Inside

All Time Top 50 News

जातीय बिभेदको अन्त्यकालागि कृयाशिल बिष्णुमाया परियारको पुस्तक बिमोचन, चर्चित गायक यश कुमार सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Santa Bagam   
Tuesday, 01 February 2011 20:54

Special: 6 photos: काठमाडौं- २१ औं शताब्दीमा पनि कथित ठूलो जात र सानो जातको विभेद भोग्न बाध्य हुनेहरुकाबारे विष्णुमाया परियारद्वारा लिखित 'नेपालमा जातीय विभेद र सामाजिक सङ्घर्ष' (कास्ट डिस्कि्रमिनेसन एन्ड सोसल स्ट्रगल इन नेपाल) पुस्तक सार्वजनिक गरिनुकासाथै चर्चित गायक यश कुमारलाई सम्मान कार्यक्रमको आयोजना गरिएकोछ ।



Singer & actor Yash Kumar and Bishnu Maya Pariyar in Kathmandu on Feb 1, 2011. Photo courtesy: Bindu Thapa Pariyar


जातीय छुवाछुत विरुद्ध विष्णुमाया परियारद्वारा लिखित 'नेपालमा जातीय विभेद र सामाजिक सङ्घर्ष' (Caste Discrimination & Social Struggle in Nepal) नामक पुस्तक माघ १८ गते राजधानीस्थित वर्ल्ड ट्रेड सेन्टरमा सार्वजनिक गरिएको हो ।

नेपाल दलित महिला उत्थान सङ्घ (ADWAN) द्वारा आयोजित समारोहमा व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति सन्ध्या देवीले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । सभापति सन्ध्या देवीले पुस्तकले दलितका दुःख र पीडालाई सङ्ग्रह गरेकाले सबैकानिम्ति सङ्ग्रहणीय रहेको धारणा राखिन् ।


The Chief Guest Sandhya Devi, Bishnu Maya Pariyar and other guests at the event in Kathmandu. Photo: Santa

उक्त पुस्तककि लेखिका परियारले विभिन्न समयमा आफूले समाजमा दलित हुँदा भोग्नुपरेको जीवनका अनुभवलाई समेटेर पुस्तक लेखिएको चर्चा गरिन् । मन्तव्यको क्रममा लेखिका परियार भावुक पनि भइन् । साँवा अक्षर नचिन्ने आमाले आफूहरुलाई पढ्न प्रेरित गर्नु भएको भन्दै उनले मन्चमै आँशु झारिन् । छोरीलाई पढाउन हुँदैन भन्ने गलत संस्कार भएको समाजमा बसेर पनि १० बहिनी छोरीहरुको शिक्षादिक्षामा जोड दिएको भन्दै परियारले आफ्नो बुबालाई सलाम दिइन् ।


एकै हप्तामा कामको जिम्मेवारी फरक फरक: Changing face of a Social Entrepreneur: from Boston to Dubai to Nepal: She is in Dubai at 5th NRN Conference on Jan 15, 2011 (Photo by Khem Nath (Madhu) Paudyal) & in Gorkha, Nepal on Jan 22, 2011 (Photo by Bindu Thapa Pariyar). Bishnu Maya’s parants live in Taklung, Gorkha, Nepal. When she visits them she needs to fetch grass and tree leaves for their cattle as her all 8 sibling are married, (2 died in early age) and her only brother is in the U.S. His wife lives with their parents. Learn more about her work at: www.DalitEmpower.org

आफूले विगतमा भोगेको पीडालाई शक्तिमा बदल्न आफूले अमेरिका बसेर पनि विभिन्न सेवा मुलक कार्यक्रममा हात हालेको बताइन् । उनी नेपालस्थित नेपाल दलित महिला उत्थान सङ्घकि संस्थापक अध्यक्ष र अमेरिकास्थित इम्पावोर दलित वुमन अफ नेपाल (Empower Dalit Women of Nepal-EDWON) संस्थाकि संस्थापक हुन्। उनले अमेरिकाको क्लार्क विश्व बिद्यालयबाट 'अन्तरराश्ट्रिय बिकास र सामाजिक परिबर्तन' बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन् भने उनले नेपालमा गरेको प्रसंसनीय कार्यकालागि एक दर्जनभन्दा बेशी अन्तरराष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित हुन सफल भएकिछिन्।

एड्वोन अमेरिकाले बिगत ५ बर्षदेखी साढे दुई लाख अमेरिकि डलरभन्दा बेशी अनुदान सङ्कलन गरी नेपालका दलित महिला, बालबालिका र अन्य बिपन्न समुदाय उत्थानकालागि लगानी गर्न सफल भएकोछ। गत बर्ष सन् २०१० मा संस्था ले ७७ हजार ५ सय ६२ अमेरिकि डलर अनुदान संकलन गरेको थियो जस मध्ये ५७ हजार ९८९ अमेरिकि डलर सिधै नेपालमा लगानी गरिएको थियो।

उनको संस्थाको अनुदानद्वारा नेपालका ७ जिल्लाहरु गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका २५ सयभन्दा बेशी गरीब दलित र गैर दलित महिलाहरु र ३ हजार बेशी बालबालिकाहरु लाभान्बित भएकाछन्। (पढ्नुहोस् उनीबारे युएस नेपाल अनलाइनको बिशेष रिपोर्ट र भिडियो वार्ता)


Participants at the event. Photo: Santa


कार्यक्रममा सभासद् तथा पत्रकार विनोद पहाडीले पुस्तकले अन्तर्राष्ट्रिय क्षेत्रमा जातीय विभेदका विरुद्व सामाजिक सङ्घर्ष गर्नकालागि ऊर्जा थपेको उल्लेख गरे ।

राष्ट्रिय दलित आयोगका सदस्यसचिव जीवन परियारले पुस्तकमा महिला सशक्तीकरणकालागि प्रेरणा प्रदान गरेकाले हाम्रो समाजका विभिन्न स्थानमा हुने गरेका जातीय विभेदको अन्त्य गर्नकालागि सघाउने विश्वास व्यक्त गरे ।


The guests and organizers after the event in Kathmandu. Photo courtesy: Bindu Thapa Pariyar

कार्यक्रममा एनआरएन आइसिसीका कार्यकारी डाइरेक्टर होमराज आचार्य, ओपन विश्व बिद्ध्यालयका डा. प्रमोद ढकाल, दलित महिला संघकि अध्यक्ष दुर्गा सोब, दलित एनजिओ महासंघका मोती नेपाली, ओमप्रकाश भि.के., गणेश बि.क. र दलित बुद्धिजिबी हिरा विश्वकर्मालगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।


कार्यक्रममा जातीय छुवाछुतविरुद्ध साङ्गीतिक माध्यमबाट चेतना फैलाएकाले गायक यश कुमारलाई सम्मान गरियो । यश कुमारको 'मैले छोएको पानी चल्दैन...' शीर्षकको गीत सुपरहिट भएको थियो । 'बाटो मुनिको फूल' नामक चलचित्रमा उनी नायकको भूमिकामासमेत देखिएका छन् ।

कार्यक्रम संघकि कार्यबाहक अध्यक्ष गौरा नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन युबा महासंघका अध्यक्ष प्रदिप परियारले गर्नु भएको थियो।

-Santa Bagam in Kathmandu


Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Read our related news:

-न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न

तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णु माया परियार सम्मानित

-अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.