Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

संपादकीय Editorial

बिशेष सम्पादकीय:

ऐतिहासिक संबिधान सभाको निर्वाचन आज

...सुरिलो रुख सल्‍लै हो, भोट हाल्ने कल्लाई हो?

न्यूयोर्क, April 10, 2008
-एक जुगमा एक दिन एक पटक आउँछ भन्छन्-नेपालको संबिधान सभाको चुनाव पनि एकै पटक र यसै पाली आवोस्‌ भन्ने जनताको चाहना आज पुरा हुँदैछ। २०६३ को मतदाता तथ्याङ्कअनुसार यसपाली १ करोड ७६ लाखभन्दा बेसी नेपाली जनताहरुले आ-आफ्नो मताधिकार प्रयोग गर्दैछन्‌।

हरेक बर्ष थपिने झन्डै १ लाख युबा मतदाताहरुले ९ बर्ष पछि पहिलो पल्ट भोट खसाल्दै छन्‌। निर्वाचन आयोगकाअनुसार २०४७ देखी ६२ बिच ४१ लाख, ३१ हजार ८५ नयाँ मतदाता थपिइसकेका छन्‌। यो सङ्ख्या हालको १ करोड, ७६ लाख मतदाताहरुको ४२ प्रतिशत हो।

यो नयाँ पुस्ता भोटरहरुको मन र मत जस्ले जित्न सक्छ, उसैले यस पटकको चुनाव जित्ने पक्का छ। यो युवा पुस्ता नयाँ मात्र होइन बल्की पढे लेखेको सचेत मतदाता पनि हो।

बिगतमा झै यसपाली पनि जनताले नेता र दलहरुबाट धेरै आशा गरेका छन्‌। जनता शान्ती, सुरक्षा, र सुब्याबस्था मात्र होइन, बिकास र रोजगार झट्‍ट चाहन्छन्‌।

जनताका यि चाहना र आबस्यक्तालाई जादुको छडीको भरमा पुरा गर्न सम्भब छैन तर राम्रो र भलो हुने कुराको थालनी गर्न भने अबको केही दिन, हप्ता पछि बन्ने सरकारले अबिलम्ब गर्नु पर्छ। जनताका आधारभूत चाँजोपाँजोका कुराहरुको ब्याबस्था सरकारले बजार मुल्यमा नियन्त्रण गरी महंगी घटाएर राहत दिलाउन सक्नु पर्‍यो।

अब बन्ने बिधायिकाले संघीय राजनीतिको नीति निर्माणको खाका कोर्न थुप्रै दिनहरु खर्चिनु पर्ने भए पनि सरकारको एउटा निकाय बिकास निर्माणतिर बिना बिलम्ब लाग्नु पर्‍यो जस्ले गर्दा नयाँ नेपालको निर्माणको क्रममा नयाँ रोजगारी सृजना हुनेछ र देश र जनता आत्मनिर्भरताको बाटोतिर लम्किने बातावरण बन्ने छ।

भोट कस्लाई हाल्ने?

"जौनै जोगी आए पनि कानै चिरेका" भन्दै सबै दल र नेतालाई "एउटै ड्‍याङका मुला" देख्ने र ठान्ने मतदाताहरुको ठुलो जमात छ। यो बिरक्तीमा हाम्रा नेताहरुकै दोष बढी छ। यो गलत साबित गर्न र जनताको सोचमा सकारात्मक परिवर्तन ल्याउन पनि नेताहरुले अब बिगतमा झै बेइमानी गर्नु भएन।

यसपाली जनताले मिठा तर झुठा आश्वासनको भरमा मत माग्ने दल र नेतालाई जितको लड्‍डु होइन बरु पराजयको पापड (झापड?) खुवाउनेछन्‌ भन्ने आशा गर्न सकिन्छ। अब जनता "भेंडा" रहेनन्- यो कुरा नेताहरुले बुझ्नु जरुरी छ।

जनताको शक्ती अपरम्पार छ। जनताको मत चुनावका बेला गोली र कलमभन्दा पनि बलियो हुन्छ। जनताको सच्चा प्रतिनिधिलाई भोट हालेर जिताउने साचो (चाबी) जनताको यही मत नै हो। -आफ्नो मतलाई सही सदुपयोग गर्न सकेमा जनताको जीत सुनिस्चित छ।

जनताको जय होस।

April 10, 2008, New York, USA

पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives»



























तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®