वाइसीएल र युथ फोर्सबीचको भीडन्तमा एकको मृत्यु
काठमाण्डौं, October 19, 2008- सत्तारुढ दुई ठूला
पार्टीका कार्यकर्ताहरुबीच भीडन्त हुँदा एक जनाले ज्यान गुमाएका छन् ।
धादिङ्गको आदमघाटमा भएको माओवादीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग
'वाइसीएल' र एमालेको युवा संगठन युथ फोर्सबीचको भीडन्तमा वाइसीएलका
कृष्ण्बहादुर नामक कार्यकर्ताको मृत्यु भएको हो ।
घटनाबारे बिस्तृत विवरण आइसकेको छैन ।
माओवादी नेतृत्वमा सरकार बनेपछि भएको भीडन्तमा सत्तारुढ पार्टीका
कार्यकर्ता मारिएको यो पहिलो घटना हो । देशका विभिन्न भागमा यी दुई लडाकू
संगठनबीच ठाऊठाऊमा भीडन्त भएपनि यसरी ज्यानै हताहतिको घटना भने भएको थिएन ।
यो घटनाले देशव्यापी रुपमा भीडन्त निम्त्याउने खतरा बढेको छ ।
पछिल्लो समयमा माओवादी वाइसीएल विरुद्ध एमालेको युथ फोर्स आक्रामक रुपमा
प्रस्तुत हुन थालेको छ । संविधान सभा निर्वाचनमा वाइसीएलकै कारण माओवादीले
चुनाव जितेको निष्कर्ष निकाल्दै एमालेले युथ फोर्सको निर्माण गरेपछि
भीडन्तका घटना बढ्न थालेको थियो जसको पछिल्लो परिणति धादिङ्गको घटना हुन
पुगेको छ ।