![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
डा. भटृचनको साप्ताहिक झटारो-१२ |
||
|
नेपालमा प्राज्ञिक समुदायकेा भूमिका के हुनु पर्ला? Dr. Krishna B. Bhattachan, Ph.D.यो लेख PDF यो लेख पढ्न तपाईंको कम्प्युटरमा प्रीती फन्ट हुनु पर्छ। प्रीती फन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। तेस पछी तपाईंको कम्प्युटरको 'C' ड्राइव मा भएको फन्ट फोल्डरमा Save शेभ गर्नुहोस्। PDF फाइल पढ्न Acrobat Reader चहिन्छ्, यदि छैन भने फ्री डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस् डा. कृष्ण भट्टचन बिषय प्रवेश सामाजिक आन्दोलनहरुको सफलता सबैभन्दा पहिला प्राज्ञिकहरुले के कति गहन भूमिका खेल्न सक्यो भन्ने यथार्थतामा निर्भर हुन्छ । प्राज्ञिक तहमा अघि बढे पछि मात्र समाजका अन्य व्यक्तिहरु खासगरेर कर्मचारीहरुले पछ्याउने गर्छन् र त्यस् पछि मात्र किसान र मजदूरहरुले पछ्याउने गर्छन् । कुनै पनि सार्थक सामाजिक आन्दोलन वा विद्रोह वा क्रान्तिहरुमा किसान र मजदूरहरुको निर्णायक भूमिका रहनेगर्दछ । यसपालीको साप्ताहिक झटारोमा आदिवासी जनजातिका सवालहरुमा मात्र केन्द्रित नभएर सबैको सरोकार भएको प्राज्ञिक समुदायको भूमिकाका वारेमा केन्द्रित छ । नेपाली शब्दकेाषमा प्राज्ञिक शब्दकेा परिभाषा पढ्ने पढाउने साहित्यीक वा शास्त्रीय र सिद्धान्त र तर्कमा बढि सरोकार राख्ने अव्यावहारिक भन्ने अर्थमा लिएकेा पाइन्छ । प्राज्ञिक भन्नाले शिक्षक विद्यार्थि अनुसन्धाता लेख रचनाकारहरु र अन्य बौद्धिक वर्ग पर्दछन् । प्राज्ञिक समुदायको भूमिका एकातिर जर्मन दार्शनीक र समाजशास्त्री युर्गेन हाबरमासले ज्ञान र स्वार्थ विच अन्तर सम्बन्ध छ भनेर देखाएकेा छ भने अर्कोतिर प्रुान्सेली दार्शनीक मिशेल फूकोले ज्ञान र शक्ति विच पनि अन्तर सम्बन्ध छ भनेर देखाएकेा छ । दूवै दार्शनिकहरुका लागि ज्ञान समानरुपमा महत्वपूर्ण छ । ज्ञान संग स्वार्थ मात्र वा शक्ति मात्र सम्बन्धित छैन । मेरो विचारमा ज्ञान स्वार्थ र शक्ति तिनै कुरा अन्तरसम्बन्धित छ । प्राज्ञिकहरुको दक्षता ज्ञान संग गांसिएकेाले स्वत स्वार्थ र शक्ति संग पनि गांसिएकेा छ । त्यसैले प्राज्ञिकहरुको भूमिकाका कुरा गर्दा केहि प्रश्नहरु महत्वपूर्ण हुन आउंछः ज्ञान कस्को र कस्तो स्वार्थ पूर्तिकालागि नियन्त्रणकालागि हो की बहसकालागि हो की मुक्तिकालागि हो । नेपालकेा सन्दर्भमा कुरा गर्ने हेा भने चाहे निरंकुश निर्दलीय पाचायत व्यवस्थामा होस वा विगत १२ वर्षकेा बहुदलीय व्यवस्थामा होस् वा असोज १८ पछिकेा राजाकेा हातमा कार्यकारी अधिकार लिएकेा अवस्थामा होस् वा अहिलेको संक्रमणकालमा होस् केहि प्राज्ञिकहरुले आफ्नो ज्ञान शेाषण दमन र उत्पीडनमा परेकाहरुकेा मुक्तिकालागि केहिले बहसकालागि र केहिले नियन्त्रणकालागि गर्ने गरेको देखिन्छ । मेरो विचारमा प्राज्ञिकहरुले उत्पादन गर्ने ज्ञान कसैमाथि नियन्त्रणकालागि हुन हुंदैन बरु यो विभीन्न प्रकारका शोषण दमन र उत्पीडनमा परेकाहरुकेा मुक्तिकालागि बहसका माध्यवाट अन्ततः मुक्तिकालागि मात्र हुनु पर्दछ । विगतमा केहि प्राज्ञिकहरुले ज्ञानलाई निरंकुश शासकहरुले जनतामाथि नियन्त्रण गर्नमा प्रयोग गर्न थिए र यो गलत व्यवहार विगत बाह वर्षकेा वेष्ट मिनिष्टर शैलीकेा संसदीय अर्थात बहुदलीय राजनैतिक व्यवस्था जहां जीतुवाले सबै कुम्ल्याउन पाउने धेरैलाई लाखापाखा पार्ने बहुदलीय राजनैतिक व्यवस्था अन्तर्गत पनी हावी भएकेा देखियो । नियन्त्रणकालागि प्रयोग हुने ज्ञान निरंकुश जनविरोधी बाहुनवादी पितृसत्तावादी पहाडीया एकाधिकार लगायतका एकाधिकारवादीहरुलाई नियन्त्रण गर्नमा प्रयोग हुनु पर्ने हो तर यसको ठिक उल्टा शोषण् दमन उत्पीडनमा पारिएका आदिवासी जनजाति दलित मधेशी आदिहरुलाई नियन्त्रण गर्नमा दुरुपयोग भइरहेकेा छ । वास्तवमा सबै प्राज्ञिकहरुले मुक्तिकालागि मात्र योगदान दिनु पर्ने हो तर यस्तो पनि हुन सकीरहेकेा छैन । त्यस्तै गरेर ज्ञान र शक्ति वीच पनी अन्तर सम्बन्ध छ । त्यसैले प्राज्ञिकहरुको भूमिकाका कुरा गर्दा केहि प्रश्नहरु महत्वपूर्ण हुन आउंछः ज्ञान कुन शक्तिकालागि शोषक वर्ग ओभर डग का लागि वा शोषित वर्ग अन्डर डग का लागि प्राज्ञिक वर्गले उदाङ्गो वनाउने पर्ने कस्लाई शोषक वर्ग ओभर डग का लागि वा शोषित वर्ग अन्डर डग का लागि नेपालमा १७६९ देखि आजसम्म अर्थात विगत २३९ वर्ष सम्म ज्ञान स्वार्थ र शक्तिकेा एक प्रकारकेा खाका हावी रह्यो । अव ज्ञान स्वार्थ र शक्तिकेा अर्को खाका निर्माण हुन पर् यो । त्यो खाका भनेकेा ज्ञानलाई मुक्तिकेा स्वार्थमा र पिडीत अन्डर डगकेा हातमा शक्ति पुर् याउन प्रयोग हुनु पर्यो । प्रशिद्ध जर्मन दार्शनिक र समाजशास्त्री युर्गेन हाबरमासले व्यवस्था वा सिष्टमकेा विकास जीवन संसार अर्थात लाइफ वल्र्डकालागि विकास भएकेा तर व्यवस्थाले जीवन संसारलाई उपनीवेश बनाउने गरेकेा समस्या उजागर गरेकेा छ । नेपालकेा सन्दर्भमा विगतका राजनैतिक सामाजिक र आर्थिक व्यवस्थाहरु सबैले नेपाली जनताकेा जीवन संसारलाई उपनीवेश बनाएकेा कुरा हामी सबैलाई विदीतै छ । अव प्राज्ञिक वर्गकेा मूख्य ऐतिहासिक भूमिका निश्चितरुपमा यी व्यवस्थाहरुले जिवन संसारमाथि उपनीवेश बनाउन वाट रोक्नु हो । डा. कमल प्रकाश मल्लले भन्नु भए जस्तै प्राज्ञिक वर्ग विगतका र वर्तमानका कर्मकाण्डीय व्राह्मण पुरेत धर्मशास्त्र फलाकेर बस्ने जस्तो निश्चितरुपमा हुनु हुंदैन । उनीहरुले समाजमा परिवर्तन ल्याउन ठोस योगदान दिनु पर्दछ । डा. मल्लले भन्नु भए जस्तै प्राज्ञिक र बुद्धिजीवीहरुमा इमान्दारीता र प्रयाशमा इन्टेग्रीटी आफ्ना आदर्श र विश्वास कन्भीक्शन संग पूर्णतः प्रतिबद्ध हुनु जरुरी छ । प्रशिद्ध समाजशास्त्री इमान्युयल वालस्रस्टाइनले भने जस्तै नेपालका प्राज्ञिक र बुद्धिजीवीहरुले पनी निम्न तिन वटा भूमिका निभाउनु पर्दछ भन्ने म ठान्दछुः हामी कहां जांदै छौं भन्ने कुराकेा बौद्धिक मूल्यांकन । हामी कहां जान चाहन्छौं असल समाज भनेकेा कस्तो हुन्छ कस्तो समाजकेा निर्माण सम्भव छ भन्ने कुराकेा नैतिक मूल्यंाकन र हामी जहां पुग्नु पर्ने विश्वास छ त्यो ठाउंमा हामी पूग्न सक्ने कस्तो सम्भावना छ त्यस्केा राजनैतिक मूल्यांकन । चाल्सर्् ग्याटोनका अनुसार प्राज्ञिकहरुकेा तिन वटा भुमिका हुन्छन् जुन नेपालकेा सन्दर्भमा पनि सान्दर्भीक देखिन्छःः १ प्राज्ञिक र वौद्धिक वर्ग राजनैतिक सल्लाहकारकारुपमा आफनो विश्व दृष्टिकेाण समाहित गर्ने की राजनैतिक नेताहरुको आफनो प्रतिबद्धता र उत्ररदायीत्वका आधारमा गर्ने निर्णकलागि विश्लेषण मात्र प्रदान गर्ने । २ प्राज्ञिक र वौद्धिक वर्ग शिक्षा दिनेका रुपमा जनतालाई जनमतमा प्रभावित गरी चेतना बढाउने । ३ प्राज्ञिक र वौद्धिक वर्ग सार्वजनीक कृयाकलापमा पब्लीक अफेयस्र मा मुख्य भूमिका भनेकेा वर्तमानकेा प्रभुत्वशाली ज्ञानकेा खाकामाथि प्रश्न उठाउने र भावी असरहरुका वारेमा सृजनशील विश्लेषण गर्ने । अमेरिकी समाजशास्त्री सि। राइट मिल्सका अनुसार चिन्तकहरुले आफूलाई राजनैतिक संघर्षकेा दौरानमा सत्य संग सम्बन्ध राखेन भने उसकेा जीवन अनुभवलाई उत्तरदायीपूर्ण तरिकाले जुझन सक्दैन । म्याक्स बेलफले भने अनुसार बुद्धिजीवीहरु शक्ति संरचना वाट वाहिर रहन्छ र वर्तमान सामाजिक व्यवस्थाकेा आलोचना गर्दछन् । त्यसैले जुलीयन बेन्दाले भने जस्तै बुद्धिजीवी त्यो हेा जस्ले जतीसुकै शक्तिशालीसंग पनी शब्दहरु नचपाई सत्य कुरा गर्न सक्ने क्षमता राख्दछ र जो अत्यन्त मुखर साहसी र आक्रोशीत व्यक्ति हो जो जतीसुकै ठुला वा साना सांसारीक शक्ति भन्दा माथि रहन्छ । एडवार्ड शइदले भन्नु भए जस्तै प्राज्ञिकहरुमा आफू सामुन्ने जे छ तयो भन्ने साहस हुनु पर्दछ । मेरो विचारमा नेपालकेा अहिलेकेा परिस्थितीमा प्राज्ञिक वा बुद्धिजीवीकेा भूमिका निम्न वमोजिम हुनु पर्दछः १ अनुसन्धान २ जनवकालत ३ शिक्षण र प्रशिक्षण ४ संगठन निर्माण र ५ सामाजिक परिचालन । नेपालका प्राज्ञिक र बुद्धिजीवीहरुले अहिलेकेा समसामयीक जल्दा वल्दा प्रश्नहरुमा चिन्तन र मनन गरेर राजनैतिक शक्तिहरु राजनैतिक नेता तथा कार्यकर्ताहरु विकासे उद्योगमा लागि परेकाहरु र सर्वसाधारण नेपाली जनताहरुलाई स्पष्ट बाटो देखाउन सक्नु पर्दछ । नेपालका सबै प्राज्ञिकहरुले एउटा प्रश्न आफूले आफैलाई र आफ्ना समकालीनहरुलाई सोध्नै पर्ने हुन्छ । त्यो प्रश्न हेा - भविष्यमा भावि िपंढीहरुले अहिलेकेा प्राज्ञिक वर्गलाई के कसरी मूल्यांकन गर्ला के प्रश्न केा उत्तर निम्न दुई मध्ये कुन हो शोषित र पिडीत जनताकेा पक्षमा ऐतिहासिक दायित्व कुशलता पुर्वक निभाएर इतिहास भएर जिएकेा िपंढी वा आफ्नो स्वाभीमानलाई बन्धक राखेर जीवनीकेा रुपमा जिएकेा िपंढी मेरो विचारमा यो प्रश्नको उत्तर ईतिहास भएर जिउने हो जीवनी भएर जीउने होईन । अन्त्यमा हामी सामाजिक आन्दोलनमा लागेकाहरु खासगरेर आदिवासी जनजाति दलित मधेशी महिला अधिकारवादी आन्दोलनमा लागेकाहरुले प्राज्ञिकहरुको भूमिकालाई बढाउन आवश्यक छ । अन्यथा भावनालाई मात्र अघि बढाएर प्राज्ञिक कमि कमजोरी रहेको खण्डमा सामाजिक आन्दोलनहरुले अधिकतम उपलब्धिहरु हासिल गर्न सक्दैन । त्यसैले स्वदेश र विदेशमा भएका आदिवासी जनजाति दलित मधेशी महिला प्राज्ञिक व्यक्तिहरुले आपुूले सक्दो योगदान गर्न आवश्यक छ ।
March 2, Kathmandu सुप्रसिद्ध समाजशास्त्री डा कृष्णबहादुर भटृचन आदिबासी जनजाती आन्दोलनका अगुवा हस्ती हुनुहुन्छ। हरेक साता शुक्रवार वहाँले लेख्नु हुने साप्ताहिक झटारो पढ्न नभुल्नु होला। डा. भटृचनका पुराना लेखहरु Archive: साप्ताहिक झटारो-१: 'मधेशिको आफ्नै राजनीतिक दल बनाउने आँट, आदिबासि-जनजातिर दलितका लागि पाठ' साप्ताहिक झटारो-२: के स्वायत्ततको माग विखण्डनकारी र साम्प्रदायीक हो? साप्ताहिक झटारो-३: सात दलका २३ बुंदे सहमति: माछा-माछा भ्यागुता साप्ताहिक झटारो-४: जातीय समाधान: नाक, छाला को रङ्ग र क्षेत्र कि बर्गबाट? साप्ताहिक झटारो-५: संघात्मकता र स्वायतताका गाँठाहरु साप्ताहिक झटारो-६: सोइ ढोले सोइ, हाम्रो राजनैतिक दल खोइ? सोइ ढोले सोइ, हाम्रो शक्ति खोइ? साप्ताहिक झटारो-७: सामूहिक हिंसाको राजनीति किन भुसको आगो झैं सल्कदै छ? साप्ताहिक झटारो-८: नेपालमा किन कसैले कसैलाई विश्वास गर्दैन? विश्वासको संकटको साढे सातको दशाबाट कसरी पार हुने? साप्ताहिक झटारो-९: संबिधान सभाको निर्वाचन अघि र पछि के के गर्नु पर्ला? साप्ताहिक झटारो-१०: जल, जमिन, जङ्गल र अन्य प्राकृतिक स्रोतहरुमाथि आदिबासि-जनजातीको अधिकार के? साप्ताहिक झटारो-११: समानुपातिक निर्वाचनमा आदिबासी जनजाती आन्दोलनकर्मिहरुको सङ्लग्नता कति ठीक कति बेठिक? नेपाल आदिबासी जनजाती महासंघको अध्यक्ष र महासचिब एमाले र माओवादीले मनोनित गरे |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®