Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले युथ फोर्स लडाकु मारिए पछि देशब्यापी बिरोध

काठमाण्डौं,  28 Mar, 09- बुटबलमा बिहीबार राति एमाले सम्बद्ध युवा संगठन युथ फोस्रका जिल्ला सदस्यको रहस्यमय हत्याको घटनापछि सत्तारुढ एकिकृत नेकपा माओवादी र नेकपा एमाले बीचको सम्बन्ध अचानक चिसिएको छ ।

हत्यामा माओवादी संलग्नताको आरोप लगाउँदै एमालेले दोषीमाथि कार्वाही नभए सत्ताबाट बाहिरिने चेतावनी दिएको छ भने आफ्नो पार्टीमाथि आधारहीन आरोप लगाएर पार्टीमाथि एमालेको तर्फबाट नियोजित आक्रमण भएको बताउँदै माओवादीले एमालेविरुद्ध प्रतिकार गर्ने चेतावनी दिएको छ । नर्वे भ्रमणको तैयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दोषीमाथि कार्वाही गरिने बताएपनि एमालेको आक्रोस भने साम्य भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वुटवल घटनामा जसको संलग्नता भए पनि त्यसलाई सरकार र आफ्नो पार्टीले पनि छानवीन र कारवाही गर्ने वताएका छन् । चैत १५ गते माओवादी संविधान सभा दलकेा वैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले वुटवल घटना पार्टीको नीति योजना अनुसार नभएको भन्दै प्रधानमन्त्रीले त्यस घटना प्रति दुख व्यक्त गरे । चैत १३ गते बुटवल दीपनगरमा एमालेसम्बद्ध युथफोस्रका कार्यकर्ता प्रचण्ड थैवलाई गोली प्रहार गरी हत्या गरिएको थियो ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले घटनाको गहिराईमा नपुगि अनावश्यक राजनीतिकरण गर्न नहुने स्पस्ट बताए । घट्नापछि एमालेले सरकार छाड्ने बताएको थियो । प्रधानमन्त्रीले देश र जनताको पक्षमा ऐतिहाँसिक संक्रमणकाललाई प्रभावित पार्ने गरी उत्तेजना फैल्याउने तर्फ सवै सर्तक रहनु पर्ने उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले आफ्ना सभासदहरुलाई व्यवस्थापिकाको वैठकमा संयमित र जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् । व्यवस्थापिका संसदको वैठक चैत १६ गतेबाट शुरुहुने भएको छ ।

भोलिवाट सदन शुरु हुन लागेको वेला आफ्नो भ्रमण हुनु संयोग जस्तो भएपनि पुर्वनिर्धारित भ्रमण भएको प्रधानमन्त्रीले स्पस्ट पारे ।

दलहरुसंगको आपसि सहमतिमानै भ्रमण तय भएको भन्दै त्यहाँ आफूलॆ जलविद्युत र वायु उर्जा को विषयमा अध्यन गर्ने जानकारी प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड साताव्यापी भ्रमणको लागि नर्वे प्रस्थान गरेका छन् । उनी फिनल्याण्डको समेत भ्रमण सकेर चैत २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

एमालेले हत्यामा माओवादी कार्यकर्ताको हात रहेको दावी गरेपनि जयकृष्ण गोइतले नेतृत्व गरेको तराईमा संघर्षरत अखिल तराई मुक्ति मोर्चाले हत्याको जिम्मेवारी लिएको छ । मोर्चाका त्यसक्षेत्रका इचार्ज राकेश बिद्रँेहीले बतएका छन् । विद्रोहीले बुटवलका साचारकर्मीहरुलाई भारतीय सिमको ००९१-९७९४६११९४१४ नं को फोनबाट सम्पर्क गरी हत्या गरिएका थैबले मोर्चाको नाममा बुटवल र भैरहवाका व्यापारीसँग चन्दा माग गरी मोर्चाका बदनाम गराएकाले सफाया गरिएको बताएका छन् । उनले बताए अनुसार मोर्चाका स्पेशल टास्क फोस्र कमाण्डर प्रबल कमाण्डको टोलीले सो हत्या गरेको थियो ।
 
विहीबार राति बुटवलको दीपनगरस्थित आफ्नो घरतर्फ जाँदै गर्दै एमाले रुपन्देहीका सदस्य प्रचण्डमान थैवको हत्या भएको थियो । राति साँढे १० बजे साथी केशव रोकासँगै मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उनीहरुलाई पछ्याई आएको अज्ञात समूहले उनीहरुमाथि गोली प्रहार गरेको थियो । हानिएका पाँचमध्ये तीन गोली लागेका युथफोस्रका जिल्ला सदस्य थैवलाई लुम्बिनी अचल अस्पतालमा उपचारकालागि लगिएपनि उनी बाँच्न सकेनन् । उनको मृत्यु भएपछि शुक्रबार विहानैदेखि एमाले कार्यकर्ताहरुले माओवादीविरुद्ध प्रदर्शन सुरु गरेका थिए ।

प्रदर्शनकाक्रममा एमाले कार्यकर्ताहरुले बुटवलमा रहेको माओवादीको अबध राज्य समितिलगायत भातृसंगठनका कार्यालयमाथि आक्रमण र आगजनी थालेका थिए । उनीहरुले बुटवलमा रहेको माओवादी सचिवालय सदस्य टोपबहादुर रायमाझी 'अनिल' को डेरामा तोडफोडसमेत गरेका थिए । सोही घरमा रहेका तीन वटा गाडीहरुपनि एमालेसम्बद्ध प्रदर्शनकारीहरुको आक्रमणमा परेका छन् । एमालेको आक्रमणमा परी आफ्नो पार्टी र पार्टीका नेता-कार्यकर्ताहरुको करिव १ करोड रुपैयाँ नोक्सान भएको जानकारी माओवादीका पोलिटव्यूरो सदस्य देबेन्द्र पौडेल 'सुनिल' ले दावी गरेका छन् ।

हत्याको घटनालाई आधार बनएर माओवादीका नेता-कार्यकर्ताका घर र कार्यालयमाथि छानी-छानी आक्रमण हुन थालेपछि माओवादीलेपनि प्रतिकार थालेको थियो । शहरी क्षेत्रमा आफ्ना कार्यालयमाथि भएका आक्रमणको बदलामा माओवादीले रुपन्देहीका ग्रामीण क्षेत्रमा रहेका एमालेका कार्यालयमाथि आक्रण गरेको बताइएको छ । माओवादी कार्यकर्ताहरुले रुपन्देहीमा गाउँस्तरका दुई एमाले कार्यालयहरु आगजनी गरेका छन् । स्थिति तनावपूर्ण बन्दै गएपछि रुपन्देही प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । मृत्यु हुनुअघि स्व. थैबले वाइसीएलका केन्द्रीय सदस्यसमेत रहेका रुपन्देही अध्यक्ष 'सुजित' ले आफूमाथि गोली चलाएको बताएको दावी एमाले नेता रामनाथ ढकालले गरेका थिए ।

माओवादीले भने एमालेको आरोपको प्रतिवाद गरेको छ । 'जतिबेला थैबमाथि गोली प्रहार भएको छ त्यो बेला सुजित बुटवलमा हुनुहुन्नथ्यो उहाँ पार्टी कामको सिलसिलामा भैरहवा जानु भएको थियो' माओवादीको पोलिटव्यूरो सदस्य तथा अबध राज्य समितिका इचार्ज देबेन्द्र पौडेल सुनिल ले यूएस नेपाल अनलाइनलाई भने- 'यसबाटपनि माओवादीमाथि लगाइएको आरोप निराधार छ, हत्या हुनासाथ हत्याको आरोप हामीमाथि लगाउनुलेपनि एमाले नियोजित रुपले हामीमाथि खनिएका देखिएको छ ।' माओवादीलाई बदनाम गराउन एमालेले नियोजित रुपमा यस्तो आरोप लगाइएको आरोपपनि उनले लगाए ।

एमाले नेता ढकालले शुक्रबार दिउसो पत्रकार सम्मेलन गरी हत्याको आरोप माओवादीमाथि लगाएपछि माओवादी नेता पौडेललेपनि पत्रकार सम्मेलन गरी प्रतिवाद गरेका थिए ।

घटनाकाकारण एमालेले बुटवल महाधिवेशनपछि सुरु भएको पहिलो केन्द्र्रीय कमिटीको बैठक स्थगित गरी माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई दोषीमाथि कार्वाहीकालागि ज्ञापन पत्र दिएको थियो । दोषीमाथि कार्वाही नभए सत्ताबाट हट्ने चेतावनीसमेत दिएको छ । प्रधानमन्त्री प्रचण्डले दोषी जो भएपनि कार्वाही गरिने बचन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले घटनाकाबारेमा बुझ्नकालागि पार्टी सचिवालय सदस्य रायमाझीलाई बुटवल पठाएका छन् । बुटवलमा शनिवार एमाले तथा माओवादी दुबैले प्रदर्शन गरेका छन् । घटनाको विरुद्धमा एमालेले शनिवार नै देशव्यापी प्रदर्शन गरेको छ ।

-Sitaram Baral & Santa Bagam in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®