| यारसागुम्बाको लागि ज्यान गयो |
|
|
|
| Written by Sitaram Baral | |||
| Friday, 03 July 2009 08:20 | |||
|
काठमाण्डौ - हिमाली क्षेत्रका नेपालीहरुकालागि आम्दानीको राम्रो श्रोत बनेको यारसागुम्बा अब मनमुटाव र मृत्युको कारणसमेत बन्न थालेको छ ।
Naar village in Manag. Photo courtesy: nepal-dia.de अर्को जिल्लाबाट आफ्नो जिल्लामा यारसागुम्बा खोज्न आएको भन्दै मनाङ्गको नार गाउँका बासिन्दाले गोर्खाबाट यारसागुम्बा खोज्न गएकामाथि आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । घटना गत जेठ २७ गते भएको हो । मृत्यु हुनेहरुमा गोर्खा केरौजाका युवाहरु रहेका छन् । मृत्यु भएका मध्ये ७ जनालाई नारका बासिन्दाहरुले कुटीकुटी मारेका थिए भने नारवासीको आक्रमणबाट बच्न भाग्दा २ जना युवकको भीरबाट लडेर मृत्यु भएको थियो । आक्रमणबाट मारिनेमा गोर्खा केरौजा- १ का ३२ बर्षीय ज्ञानबहादुर गुरुङ्ग, १६ बर्षीय बीरे गुरुङ्ग, १७ बर्षीय कामी गुरुङ्ग, १८ बर्षीय शोभार गुरुङ्ग, ध्रुब गुरुङ्ग, सुबेदार गुरुङ्ग, केरौजा २ का आइतराम गुरुङ्ग छन् । परिचय नखुलेका अन्य दुई जनाको भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । यारसागुम्बा खोज्न गएका युवकहरु लामो समयसम्म घर नफर्केपछि उनीहरुको खोजी गर्दा आक्रमणमा परी मृत्यु भएको पत्ता लागेको प्रहरीले जनाएको छ । यारसागुम्बा खोज्न जाँदा नारबासीले प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको थियो । विवादले पछि झडपको रुप लिन पुग्यो । घटना सार्वजनिक भएपछि प्रहरीको टोली घटनास्थलतर्फ लागेको बताइएको छ । घटनास्थल मनाङ्ग सदरमुकाम चामेबजारबाट पैदल दुई दिन टाढा रहेको छ । हिमाली क्षेत्रका बासिन्दाले यौनबर्धक मानिने यारसागुम्बाको संकलनबाट लाखौं आम्दानी गर्दै आएका छन् । प्रतिकिलो ७-८ लाख रुपैयाँसम्ममा बिक्री हुने यारसागुम्बाले त्यहाँका बासिन्दालाई आर्थिक रुपले सबल बनाउन थालेपनि यसले विस्तारै झडपको रुप लिन थालेको छ । हिमाली क्षेत्रमा पाइने यारसागुम्बा संकलनकालागि बाहिरी जिल्लाबाटपनि हजारौं मानिसहरु जाने गरेका छन् । -Sitaram Baral in Kathmandu
|
Code typing instruction: Type Only Dark 5 Letters
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- New York Nepalese Community News
- Readers' Comments Section
- Dohori Nepalese Folk songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Faces of the Week साताको अनुहार
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- Nepalese News Media नेपाली मिडिया
- Live Broadcasting Shows / Interview Archive
- Canada Nepalese Community News
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- Indigenous Issues
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- World Music: Music, Song, Dance
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- A Son of a Priest, now Hero in a World's Best University
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान



















Comments