लिपिको बारेमा चर्चा गरेका थिए।

यसै गरी सेभ द चिल्ड्रेनका गोपिनी पाण्डेले 'Multilingual Education form Child Right perspective' मा (बालअधिकारको दृष्टिबाट बहुभाषिक शिक्षा) प्रस्तुत गर्नु भएको थियो तर प्राविधिक समस्याले गर्दा प्रष्ट हुन सकेन। यसपछि शिक्षा विभागका अरुण तिवारी, इना नुरमेला र अमृत योन्जन-तामाङले संयुक्तरूपमा Multilingual Education: A Case of Nepal शिर्षकमा अनुभवपत्र प्रस्तुत गरेका थिए। यस पत्रमा विशेषगरी नेपालमा बहुभाषिक शिक्षा कसरी प्रारम्भ भयो, कहाँ-कहाँ र कुन-कुन भाषामा सञ्चालित छन् आदि जानकारी दिदै मातृभाषामा बालसर्न्दर्भ सामग्री तयार गरिने विधिको पावरपाइन्टमा देखाएका थिए। अन्तमा यस कार्यक्रमको भावि नीति, रणनीति र कार्यक्रमको बारेमा जानकारी दिइएको थियो।

कार्यक्रमको अन्तमा यी प्रस्तुत कार्यपत्रहरूमाथि सहभागीहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए र जानीफकारहरूले जिज्ञासालाई शान्त पार्ने कोशिस गरेका थिए।

अन्त्यमा मलाई लाग्छ यो कार्यक्रम निकै सान्दर्भिक र उपयोगी रहयो र यसले सकरात्मक प्रभाव पार्नेछ । नेपालका भाषा र बहुभाषिक शिक्षा सम्वन्धी उपयोगी सर्न्दर्भ सामग्रीहरूको प्रकाशन हुनसकेको छ। सहभागीहरूले बहुभाषिक शिक्षाको बारेमा केही जान्ने मौका पाए भने आयोजकहरूको लागि मातृभाषा तथा मातृभाषामा शिक्षाप्रति आ-आफ्नो कर्न्र्सन देखाउने मौका पाएँ। अन्तर्राष्टिय घोषणा, महासन्धी आदिको पालना भयो र ती संयुक्त राष्ट्रसंघ आदिको सम्मान गरेको देखियो, नेपालको इज्जत बढ्यो। द माउण्टेन इन्सटिच्युट जस्ता नयाँ संस्था पनि यस क्षेत्रमा देखा पर्यो।

विशेषगरी मातृभाषाको संरक्षण र विकासको बारेमा नेपालस्थित युनेस्को, युनिसेफ र सेभ द चिल्ड्रन आदिले के गरिराखेका छन् धेरैलाई थाहा हुदैंन, ती संस्थाहरू यस्तै वाषिर्क गोष्ठीमा क्रान्तिकारी कार्यक्रमसहित देखा पर्दछन् र वर्षरि हराउँछन् भन्ने सहभागीहरूको गुनासो पनि सुनिएको छ, हुन पनि त्यसतै भइरहेको छ। अब हेरौं मातृभाषिक समुदायका लागि के कस्ता कार्यक्रम गर्ने हुन्- नेपालका मानवअधिकारबादी संस्थाहरूले भाषिक मानव अधिकारको बारेमा चासो राखेका छैनन् र इतिहासमा पहिलो पल्ट गत वर्षइन्सेकले एउटा मातृभाषा सम्वन्धी गोष्ठीको आयोजना गरेको थियो र त्यसपछि हरायो। उनीहरू मुलधारका भाषा र संस्कृति (Power Language and Culture) मा नै रम्ने गर्दछन्, त्यसैको लागि झुम्ने गर्दछन्, मानौं ती संस्थाहरू नेपालमा त्यसैको लागि स्थापना गरिएका हुन् जस्तो प्रतिक्रिया पनि सहभागीहरूले व्यक्त गरेका छन् । समय फेरिएको छ, गणतन्त्र स्थापना भइसकेको छ, अब यी संस्थाहरूलाई पनि मातृभाषी समुदायसंग काम गर्ने सुवर्ण मौका आएको छ। आशा गरौं, यसै गोष्ठीबाट नयाँ विहानीको सुरुवात् हुनेछ।

July 14, 2008, Kathmandu

-Amrit Yonjan-Tamang
  भाषाशास्‍त्री अमृत योञ्‍जन तामाङका पुराना लेखहरु Archive:
हाम्रो बोली-
: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु'
हाम्रो बोल-: मातृभाषामा शिक्षा फड्को मानं सकिन्': नेपालमा बोलिने १४३ भाषामा पाठ्‍य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ

हाम्रो बोली-: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-: संघीय व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-: भाषिक मानव अधिकारका संदभंहरु
हाम्रो बोली-: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड
हाम्रो बोल-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए

हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न
हाम्रो बोली-१०: ''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark
हाम्रो बोली-
१: बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन। 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' २००८ कसरी मनाउने?

हाम्रो बोली-१२: अब हामीले पनि भन्नु पर्छ - 'भाषा मर्यो' होइन, 'भाषा मार्यो'
हाम्रो बोली-: मातृभाषाको शिक्षा नीति हचुवाको भरमा
हाम्रो बोली-१४: चुनावी घोषणापत्रहरूमा भएका भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रमलाई कसरी हेर्ने?
हाम्रो बोली-१५: चुनावी घोषणापत्रहरूमा भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रम कस्तो छ?
हाम्रो बोली-१६: विश्वमा कति छन् भाषा र वक्ताको संख्या?

हाम्रो बोली-: नेपालमा कति छन् भाषा वक्ताको संख्या?
 
Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal. Comments? Write him at: amrityonjan@yahoo.com

Photo: Janajati.Org
भाषाशास्‍त्री अमृत योञ्‍जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्‍नुहुने
हाम्रो बोल पढ्‍न नभुल्‍नुहोला।
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®