Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
लाल सलाम, जय नेपाल २००८ लाई, स्वागतम्‌ नयाँ बर्ष २००९ लाई

काठमाण्डौं, December 31, 2008/January 1, 2009- सन् २००८ ले बुधबारदेखि सधैंलाई छाडेर जाँदैछ । तर यो वर्षले केहि महत्वपूर्ण र कहिल्यै नदोहोरिने इतिहासहरु रच्दै बिदा भएको छ । वितेको वर्षलाई एकपल्ट केलाएर हेर्ने जमर्को गरौं ।

सन् २००८ नेपालका लागि ऐतिहासिक बर्ष बन्यो । २००८ को मे महिनामा नेपालमा राजतन्त्र अन्त्य भयो र मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक घोषणा भयो ।

यसै बर्षको अप्रिलमा भएको चुनावले संविधान सभा निर्माण मात्रै गरेन १० बर्षसम्म शसस्त्र बिद्रोह गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई सरकारको नेतृत्वमा पुर्यायो । अनगिन्ती समस्याहरुका बाबजुद यसै बर्ष गणतन्त्र नेपालको संविधान लेख्ने काम शुरु भएको छ ।

समग्र राज्यको पुनस्रंरचना र संघात्मक राज्य प्रणालीको सुन्दर गन्तव्य बनाएर हिँडेको संक्रमणकालीन नेपालको गति धिमा भएपनि सन् २००८ का ऐतिहासिक परिवर्तनहरुबाट नेपाली नागरिक गौरवान्वित छन् । सुखदसँगै दुखद प्रसंगपनि नेपालमा छन् । ऊर्जा संकटले दिक्क पारेको नेपाललाई यो बर्ष कोशीको कहरले पनि छोडेन । कोशीको तटबन्ध भत्किएपछि ५० हजारभन्दा धेरै बिस्थापित भएका छन् ।

नेपालमा मात्रै होइन कोशीले भारतमा पनि संकट भित्रायो । झण्डै ३३ लाख मान्छे कोशीको बाँध भत्कदा प्रभावित भएको भारतीय सरकारी तथ्यांक छ ।

भारतको सन् २००८ को अर्को उल्लेखनीय घटना हो- अमेरिकासँगको परमाणु सम्झौता । गठबन्धन सरकारलाई समर्थन गरिरहेका वामपन्थीहरुको चर्को विरोध र असहयोगका बाबजुद प्रधानमन्त्री मनमोहन सिँहको सरकारले अमेरीकासँग परमाणु सम्झौता गर्यो । यसैगरि दार्जीलिङ्गका नेपाली भाषीले छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्दै चर्काएको आन्दोलनले पनि सन् २००८ को धेरै समय सिङ्गो भारतको ध्यान तान्यो । तर बर्षको अन्त्यतिर मुम्वईमा भएको आतंकवादी आक्रमणले भारतका धेरै महत्वपूर्ण घटनालाई ओझेलमा पार्यो । सन् २००८ को नोभेम्बर महिनामा मुम्बईका व्यस्त होटलहरु ताजमहल, ओबरोय होटल, छत्रपति शिवाजी टर्मिनल, कामा अस्पताल जस्ता व्यस्त ठाउँहरुमा आक्रमण हुँदा १७९ जनाको ज्यान गयो भने ३०० जना घाइते भए । २६ जना विदेशी पर्यटकको समेत ज्यान जाने गरी भएको आक्रमणले भारतीय सुरक्षा व्यवस्था र जासुसी संस्थाहरुको काममाथि समेत प्रश्न उठायो ।

मुम्बई घटनाले भारत र पाकिस्तानको सम्बन्ध फेरी चिसिएको छ । भारतले मुम्बई आक्रमणमा पाकिस्तानी लडाकुहरुको हात रहेको दावी गरेको छ भनें पाकिस्तानले यसलाई स्वीकारेको छैन । भारत-पाकिस्तानबीच सम्वन्ध बिगि्रदै गएपछि फेरी युद्धको त्रासले दक्षिण एसियालाई चिन्तित पारेको छ । सन् २००८ को अन्त्यतिर आएर भारतसँगको सम्बन्ध चिसिएको पाकिस्तानको आन्तरिक राजनीतिले भने सन् २००७ को अन्त्यदेखि फरक मोड लिएको छ । सन् २००७ को अन्तिम दिन अर्थात डिसेम्बर ३१ तारिखमा पाकिस्तानकी पूर्व राष्ट्रपति बेनजीर भुट्टोको हत्या भएपछि पाकिस्तानको आन्तरिक राजनीतिमा ठूलो परिवर्तन आयो । देशमा चुनाव भयो गठबन्धन सरकार बन्यो र गठबन्धन सरकारको नेतृत्व गर्नुभयो बेनजीरका पति आसिफ अलि जरदारीले । नबाव सरिफलाई जबर्जस्ती हटाएर राष्ट्रपति बनेका परवेज मुसर्रफले आफ्नो पद जोगाउन धेरै प्रयास गरेपनि त्यो सफल भएन ।

भारतको निक्कै प्रभाव रहेको देश भूटानमा पनि सन् २००८ मा पहिलो पटक निर्वाचन भयो । यसै बर्षको मार्चमा भएको चुनावमा दुईटा पार्टीले भाग लिए र राजा निकट मानिएको भुटान हार्मनी पार्टीले ४७ मध्ये ४४ सीट जितेर सरकार बनायो । भुटानको नवनिर्वाचीत सरकारका प्रधानमन्त्रीमा जीग्मे वाइ थीन्ले चयन भएका छन् । नयाँ सरकार गठन पछि भुटानका चौथा राजा जीग्मे सीग्मे वाङ्गचुकले आफ्ना छोरा युवराज जीग्मे खेशर नाम्ग्याललाई राजगद्दी सुम्पीए । भूटानमा नयाँ संविधान बनाएर संवैधानीक राजतन्त्रात्मक प्रणाली लागु गरिएको दावी गर्छ भुटान सरकार । भारतले पनि भुटानले प्रजातान्त्रीक अभ्यास थालेको बताएको छ भने अमेरीका लगायतका देशले भुटान अहिले प्रजातन्त्र प्राप्तिका लागि संक्रमणकालमा प्रवेश गरेकोमा खुशी व्यक्त गरेका छन् । आफ्ना झण्डै एक लाख नागरिकलाई स्वदेश फर्कन नदिने भुटानमा प्रजातन्त्र नै आइसकेको भन्ने अवस्था भने छैन ।

सन् २००८ को अन्त्यमा चुनाव गराएर सैनिक शासनबाट प्रजातान्त्रिक बाटोतिर फर्केको बङ्गलादेशका लागि नोभेम्बर महिना महत्वपूर्ण रह्यो । किनभने लामो समय पछि बङ्गलादेशका दुई प्रभावशाली नेतृहरु शेख हसिना र खालीदा जीया सैनीक सरकारका विरुद्ध एउटै मन्‍चमा उभिए । सन् २००८ को अन्त्यमा अर्थात डिसेम्बर २८ तारिख (३ दिन अघि) बङ्गलादेशमा संसदीय चुनाव भयो र शेख हसिनाको पार्टी अवामी लीगले अत्यधिक मत हाँसिल गर्यो ।

एसियामै सबभन्दा लामो समय शासन चलाउने राष्ट्रपतिको पनि सन् २००८ मै शासन अन्त्य भयो । मालद्धिसमा ३० बर्षसम्म राष्ट्रपतिको पद सम्हालेका मामुन अब्दुल गयुमले देशमा भएको पहिलो लोकतान्त्रिक चुनावमा हार व्यहोरे ।

यसै बर्ष छिमेकी मुलुक चीनले आयोजना गरेको बेइजिङ ओलम्पीकमा चीनका सामु अमेरिका, रुस, अष्ट्रेलिया लगायतका देशपनि पछि परे । अहिलेसम्मकै भव्य उद्घाटन, संचालन र समापन गरेर चीनले आफ्नो क्षमता प्रदर्शन गर्यो ।

यी ऐतिहासिक घटनाका साथै अमेरिका, बेलायत, क्यानडा लगायतका राष्ट्रले बेहोरेको आर्थीक मन्दि पनि सन् २००८ लाई स्मरण गराइरहने घटना हो । अमेरिकाका ठूल-ठूला बैंक मात्रै धरासयी भएका छैनन् यसले बिश्वव्यापी रुपमै असर गरेको छ । बिभिन्न कम्पनीहरु बन्द भएका छन्, रोजगारी कटौती भएको छ ।

यसै बर्ष इराकबाट आफ्ना सेना फिर्ता बोलाउने अमेरिका तयार हुँ गएका बेला एक इराकी पत्रकारले महाशक्ती राष्ट्र अमेरीकाका राष्ट्रपति जर्ज डब्लु बुसलाई १० नम्बरको जुत्ता प्रहार गरे । त्यसैगरि सन् २००८ मा भएको अमेरिकी चुनावमा पहिलोपटक अश्वेत बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भए । ओवामाको नेतृत्वले बिश्वव्यापी रुपमा धेरै फरक पार्ने बिश्लेषकहरुको अनुमान छ ।

विभिन्न चुनौती र अवसरहरुको बीचमा सन् २००९ को आगमन भएको छ । यो वर्ष सबैका लागि राम्ररी बितोस् हाम्रो यही शुभकामना छ ।

-Khagendra Makhim Limbu
Contributing Editor (Federal Politics), USNepalOnline.Com in Kathmandu, Nepal
Editor, Sanghatmak Magazine
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®