|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
संपादकीय Editorial |
|
|
|
नयाँ नेपालको नयाँ
प्रधानमन्त्री प्रचन्ड |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» Nepal's new Prime Minister Prachanda. Outgoing PM Girijaprasad Koirala. Photos courtesy: Sunrise-blogs.gelman.gwu.edu, Sun Set-theflatearthsociety.org, Prachanda by Sitaram, Girija P. Koirala by eEyeCam. Illustration: eEyeCam अन्तत: संबिधान सभाको चुनाव सम्पन्न भएको चार महिना पछि नयाँ नेपालले नयाँ प्रधानमन्त्रिको रुपमा माओवादीका अध्यक्ष प्रचन्ड उर्फ पुष्पकमल दाहाललाई पाएको छ। यि चार महिना बिच थुप्रै ऐतिहासिक कामहरु भए- देश संघीय गणतन्त्र घोशित भयो, शाह राजातन्त्रको तीन सय बर्षको छत्रछाँया र राज समाप्त भयो, जनताका छोराहरु राष्ट्रपति र उपराष्ट्रपति भए। तर सबैभन्दा दु:खद पक्ष चाँही फोहोरी राजनीतिक तिकडमको श्री गणेश पनि यसै चार महिना भित्र शुरु भए। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि भएका राजनीतिक जोड-घटाऊ र दाउ-पेचको कारण माओवादीलाई जङ्गलबाट सिंहदरबारसम्म बिना रक्तपात ल्याउन महत्वपूर्ण भूमिका खेलेको दल नेपाली काङ्ग्रेसलाई राष्ट्रिय एकता सरकारमा सामेल गर्न नसक्नु माओवादी नेत्रित्वको लागि भबिश्यमा फलामको च्युरा चबाउनु सरह हुने निश्चित छ। सत्तामा पुग्नका लागि एमाले र काङ्गेसले राष्ट्रपति, उपराष्ट्रपति चयनका बेला देखाएको लोभिपापी खेल र यसपाली माओवादीले सत्तामा पुग्न कै लागि काङ्गेसकै सिको गर्दै नयाँ गठबन्धनको लोभिपापी खेलको पुनराबिर्ती गर्नु अर्को बिडम्बना हो। अब संबिधान सभाको ध्यान नयाँ संबिधान निर्माणतिर तु जानु जरुरी छ। नयाँ सरकार चाँही जनतालाई राहत दिलाउन र देश बिकासमा लागि हाल्नु पर्छ। शिर्फ नयाँ संबिधान निर्माणको 'गहन दायित्व' को कुरो मात्र गरेर जनता अर्को दुई बर्ष महंगी र बेरोजगारीको मार सहेर बस्न सक्ने स्थिती छैन। सभासदहरुले अन्य भत्ताबाहेक धमाधाम रु पचास हजार मासिक तलब हजम गर्ने तर जनता चाँही बिहान बेलुकी मुख जोड्नै नसक्ने स्थिती रहिरहे फेरी बिद्रोह हुनेछ। नेपालमा बुलेटको माध्यमबाट जनताको मुक्ती ल्याउन कस्सिएका माओवादी जनमुक्ती सेनाका सुप्रिम कमान्डर कमरेड प्रचन्ड उर्फ पुष्पकमल दाहाल नै ब्यालेट (मत) को माध्यमबाट देशको प्रधानमन्त्री बने पछि बिगत १२ बर्षदेखीको जन युद्धको कालखन्डबाट मात्र पार लागेको हैन शदियौंदेखीको सामन्तबादी राजतन्त्रको अन्त्यसँगै अब भने नेपाली जनताले देशमा शान्ती र बिकासको आशा गर्नु स्वाभाबिक भएको छ। नेपाली जनताको जय होस्। August 15, 2008, New York, USA |
|
| पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives» | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||