Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल


























































































































भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे हाम्रो बोल-१०

मातृभाषासंगैको यात्रा-१०

''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' – Tove Skutnab-Kangas, International MLE expert, Denmark

दिन ६ शनिवार ९ फेब्रुअरी
आज भारत आएको छैठौं दिन हो। दिल्लीको बहुभाषिक शिक्षाबारेको अधिवेशन सकेपछि हाम्रो कार्यक्रम उडिसाको राजधानी भुवनेश्वरको तय थियो। विहान ७:४५ को उडानबाट उडिसा प्रस्थान गर्नु थियो। हामी ६ः१० तिर दिल्लीको अन्तरिक उडानको विमानस्थलमा आइपुगेका थियौ । कुहिरो निकै बाक्ळो थियो। ठीक समयमा विमान उड्यो। समयतालिकाको राम्रो पालना गर्दो रहेछ। हाम्रो टोलीमा डा. डेभिड हफ, रामबहादुर थापामगर र म छु। प्रो. तोभे स्कुटनाब काङ्गास र प्रो. ओफेलिया ग्रासेया पनि हामीसंगै छन्। डा. लभदेव अवस्थी र इना नुरमेला आज दिउँसो दिल्लीबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। ठीक दुइ घण्टा लामो यात्रापछि हामी उडिसाको विमान स्थलमा उत्रेका थियौं। काठमाडौंबाट दिल्ली पुग्न १ घण्टा १० मिनटको हवाइ दुरी थियो भने दिल्लीबाट भूवनेश्वर, उडिसाको हवाइ दूरी २ घण्टाको रहेछ। काठमाडौंभन्दा पनि टाडो। विमानस्थलमा गाडीसहित आयोजकहरूको हाम्रो स्वागत गरे। यहाँ हामीलाई गर्मी महशुस भयो।



भूवनेश्वरमा पनि बहुभाषिक शिक्षाबारे राष्ट्रिय गोष्ठीको आयोजना गरिएको रहेछ। बस्ने कोठाको ठेगाना भएपछि कार्यक्रम हलतिर गयौं। ११ः४५ तिर कार्यक्रमको उद्घाटन सत्रको प्रारम्भ भयो। विभिन्न वक्ताहरूले बहुभाषिक शिक्षाको महत्वबारे प्रकाश पारे। युनेस्कोले गोष्ठीको प्रयोजन गरेको रहेछ। दिल्लीको गोष्ठीमा पनि युनेस्को प्रमूख सहयोगी थियो। यसपछिको पहिलो सत्रमा प्रोफेसर तोभे स्कुटनाब-काङ्गासले आफ्नो किनोट (प्रमूख भाषण) राखे। आज दिनभरि बहुभाषिक शिक्षामा भारतीय अनुभवलाई विभिन्न बहुभाषिक शिक्षा अभ्यासकर्त्ता (MLE Practiceners) ले आआफ्नो अनुभव प्रस्तुत गरे। आजका सत्रहरू निम्नानुसार थिए:

Session I: Key note address: Prof. Tove Skutnab-Kangas, International MLE expert, Denmark
Session II: Multilingual Education (MLE) in Orissa: Understanding Programme Structure by DK Singh, Orissa
Session III: MLE in India: Strategies and Evidences by Prof. Ajit Kumar Mohnaty, JNU
Session IV: MLE in Indian States: Sharing experiences
 Andra Pradesh Presentation by Dr U. Reddy
 Chhattishgarh Presentation by State representative

उडिसामा १० वटा आदिवासीको मातृभाषामा बहुभाषिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको रहेछ। ती सबै भाषामा भाषिक समुदायबाट तयार गरेका पाठ्यसामग्रीहरू प्रदर्शनीमा राखेका राखेका थिए। ठूलो पुस्तक, सानो पुस्तक आदि शिर्षकमा यी शैक्षिक सामग्री तयार गरिएका रहेछन्।

दिन ७ ः आइतवार १० फेब्रुअरी
उडिसामा दोस्रो दिन। आज पनि चारवटा सत्र तय थियो। प्रोफसर तोभेले भाषिक मानव अधिकार र आदिवासी बालबालिकाको शिक्षाबारे ओजनदार अभिव्यक्त राख्नु भयो। यसपछि न्युयोर्कका प्रा. ओफेलिया ग्रासियाले न्यूयोर्क शहरमा स्पेनिस अल्पसंख्यकहरूमा भइरहेको बहुभाषिक शिक्षाको बारेमा प्राज्ञिक अनुभव प्रस्तुत गर्नु भयो। खानपिनपछिको सत्रमा नेपालका तीनै जना प्रतिनिधिहरूले नेपालको सामाजिक-साँस्कृतिक पृष्ठभूमिसहित नेपालका बहुभाषिक शिक्षा समुदायकै सहभागिता र सक्रियतामा सुरु भइरहेको विचार राखे। गोष्ठीका सहभागीहरूले बहुभाषिक शिक्षामा नेपालको प्रयास नौलो र समुदाय केन्द्रित रहेको बताएका थिए। यसपछि भारतको उडिसा र आन्ध्र प्रदेशमा भइरहेको बहुभाषिक शिक्षाको अनुभव प्रस्तुत गरेका थिए। भारतमा बहुभाषिक शिक्षा उडिसामा र आन्द्र प्रदेशमा मात्र प्रारम्भ भएको रहेछ। छत्तिसगढमा प्रारम्भ गर्न तयारी भइरहेको रहेछ। आन्द्र प्रदेशमा चौथो कक्षासम्म मातृभाषी बालबालिकाहरू पढिरहेका रहेछन् भने उडिसामा दोस्रो कक्षातिर उन्मुख भइरहेको रहेछ। बहुभाषिक शिक्षाको एउटा प्रमुख विशेषता मातृभाषाको माध्यमबाट शिक्षा लिनु हो। आजको कार्यक्रमलाई निम्नासार तय सम्पन्न भए ः

Session V: Linguistic Human Rights and Education of Tribal Children by Prof Tove Skutnab Kangas
Session VI: US Experiences in MLE by Prof. Ofelia Gracia
Session VII : MLE in Nepal by Prof. David Haugh, Amrit Yonjan-Tamang and Ram Bdr Thapa Magar
Session VIII: MLE Experience of Orissa and Andhra Pradesh by Steve Simpson

दिन ८: सोमबार ११ फेब्रुअरी
उडिसामा तेस्रो र अन्तिम दिन पनि। आज पनि चार सत्र सम्पन्न भयो। आज विशेषगरी बहुभाषिक शिक्षाको लागि दिगो उपायहरू खोज्ने काम भएको थियो। यसपछि बहुभाषिक शिक्षाको दिगो विकासको लागि मार्गचित्र तयार गर्नका लागि सहभागीहरू चार समुहमा विभाजित भएर समुहगत छलफल गरेर प्रतिवदेन प्रस्तुत गरेका थिए। अन्तमा समापन सत्र थियो। यस सत्रमा प्रो. तोभेले भनेका थिए- 'आदिवासीहरू हेल्पलेस छैनन् । डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्नेगर्दछ।' सत्र विभाजन निम्नानुसारको थियो:

Session IX : ECCE in Language Context by Dr KC Panda and Prof UN Dash
Session X: Sustaining MLE in Orissa by Lalita Pattnaik
Session XI : Towards a Road Map on Tribal Education
Topic for discussion
 Community Participation
 Curriculum and Text Book for inclusive Education
 Monitoring and Supervision
 Policy and Advocacy
Session XII : Concluding Session

रामबहादुर थापा र मेरो भूवनेश्वरमा पहिलो पाइलो टेकाइ थियो। तर्सथ विहान कोनार्क मन्दिर हेर्न त्यसतिर लाग्यौं। आयोजकले गाडीको व्यवस्था गरिदिएको थियो। यो लगभग ७२ किलोमिटरको दूरीमा रहेछ। विश्वसम्पदामा परेको यो मन्दिर सुनै जस्तै आकर्ष रहेछ। आधा घण्टाको छिटो भ्रमण पछि नजिकै रहेको समुन्द्री किनारा हेर्यौं। निकै अनौठो र रमाइलो लागेको थियो समुन्द्रको किनारामा छाल उर्लेको देखेर।

आजै साँझ ७:०० बजेको उडानबाट दिल्ली प्रस्थानको लागि हामी विमानस्थलमा ५:१५ तिर आइपुगेका थियौं। नेपाली टोलीका सदस्यहरू, प्रो. तोभे र प्रो. ओफेलिया संगै थिए। एअरपोर्ट बसाइको क्रममा तोभे र ओफेलियासंग भारतको बहुभाषिक शिक्षाको बारेमा समीक्षा भयो। समयतालिका अनुसार नै प्लेन उड्यो। यस प्लेनको नौलो विशेषता रहेछ, त्यो के भने खानेकुरा किनेर खानु पर्ने। राती १०:३० तिर जवाहरलाल विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टलमा आइपुग्यौं। हामीलाई त्यहाँ सुत्ने व्यवस्था मिलाइएको थियो।

दिन ९: मंगलबार १२ फेब्रुअरी
आज दिउँसो १२:०० बजेको जेटलाइटको सहारा जेटबाट काठमाडौं जाने तय भइसकेको थियो। विहान कार्यालयको अवधिमा ट्राफिक जाम हुनसक्ने भएकोले हामीले विहान ९:३० बजे नै होस्टल छाडने निधो हिजो नै गरेको थियौं। राती अबेरसम्म डेभिड हफसंग गफ भएको थियो। रामबहादुर थापा र मलाई एउटै कोठामा व्यवस्था थियो। विहान उठेर विश्वविद्यालयको एक अंश अवलोकन गर्यौं। यो विश्वविद्यालय एक सय एकड क्षेत्रफलमा फैलिएको हुनाले कहाँ के छ थाहा हुने कुरै भएन। निकै विशाल लाग्यौ हामीलाई। पुस्तकालय भवनमा पुगेर एकछिन भुईतल्ला अवलोकन गर्न भ्यायौं। होस्टल नजिकैको क्यानटिनमा खाजा खाएर ९:३० बजेतिर नै दिल्लीको इन्द्रगान्धी विमानस्थलतिर लाग्यौं।


Photos courtesy: Amrit Yonjan-Tamang

पटकपटक १०/११ ठाउँको जाँचपासपछि विमानमा बस्न आइपुग्यौं। विमान ठीक १२:०० बजे उडने तरखर गर्दै थियो। डेभिड र मसंगै परेछु। हामी काठमाडौंमा पुगेर के गर्ने भन्नेबारे कार्यक्रम बनाउन थाल्यौं। कार्यक्रमको सूची तयार भयो। डेभिडज्यू मिहिनढंगले खाका तयार गर्न लाग्यो। विमान निकै माथि आकासमा काठमाडौंतिर उन्मुख थियो। मैले माथिबाट भारतीय सभ्यता एवं संस्कृतिका वाहकहरूलाई उचाईबाट ठम्याउने प्रयास गरिरहे। म सोंचमा डुबेछु - भारत स्वतन्त्र भएको ६० वर्षनाघिसक्दा बल्ल दुइ-तीन राज्यमा बहुभाषिक शिक्षाको कार्यक्रम प्रारम्भ भएको छ र सफलताको दंभ फुक्दैछन्। किन भारतका मातृभाषीहरूले ६० वर्षम्म आफ्नो मातृभाषाको माध्यमबाट शिक्षा पाउन सकेनन्? किन अहिलेको मातृभाषाको शिक्षालाई निकै सफल मानिरहेका छन् भारतीय शिक्षाविद्हरू? मैले भारतीय मित्रहरूलाई छेडछाड गरेको थिए- अंग्रेज गएपछि आदिवासीलाई ठुला भाषाका ठालुहरूले राज्य गरेछन् ह कि?

भारतमा केन्द्रले राज्यमा हिन्दी भाषा लादने र राज्यले स्थानीय आदिवासी तथा अल्पसंख्यक भाषिक समुदायमाथि राज्यको भाषा लादने गरेको हुनाले आदिवासी तथा अल्पसंख्यकहरूको भाषा लोप हुनुका साथै मातृभाषाको शिक्षाबाट बञ्चित भएका रहेछन् भनेर निष्कर्ष निकाल्न धेरै बेर लाग्दैन। मैले एकजना लिम्बूवानका कार्यकर्त्ताले भनेको सुनेको थियो- लिम्बूवान राज्यको स्थापना भएपछि लिम्बूभाषा राज्यभाषा हुन्छ र यो भाषा सबैले सिक्नु पर्छ। त्यत्तिबेला मैले लोपोन्मुख अवस्थामा पुगेको आठपहरिया भाषा र आठपहरिया भाषीलाई सम्झे र भने- 'किन गैरलिम्बूभाषीले लिम्बू भाषा पढने-' 'राज्यको भाषा त पढनै पर्छ नि।' मैले झन् अल्पसंख्यक मातृभाषा लोप हुने खतरा देखेको थिए। भारतको अवलोकनले मेरो विचारलाई झन् दरो बनाएको छ। राज्यको भाषा लाद्ने हो भने लोपोन्मुख भाषाहरूको स्थिति के हुन्छ? राज्यको भाषालाई मात्र कामकाजको भाषा बनाएर पुग्दैन, स्थानीय अल्पसंख्यक भाषीहरूलाई स्थानीय स्तरमा आआफ्नो मातृभाषामा कामकाजको रूपमा प्रयोग गर्ने अधिकार नदिने हो भने भारतको त्रैभाषिक नीतिले उब्जाएको प्रतिफल जस्तै हुनेछ, नेपालको मातृभाषाहरूको अवस्था। ठूलाले राज्य गर्ने र सानाहरू शासित हुने परम्परा काम हुनेछ।

अर्को पनि के देखियो भने बहुभाषिक शिक्षाका हर्ताकर्ता राज्यका मूलधारका प्रभावशाली व्यक्तित्वहरू नै हुँदा रहेछन्, किलर ल्याङ्गेज समुदायकै पहुँच र नियन्त्रणमा। उनीहरू मातृभाषी समुदायका लागि काम गर्दा रहेछन्, मातृभाषी समुदायद्वारा काम होस् भन्ने चाहँदो रहेनछ, गरिदिने अर्थात् भारतको बहुमभाषिक शैक्षिक कार्यक्रम अधिकारमुखी छैनन्, परनिर्भर छन्, कल्याणकारी छन् (not right-based but welfare-based approach)। भारतमा जस्तै नेपालमा पनि प्रजातन्त्रको पुनर्स्थापना पछिको १८ वर्षवितिसक्दा पनि आदिवासीको भाषिक अधिकार स्थापना भएको छैन, केही प्रमुख मातृभाषा ऐच्छिक विषय छ, राज्यको दयामा। राज्यको पुनःसंरचनापछि राज्यभाषाका नयाँ ठालुहरूले यसरी नै अल्पसंख्यक मातृभाषीमाथि राज्य गर्ने त होइन? मन सिरिङ्ङ भयो। पाइलटको स्वर गुञ्जियो- प्लेन त्रिभूवन विमानस्थलतिर मोडिन लागेको छ।

दिल्ली र उडिसाको यो भ्रमण मेरो पहिलो भ्रमण हो। गोष्ठीमा भागलिनका लागि सबै व्यवस्था मिलाई दिनु भएकोमा भारतीय आयोजकहरूप्रति आभारी छु। मलाई यो ९ दिनको बहुभाषिक शिक्षाको भ्रमण निकै उपयोगी, ज्ञानवर्द्धक र मननीय लागेको छ। कतै तपाईंले पनि मसंगसंगै बहुभाषिक शिक्षाको यात्रा गर्नु त भएन?

February 15, 2008, Kathmandu

Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal. Comments? Write him at: amrityonjan@yahoo.com

भाषाशास्‍त्री अमृत योञ्‍जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्‍नुहुने हाम्रो बोली पढ्‍न नभुल्‍नुहोला।

भाषाशास्‍त्री अमृत योञ्‍जन तामाङका पुराना लेखहरु Archive:
हाम्रो बोली-
: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु'
हाम्रो बोल-: मातृभाषामा शिक्षा फड्को मानं सकिन्': नेपालमा बोलिने १४३ भाषामा पाठ्‍य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ

हाम्रो बोली-: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-: संघीय व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-: भाषिक मानव अधिकारका संदभंहरु
हाम्रो बोली-: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड
हाम्रो बोल-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए

हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®