Inside

All Time Top 50 News

अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 21 October 2010 09:46
Article Index
अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !
Awards, Media coverage about EDWON & Bishnu Maya Pariyar's works
All Pages

Updated: Exclusive interview & feature story: 3 videos, 36 images: न्यू योर्क / बोस्टोन- अमेरिकि गड मदरको सहयोगमा उच्च शिक्षा हाँसिल गर्न अमेरिका छिरेकी एक मिहिनेती दलित नारीको संघर्ष र सफलताको साँचो कहानी हो यो। नेपालको गोर्खा जिल्लाको दुर्गम गाउँ ताक्लुङकि बिष्णुमाया परियारले अमेरिकामा कसरी स्नातकोत्तर (एमए) गरिन्, कुन कामकालागि एक दर्जन अन्तरराष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित भईन् र पाँचै बर्षमा डेढ करोड रुपैयाँ आफ्नो गाउँ र अरु ७ जिल्लाका २५ सय महिला र ३ हजारबेशी स्कुले बालबालिकाकोलागि लगानी गर्न सफल भईन्? उनको यो पत्याइ नसक्नुको सफलता र उनी दलित भएकै कारण बेहोर्नु परेको खपिनसक्नुको उत्पिडनको कथा कुनै दन्त्य कथाको कहानी होइन बल्की नयाँ नेपालमा अझै बिद्यमान परिपाटी र नियतीको एउटा पाटो हो। सुन्ने हो उनको त्यो कहानी? युएस नेपाल अनलाइनले तिनै संघर्षशील नारी ब्यक्तित्व बिष्णुमाया परियारसंग लिएको बिशेष भिडियो वार्ता हेर्नुहोस्:

 


Bishnu Maya Pariyar, Founder, Empower Dalit Women of Nepal (EDWON). Photos: eEyeCam.com

Interview with Bishnu Maya Pariyar, EDWON founder, Part-I

उनी को हुन्?

Empower Dalit Women of Nepal (EDWON) कि संस्थापक हुन्- बिष्णुमाया परियार ।

EDWON स्थापनाको रोचक कहानी

आफ्नी अमेरिकि आमा (God Mother) इभा क्यासेल, जो EDWON कि अहिले अध्यक्ष छिन्, लाई बिष्णुमायाले एक क्रिसमसमा नेपालमा दलित महिलाले बुनेको पछ्यौरी उपहार दिंदा क्यासेलले त्यस्ता पछ्यौरीहरु अरु किनीदिन सके नेपालमा दलित उद्धमी महिलाहरुलाई टेवा पुर्याउन सकिने कुरो गरेपछि सन् २००३ मा Empower Dalit Women of Nepal (EDWON) स्थापना गरिएको रोचक घटना उनले सुनाइन् । तर सन् २००६ सम्म आइपुग्दा बर्षमा २८ हजार अमेरिकि डलर संङ्कलन गर्न सफल भएपछि अमेरिकि राज्य मासाचुसेट्सको बोस्टोन शहरमा मुनाफारहित संस्थाको रुपमा दर्ता गरेरै काम शुरु गरिएछ। हुँदा हुँदा सन् २००८/२००९ मा EDWON ले ७३ हजार डलर संकलन गर्न सफल भएको कुरा संस्थापक परियारले युएस नेपाल अनलाइनलाई गर्बकासाथ उल्लेख गरिन्।



EDWON को अनुदान र त्यसका लाभकर्ता को हुन्?

सन् २००६ यता मात्र EDWON ले २ लाख २९ हजार २४९ अमेरिकि डलर (एक करोड ६२ लाख रुपैयाँ) अनुदान संकलन गर्न सफल भएको छ भने त्यसको प्रतक्ष लाभ उठाउन सफल भएका छन्- गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका २५ सयभन्दा बेशी गरीब दलित र गैर दलित महिलाहरु र ३ हजार बेशी बालबालिकाहरु ।

EDWON महिलाहरुलाई माइक्रो फाइनान्स पद्दतीद्वारा आर्थिक सशक्तिकरणतर्फ उन्मुख हुन मद्दत गर्छ भने बालबालिकाकोलागि निशुल्क शिक्षाको र सहुलियत प्रदान गर्दछ।

EDWON को यो लगानी नेपालमा २० बर्षको कलिलो उमेर छँदा बिष्णु मायाले सन् १९९६ मा स्थापना गरेको दलित महिला उत्थान संघमार्फत गरिन्छ।

Interview with Bishnu Maya Pariyar, EDWON founder, Part-II



पुरस्कारको पोको र गाउँ र दलित महिला र बालबालिकाहरुको सेवा गर्ने धोको

अमेरिकाको एक प्रतिस्ठित विश्वबिद्यालय क्लार्क युनिभर्सिटीबाट International Development and Social Change बिषयमा एमए गरेकी बिष्णु माया परियारले आफुलाई एक जमानामा पानी छुन नदिने ठुला जात भनाउँदाहरुकालागि स्कूल र माइक्रो फाइनान्स्मा अनुदान गरेर र दलित महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर नेपाली समाजमा बिद्यमान सामाजिक असमानता र छुवाछुतको पर्खाललाई ढाल्न सफल भएकिछिन्। त्यसैले नेताहरुको खोक्रा भाषण र एन्जिओ, आइएन्जिओहरुको सेमिनारले नेपाली जनताको भोको पेट नभरिने, नाङ्गो शरीर नढाकिने र सामाजिक बिभेदको अन्त नहुने ठोकुवा गर्दै साँच्चैको नयाँ नेपालकोलागि जनताको तहमा पुगेर काम गर्नु पर्ने कुरामा जोड दिन्छिन्।


Bishnu Maya Pariyar, Founder, Empower Dalit Women of Nepal (EDWON). Photos: eEyeCam.com

उनको यही प्रतिज्ञा, समर्पण र सफलताकोलागि उनले झन्डै एक दर्जन अन्तरराश्ट्रिय र स्थानीय पुरस्कार, सम्मानहरु पाएकिछिन् जसले उनको उचाइलाई अझ माथि माथि पुर्याउँदो छ। तर उनी भन्छिन्- "म नेपाल मै फर्केर केही गर्छु। मैले जति सुकै शिक्षा हाँसिल गरेपनि नयाँ नेपाल बनाउन म जस्ता युबाहरुको खाँचो छ ।"

बिष्णु मायाले यसो भनी रहँदा उनको आँखामा EDWON ले गरेको काम, सफलताको सन्तुस्टी, आत्मबिश्वास र नयाँ नेपालको मुहार बदल्ने उनको सपना फगत सपना मात्र होइन भन्ने कुराको प्रतिबिम्ब उनको अनुहार भरी छचल्की रह्यो। हामी कामना गरौं- उनको नेपाल आमाको मुहार हँसाउने सपना साकार होउन्।

Interview with Bishnu Maya Pariyar, awards, news coverage-III



बिष्णु माया परियारले प्राप्त गरेका सम्मान र स्कलर्शिपहरु:

1. 2010: Solute our Hero Award by Association of Nepali in America (ANA)
2. 2010: Exclent in Social work Award For Social Work by Himalayan Lion’s Club of New England, MA
3. 2007: Perdita Huston Activist for Human Rights Award. United Nations Association of USA awarded $5000 in recognition of the life and work of outstanding advocates for women's rights in the developing world.
4. 2007: E-Achievement Award. E-town and Cargosy Foundation granted to celebrate those who are making a positive difference in their communities and beyond.
5. 2007: Margaret McNamara Memorial Award. World Bank Family Network $11,000 scholarship support awarded to women committed to improving the lives of women and children in their home countries.
6. 2005-2007: Social Change Fellow 2005-2007, Clark University, Worcester, MA awarded for work on behalf of women and children
7. 2006: Woman of the Year 2006 by Indian New England Newspaper, Cambridge, MA awarded in recognition of South Asian women who played a critical role in shaping their society


8. 2006: Bridge Builder award by Kennedy School of Government, Harvard University, Cambridge, MA awarded to recognize grassroots leaders in international development and community organizing
9. 2004: Pauline Tompkins Award by Pine Manor College, Chestnut Hill, MA granted for excellence in scholarship in the field of political science
10. 2004: Women’s Leadership Award by Pine Manor College, Chestnut Hill, MA granted for leadership on women’s issues
11. 2004: President’s Cup Award by Pine Manor College, Chestnut Hill, MA awarded for inclusive leadership and academic achievement
12. 2002-2004: Leadership Scholarship, Outstanding Student Scholarship by Papa John Scholarship, and Class of 1994 Alumni Scholarship Pine Manor College, Chestnut Hill, MA awarded for outstanding studentship
13. 2003: The Dr. Ambedkar Award 2003 by Association of International Dalit Organizations, Vancouver, Canada presented for outstanding and dedicated service to the Dalit community
14. 1993-1996: Manakamana Women’s Scholarship by The Himalaya Foundation, Kathmandu, Nepal Awarded for excellence in leadership on campus


EDWON को सहयोग उत्सब (Fundraising Festival)

प्रसंग Empower Dalit Women of Nepal (EDWON) को अक्टोबर २२ तारिखमा अमेरिकि राज्य मासाचुसेट्सको बोस्टोन शहरमा हुन लागेको पहिलो सार्वजनिक सहयोग उत्सब (Fundraising Festival) को हो, जहाँ संस्थापक परियार र उनका अमेरिकि सहयोगी दिदी बहिनीहरुले नेपाल कै कलाक्रिती, सामाग्री र नेपाली संस्क्रिती पस्केर आर्थिक सङ्कलन गर्नेछन् जुन नेपालका गरीब र निमुखा दलित र गैर दलित महिलाहरुको सशक्तिकरण तथा बालबालिकाहरुको शिक्षाकोलागि खर्चिइनेछ।

उक्त सहयोग उत्सबमा न्यू योर्ककि चर्चित युबा गायिका पबिता बाग्चन्द परियार र न्यू योर्क कै प्रतिभाशाली न्रित्याङ्गना ८ बर्शिय बालिका सालीना श्रेष्ठको बिशेष प्रस्तुती रहनेछ। साथै बोस्टन शहरमा बसोबास रहेका देबी ओली, मनोजराज शिवाकोटीलगायतका कलाकारहरुको प्रस्तुती पनि रहनेछ।

Live Broadcasting by 9 Nepalese news portals from USA, Canada & UK

EDWON को सहयोग उत्सब (Fundraising Festival) अमेरिका, क्यानाडा र बेलायतका ९ वटा नेपाली अनलाइन न्यूज पोर्टल्सहरुद्वारा EDWON को बिशेष अनुरोधमा प्रतक्ष प्रसारण गरिने चाँजोपाँजो मिलाइएको छ।

 




उक्त सहयोग उत्सबका मिडिया पार्टनरहरु हुन्:

1. www.usnepalonline.com
2. www.bostonnepal.com
3. www.presschautari.com
4. www.torontonepal.com
5. www.nepalmediacafe.com
6. www.hamrosamaj.net
7. www.nepalisamachar.com
8. www.sahityaghar.com
9. www.nepalicount.com

यो पंक्तिकारका सहकर्मी सम्पादकहरु बोस्टन नेपाल डट कमका मिलन गुरुङ, प्रेस चौतारी डट कमका प्रशान आलुङ राइ, टोरन्टो नेपाल डट कमका इश्वर थापा मगर, नेपाल मिडिया क्याफे डट कमका सुशिल न्यौपाने, हाम्रो समाज डट नेटका ध्रुब थापा, नेपाली समाचार डट कम र साहित्य घर डट कमका विश्वाशदीप तिगेलाले युएस नेपाल अनलाइनको तजबिजमा गरिने लाइभ स्ट्रिमिङलाई आ-आफ्नो अनलाइन न्यूज पोर्टल्सद्वारा प्रतक्ष प्रसारण गर्नु हुनेछ।

उक्त प्रतक्ष प्रसारणमा पंक्तिकारलाई युएस नेपाल अनलाइनका बिशेष सहयोगी प्रतिनिधि यम अधिकारीले साथ दिनुहुनेछ।

यस अघी यसरी सामुहिकरुपमा नेपाली अनलाइन न्यूज पोर्टल्सहरुले प्रतक्ष प्रसारण गरेको चाँही गत सेप्टेम्बर ४-५ मा केन्टुकी राज्यको लेक्जिङ्टन शहरमा सम्पन्न ANMA र NASeA को संयुक्त सम्मेलन हो। (Read)

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Read most popular feature stories by Pradeep Thapa:

-न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी

-न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्

-"न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

-न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !

-Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

एक करोड ३० लाख रुपैयाँको पुरस्कारका लागि उनी न्यू योर्कमा

- Let's Celebrate Nepalese Womanhood in New York City !

-Special feature: Less Than $ 2 Dollars: Woman’s Body Is on Sale! (5 Photos)
निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका-
-Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3; NJ; VA; Boston; UK

-नेपालको इतिहासमा पहिलो महिला नेतृ बनिन्‌ रामकुमारी झाँक्री (5 Photos)
-Nepalese Women in Decision Making Role (4 photos)
-8 Month Old Baby Left at Home while Mother Fought On the Battle Field
Maoists Female CA Members share Their experiences about a decade long conflict in Nepal
-Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)


अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

Awards, Media coverage about EDWON & Bishnu Maya Pariyar's works | All Pages



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.