वाईसीएल र युथफोर्सलाई विघटन होइन सुधार्ने
सहमती काठमाण्डौं, December 25, 2008-
सरकारको नेतृत्व गरीरहेको नेकपा माओवादी र एमालेले आफ्ना पार्टीका
भ्रातृ संगठन वाईसीएल र युथफोर्सलाई विघटन नगर्ने तर संगठनको कृयाकलाप
सुधारेर लैजाने सहमती गरेका छन् ।
पुस १० गते दुई दलका शिर्ष नेताहरुबीच िसंहदरवारमा भएको छलफलमा यस्तो सहमती
भएको हो ।
दुई दलले १२ बुँदे सहमती भन्दा अझै उन्नत र विकसित सहमती गर्ने निर्णय
गरेका छन । बैठक पछि एमालेका पूर्व महासचिव माधव कुमार नेपालले दुई दलबीच
बिगि्रएको सम्बन्ध सुधि्रएको धारणा राखे । बन्नु पर्ने विभिन्न समितिलाई
पूर्णता दिने, राजनीतिक र संवैधानिक समिति नियुक्तीका बारेमा अध्ययन गर्न
देव गुरुङ्ग र भिम रावललाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै बजेट कार्यान्वयन भए नभएको अध्ययन गर्ने जिम्म डाक्टर बाबुराम
भट्टराई र विष्णु पौडेललाई जिम्मा दिइएको माओवादी प्रवत्ता दिनानाथ शर्माले
जानकारी दिए । दुई दलको सम्बन्धलाई सुदृढ र व्यवस्थीत गर्न छलफललाई तल्लो
तहका कार्यकर्तामाझ लैजाने सहमती भएको शर्माले बताए ।
कांग्रेस सहित तीन दलबीच नयाँ सहमती खोज्न आजै कांग्रेससँग पनि छलफल गरिने
नेताहरुले बताएका छन् । कांग्रेससँगको छलफलमा सेना समायोजनका लागि बन्ने
विशेष समितिमा कांग्रेसलाई पनि ल्याउने र व्यवस्थापिका बैठक सूचारु गर्ने
विषयमा छलफल गरिने भएको छ ।