![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे हाम्रो बोली-१२ |
||
|
मातृभाषासंगैको यात्रा-१२ 'मातृभाषाहरू आज धमाधम मारिदैछन् र मानव इतिहासमा भाषिक विविधता
यति त्रि्र गतिले यसरी कहिल्यै लोप भएको थिएन । जैविक विविधता
भन्दा पनि त्रि्रगतिले भाषिक विविधता लोप भइरहेकोछ। .... यही गति
रहिरहने हो भने यसै शताब्दीभित्र हामीले ९० प्रतिशत मातृभाषाहरू
मारिसकेका हुनेछौं।' - डा. तोभे स्कुटनाब-काङ्गास् Linguistic
Genocide in Education or Worldwide and Human Rights (2000:ix)
यस बाह्रौ अंकमा भाषाको क्षेत्रमा बहुचर्चित पुस्तकको बारेमा जानकारी प्रस्तुत गर्न चाहन्छु। डा. तोभे स्कुटनाब-काङ्गास्को यो बहुचर्चित पुस्तक Linguistic Genocide in Education or Worldwide and Human Rights भारतको नयाँदिल्लीबाट ओरिन्ट लङ्म्यान प्रा.लि. (२००८) ले हालै प्रकाशित गरेको छ। पुस्तकको मूल्य भा.रू. ९९५/- राखिएको छ। पुस्तक ३४ र ७८५ गरी जम्मा ८१९ पृष्ठको छ। यो पुस्तक र्सवप्रथम सन् २००० मा संयुक्त राष्ट्र अमेरिकाको न्यूजर्सीबाट प्रकाशित भएको थियो। 'नेपालमा यो पुस्तक कहाँ पाइन्छ?' यो प्रायःले सोध्ने गरेको प्रश्न हो र हाललाई 'थाहा छैन' भन्नु भन्दा अर्को उत्तर मसंग छैन पनि। यस पुस्तकको दक्षिण एशियाली संस्करण (पुस्तकमा उल्लेख भएको छैन) को विमोचन नयाँदिल्ली स्थित कुटुब होटेलमा यसै फेब्रुअरी महिनाको २ तारिखको दिन भएको थियो। सो समारोहमा म पनि उपस्थित थिए। उपस्थित अथितिहरूले विभिन्न प्रकारले यस पुस्तकको निकै प्रसंशा गरेका थिए। म सम्झन्छु गत सेप्टेम्बर २८ मा काठमाडौंमा भएको नेपालमा बहुभाषिक शैक्षिक नीति भाषा सम्वन्धी छलफल गोष्ठीमा विधायक-सांसद मल्ल के. सुन्दरले पुस्तक हातमा लिदै 'भाषिक मानव अधिकारको क्षेत्रमा यो पुस्तक वाइबल हो' भनेर प्रशंसा गरेका थिए। सो छलफलमा डा. टोभे पनि हुनुहुन्थ्यो। नेपालमा भाषिक मानव अधिकारको चर्चा यसै समयदेखि फाटफुट रूपमा हुन थालेको हो। यसै गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. चैतन्य सुब्बाले दुइ/तीन दिन पढनका लागि लानु भएको थियो र दुइ दिनपछि नै वहाँले मलाई मोबाइल फोनमा भन्नु भएको थियो- 'अमृतजी, यो पुस्तक त गजबको रहेछ, यसतो भाषिक मानव अधिकारको कुरा त मैले सुनेको पनि थिइन। म अझै केही दिन राख्छु है।' मैले हुन्छ भने। अनि थपे - 'डा. तोभेका नयाँ थप सामग्रीहरू मसंग इलेक्ट्रोनिक भर्सनमा छ र तपाईंलाई पठाइ दिन्छु' भने अनि पछि पठाइ पनि दिएको थिए। यो नयाँ संस्करण उनको हातमा पुग्दा उनी निकै हषिर्त भएका थिए। ![]() विमोचन समारोहमा भारत, लेखिका, अमेरिका, फिन्ल्याण्ड र जापानका प्राध्यापकहरू Photo: Amrit Yonjan-Tamang पुस्तक विमोचन हुन अगाडि नै नेपालमा बहुभाषिक शैक्षिक कार्यक्रम, सानोठिमीले ४० कपि झिकाएकोमा सबै प्रति वितरण भइसकेको छ र विशेषगरी सरकारी संस्थाका प्रतिनिधिहरूका हातहरू शोभायमान भएका छन्। नेपाल आदिवासी जनजाति महसंघ, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, त्रिभूवन विद्यालय भाषाविज्ञान केन्द्रिय विभाग, सिनास, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, नेपाल शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र, संसद भवन आदि संघसंस्थाका प्रतिनिधिहरू र विधायक-सांसद फटिक थापा-मगरको हात-हातमा बहुभाषिक शैक्षिक कार्यक्रमबारे लेखिका स्वयंमले तीन दिने कक्षा लिने क्रममा यो पुस्तक वितरण गरिएको थियो। यसपछि यो पुस्तकको चर्चा सिमित्ताको घेराभित्र नै भएपनि हुन थालेको छ। नेपालका नीति निर्माता र ब्युरोक्र्याट्सहरूको हातमा यो पुस्तक पुग्नुले अब उनीहरूले पनि नेपालका मातृभाषाहरूको विकासमा सकरात्मक धारणा बनाउनेछन् भनेर सोंच्न सकिन्छ। पाठकहरूमा यो पुस्तकबारे जान्नका लागि उत्सुकता जागेको हुन सक्दछ। म यस पुस्तकको केही चर्चा गर्नेछु र मौका परेमा बढी विस्तृत चर्चापछि आउदा अंकहरूमा गर्नेछु। यो पुस्तक मूलतः तीन खण्ड र ९ अध्यायमा बाडिएको छ। पहिलो खण्डः विषय सेटिङ (पृ. १-२८८) को रूपमा रहेको छ। यस खण्डको अध्याय एक (१) 'संसारको भाषाहरूलाई के भइरहेको छ?', अध्याय दुइ (२) मा 'जैविक विविधता र भाषिक तथा साँस्कृतिक विविधता वीचको सम्वन्ध', तेस्रो (३) 'मातृभाषा, संस्कृति, जाति र आत्मनिर्णय र अध्याय चार (४) 'भाषिक विविधता- सराप कि वरदान, संरक्षण गरिनु पर्ने वा नपर्ने? किन?' विषयमा केन्द्रित छ। यस खण्डले विश्वका भाषाको संख्या, अवस्था, दुरावस्था, संस्कृति तथा जैविक विविधता र बुहभाषिकताको महत्वबारेमा प्रशस्त प्रकाश पारिएको छ। यस खण्डबाट विश्वका भाषाहरूको बारेमा पूर्ण जानकारी पाउँदछ। तोभेले माइकल क्राउस (१९९२ः२६) लाई उल्लेख गर्दै ५०० भन्दा पनि वढी भाषा बोलिने देशहरूमा पपुवा न्युगिनी (८५०) र इन्डोनेसिया (६७०) लाई देखाएका छन्। यसै गरी २०० भन्दा बढी भाषा बोलिने देश ७ वटा देखाइएको छ र नाइजेरिया (४१०), इन्डिया (३८०), क्यामरुन (२७०), अष्ट्रेलिया (२५०), म्याक्सिको (२४०), जयेर (२१०) र ब्राजिल (२१०) लाई औंल्याएको छ। यसै गरी १०० भन्दा वढी भाषा बोलिने १३ देशहरूमा फिलिपिन्स, रसिया, संयुक्त राष्ट्र अमेरिका, मलेसिया, चाइना, सुडान, तानजानिया, युथोपिया, चाड, भानुवाटु, सेन्ट्रल अफिकन रिपब्लिक, म्यानमार (बर्मा) र नेपाल पर्दछ। खण्ड दुइ : भाषिक हत्या, राज्यको नीति र विश्वव्यापिकरण (पृ. २८९-४६६) शिर्षमा रहेको छ र यसमा दुइ अध्याय छन् (५) 'भाषाको लागि राज्यको नीति - भाषिक समुदायको हत्या, भाषिक मृत्यु वा भाषाहरूलाई सहयोग' र (६) 'विश्वव्यापिकरण, शक्ति र नियन्त्रण' रहेको छ। यस खण्डमा भाषा मर्छ कि मारिन्छ, यसको लागि समुदायको भूमिका, राज्यको शिक्षा तथा भाषा नीति र विश्वव्यापिकरणले पारेको असरबारे विस्तृत चर्चा गरिएको छ। हालसम्म हामीले भाषाको मृत्यु हुन्छ भनेर रटदै आएकोमा अब हाम्रो चिन्तन फेरिएको छ- भाषा मर्दैन, भाषालाई आत्महत्या गर्न बाध्य पारिन्छ, भाषालाई मारिन्छ भनेर। खण्ड तीन : भाषिक समुदायको हत्याको विरुद्ध संर्घष र शिक्षामा भाषिक मानव अधिकार (पृ. ४७६- ६६८) रहेको छ। यस अर्न्तर्गत तीन अध्याय रहेको छ (७) भाषिक मानव अधिकार (८) शिक्षामा भाषिक मानव अधिकार र (९) भाषिक समुदायको हत्याको विकल्प र डिसटोपिया। यस खण्डमा भाषाको हत्याराको विरुद्धको आन्दोलन, भाषाको संरक्षण र सर्म्वर्द्धनको लागि भाषिक मानव अधिकारको लागि कसरी उठाउने र शिक्षामा भाषिक मानव अधिकारलाई कसरी स्थापित गर्ने आदिवारे चर्चा गरिएको छ। यसले मातृभाषाको संरक्षणमा जाँगर चलाइहरेकाहरूलाई मूल बाटो भेटिएको अनुभूति गराउँद छ। यस अतिरिक्त पुस्तकको प्रारम्भमा ३४ पृष्ठको प्राक्कथन र परिचय रहेको छ भने पुस्तकको अन्तमा ११६ पृष्ठ लामो सर्न्दर्भसूची, लेखक अनुक्रमिका, भाषा र भाषी अनुक्रमिका, देश तथा राज्य अनुक्रमिका र विषय अनुक्रमिका रहेका छन्। यसले गर्दा पाठकलाई चाहिने विषयवस्तु खोज्न सजिलो भएको छ। लेखिकाले पुस्तकलाई सरल, सरस र सूचनामूलक बनाउन शब्दावलीको परिभाषाका साथै विविध सूचनाहरूलाई बाकासमा राखेर काफी उपयोगी बनाएको छ, फुटनोट दिइएको छ । यो पुस्तक पढेपछि पाठकले बुझिन, अल्मल्लमा परे वा ठगिए भन्ने महशुश हुदैन । भाषाको बारेमा पूर्ण ज्ञान पाएको अनुभूति हुन्छ। यो पुस्तक तयार गर्न डा. तोभेले निकै मिहिनेत गरेका छन् र पाठकलाई न्याय गरेका छन्। म नेपालमा भाषा आन्दोलनमा लागेका भाषा आन्दोलनकर्मीहरूसंग अनुरोध गर्न चाहन्छु, यो पुस्तक पढनुहोस् र प्रत्येक अध्यायबारे सहकर्मीहरू छलफल गर्नु होस्। राज्यको पुनःसंरचनामा, संघीय संरचनामा केन्द्र सरकार र राज्य सरकारको भाषिक नीति र भाषिक व्यवहार कस्तो हुनु पर्ने हो यसबारे राजनीतिज्ञहरूलाई सहयोग गर्नु होस् । थप छलफल गर्नु परे लेखिकासंग सोझै सर्म्पर्क राख्नु होस्, उहाँ सहयोग गर्न सदा तत्पर हुनुहुन्छ । नेपालको भाषिक विविधतालाई बचाउन, भाषाहरूको हत्या हुनबाट, मारिनुबाट बचाउन मात्र होइन नेपालमा दिगो शान्ति स्थापना गर्नमा समेत तपाईको सहयोग अपूर्व हुनेछ। धन्यवाद।
March 2, 2008, Kathmandu भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्नुहुने हाम्रो बोली पढ्न नभुल्नुहोला। हाम्रो बोली-१: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु' हाम्रो बोली-२: ‘मातृभाषामा शिक्षा फड्को मानं सकिन्छ': नेपालमा बोलिने १४३ भाषामा पाठ्य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ हाम्रो बोली-३: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट हाम्रो बोली-४: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ? हाम्रो बोली-५: संघीय व्यवस्थामा भाषाको राजनीति हाम्रो बोली-६: भाषिक मानव अधिकारका संदभंहरु हाम्रो बोली-७: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड हाम्रो बोली-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न हाम्रो बोली-१०: ''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark हाम्रो बोली-११: बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन। 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' २००८ कसरी मनाउने? |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®