|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मुस्ताङ र म्याग्दीमा रगत पिउने मेला![]() A woman drinking Yak blood. Photos: Mejan म्याग्दी, July 27, 2008- ग्यास्टिक, गानो, शरीर कमजोर भएको रोग लाग्दा तपाई निश्चित पनि अस्पताल जानुहुन्छ । र डाक्टरसँग जचाएर दवाई खानु हुन्छ । तर हिमालीभेग र पहाडतिर बसोबास गर्ने व्यक्तिहरु यस्तो रोग लाग्दा शहरको अस्पताल कमै धाउँछन् । उनीहरु यी रोग निको गर्न चौरी गोठतिर चौरीको रगत खान जान्छन् । र चौरीको रगत खान थालेदेखि रोग निको भयो भन्ने कुरा त्यतातिर सामान्य भएको छ । ![]() |
|
|
मुस्ताङमा वर्षौदेखि चौरी (Yak) को रगत खान जाने मेला नै लाग्छ । मुस्ताङ जान अलि टाढा भएको हुँदा आजभोलि म्याग्दीको पाक्दार माथि खोप्रा (३६ सय मिटर) र घान्द्रुकको देउरालीमा पनि वर्षको २ पटक यस्तै मेला लाग्ने गर्छ । रगत पिउने मेला लाग्ने बेला ग्यास्टिक गानो शरीर कमजोर भएका व्यक्तिहरु मात्र होइन चौरीको मासु लिन जाने मान्छेहरुको पनि ठूलै जमघट हुने गर्छ । कसैकसैले त चौरीको मासुले पनि रोग व्यधा निको गर्दछ भन्ने मान्यता पनि पाल्दछन् । 'वर्षमा २ पटक रगत नझिक्ने हो भने चौरी उन्मादले पागल जस्तै व्यवहार गर्छ । गोठालेलाई अप्ठ्यारो पार्दछ । त्यसैले वर्ष वर्षमा चौरीको गर्धनबाट रगत झिक्नु पर्छ । यसरी रगत झिकिएन भने चौरीले गोठालेलाई हान्न पनि सक्दछ । र यस्तै दूर्घटना भई गोठाले मरेको पनि छ ।' नाङ्गी-पाक्दार संयुक्त चौरी व्यवस्थापन समितिका अध्यक्ष थमन तिलिजा भन्नुहुन्छ । ![]() चौरीलाई समय मिलाएर चैत्र र साउन महिना गरि वर्षमा दुई पटक रगत झिक्नु पर्दछ । माघ-फागुन महिनामा चौरी हिउँले गर्दा चरण गर्न टाढा टाढा जानु पर्ने हुँदा नमार्ने चौरीबाट १५-१६ गिलास रगत र मार्ने चौरीबाट ३०-३५ गिलास सम्म रगत झिकिन्छ । तर साउनमा चरण राम्रो हुने हुँदा नमार्ने चौरीबाट ३०-३२ गिलास रगत र मार्ने चौरीबाट ६५-७० गिलास रगत झिक्ने गरिन्छ । खोप्रामा चौरीको १ गिलास रगतको मूल्य ५५ रुपैयाँ गरिन्छ । यसपटक साउनको ७ गतेदेखि एकहप्ताको लागि पाक्दारमाथि खोप्रामा रगत पिउने मेला शुरु भएको छ । शक्तिबर्धक हुन्छ त रगत ? ![]() Photos: Mejan चौरी पहाडको माथिल्लो भेगतिर बस्ने जनावर भएको हुँदा उसको आहार औषधीमूलक बोटविरुवाहरु हुने गर्दछ । चौरीले औषधी आहारको रुपमा सेवन गरेको हुँदा उसको रगतमा शक्तिबर्धक गुण हुन्छ । चौरीको रगत खाएर आफ्नो रोग सन्चो भएको कुरा रगत खान आएका प्राय व्यक्तिहरुको छ । चौरीको रगत पिउन त्यहाँ पुगेकी नाङ्गी महिला समुहकी अध्यक्ष पोकमाया पुर्जा पनि यसले हामीलाई तागत दिन्छ भन्ने कुरामा ढुक्क छिन् । -Mejan Pun Magar in Myagdi |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||