|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीको 'वाइसीएल' सिको गर्दै एमालेको 'युथ
फोर्स' को जन्म Youth Force press meet. Photo: Sharmila. काठमाडौं, June 6, 2008- माओवादीको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को जतिसुकै विरोध गरेपनि अन्य पार्टीका भातृसंगठनहरुलेपनि धमाधक 'वाइसीएल' कै सिको गर्दै लडाकू संगठन निर्माण गर्न थालेका छन् । यसको सुरुवात एमालेले गरेको छ । सो पार्टीको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ (प्ररायुसं) को भर्खरै सम्पन्न बैठकले 'युथ फोर्स' को निर्माण गर्ने निर्णय गरेपछि ठूला राजनीतिक पार्टीका भातृसंगठनबीच भौतिक भीडन्तको सम्भावना बढेको छ । संविधान सभाको निर्वाचनपछिपनि हत्या, अपहरण, चन्दा आतंक, ठाउँ-ठाउँमा चोरी-डकैति र लुटपातका घटना दिनदिनै बढिरहेको भन्दै संघले फोर्स निर्माणको निर्णय गरेको हो । फोर्स निर्माणकालागि संघले कोष्ध्यक्ष महेश बस्नेतको संयोजकत्वमा युवा शक्ति परिचालन विभाग गठन गरेको बताएको छ । 'अहिले समाजमा देखिएका अशान्ति र लुटपातका समस्या समाधान गर्न र शान्तिपूर्वक बाँच्न पाउने नेपाली जनताको चाहना पुरा गर्न यस्तो निर्णय गरेका हौं' संघका अध्यक्ष अजम्बर काङ्गमाङ्गले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने- 'पहिलो चरणमा शहरमा र त्यसपछि विस्तारै उपत्यका, जिल्ला र गाउँ-नगरसम्म यस्तॊ शक्ति विस्तार गरिनेछ।' बाहिरी उद्देश्य जे बताइएपनि यो माओवादीको भातृसंगठन 'वाइसीएल' को 'काउन्टर' कालागि बनाइएको कुरामा बिबाद छैन । एमालेका नयाँ महासचिव झलनाथ खनालले 'वाइसीएल' को ज्यादति जारी रहे त्यसको प्रतिरोध गरिने भनाई सार्वजनिक भएलगत्तै सो पार्टीको युवा संगठनले यस्तो फोर्स निर्माणको निर्णय गरेको छ । 'नेकपा एमाले र निहत्था जनतामाथि भैरहेको आक्रमणको प्रतिवाद-मुकाविला गर्न, सिङ्गो संगठनमा जुझारु क्षमताको विकास गर्न र नागरिक सुरक्षाकालागि नागरिकहरुसँगै एकाकार हुने विशेष योजनाकासाथ अघि बढ्ने संकल्पका साथ यो योजना ल्याइएको हो' भन्ने संघको यो भनाईलेपनि यसको उद्देश्य 'वाइसीएल' सँगै भिड्ने हो भन्ने स्पष्ट हुन्छ । निर्वाचनमा पराजयपछि एमाले र कांग्रेसले युवा संगठनलाई जुझारु बनाउन नसकिएकाले चुनाव हारिएको विश्लेषण गर्दै आएका छन् । यसअघिका निर्वाचनमा एमालेले युवा संघ र कांग्रेसले तरुण दललाई परिचालन गरी चुनावी परिणाम आफ्नो पक्षमा पार्ने गरेका थिए । तर यस पटक माओवादीले 'वाइसीएल' परिचालन गरिदिएकाकारण उनीहरु चुनावमा सफल हुन सकेनन् । राजनीतिक दलहरुले यसरी जुझारु संगठन निर्माणको क्रमलाई निरन्तरता िदंदा समाजमा शान्ति होइन झैझगडा चर्कने सम्भावना बढेको छ । राजनीतिक दलहरुले युवाहरुलाई रचनात्मक कार्यमा प्रयोग गर्नुपर्नेमा राजनीतिक स्वार्थपूर्तिकालागि प्रयोग गर्न थालेका छन् । 'वाइसीएल' विघटनको माग गर्नेहरुबाटै 'वाइसीएल' जस्तै संगठन निर्माण कार्य हुन थालेको घटनालाई बिडम्बनापूर्ण मानिएको छ । - शर्मिला थापा (Sharmila Thapa) in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®