|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पढ्ने होइन कबिता आफ्नै कम्प्युटरको च्याट रुमबाट? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
विश्व वेभक्याम नेपाली कविता प्रतियोगिताको तयारी पुरा वेलायत,
January 22, 2009- आगामी ३१ जनवरी अर्थात सरस्वती पूजाको दिन नेपाली
साहित्य विकास परिषद वेलायतको सहआयोजना र अनलाइन नेपाली साहित्य मंचको
आयोजनामा गतबर्ष झै अनलाइन विश्व वेभक्याम नेपाली कविता प्रतियोगिता
सम्पन्न हुने भएको छ।कम्प्युटरमा वेभ क्यामेरा जोडेर इन्टरनेटबाट आफ्नो कविता वाचन गरी प्रतियोगितामा सहभागि बन्न सकिने प्रतियोगिताको पुरस्कार रासि रुपैयाँ १५ हजार, १० हजार र ५ हजार रहेको छ। अनलाइन भोटिङमा विजयी कवितालाई ५ हजार, ३ हजार र १ हजार रहेको छ। यसबर्ष नेपाली भाषा बाहेक मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गरिने जानकारी प्राप्त भएको छ। एकै भाषाको ५ भन्दा बढि कविताहरुको सहभागिता भएमा मूल्याङ्कन गरि पुरस्कृत गरिने कुरा जनाइएको छ। प्रतियोगिताको लागि एकै ठाँउ वा समुहबाट कम्तिमा ७ जना सहभागि हुनेभएमा एकजना मूल्याङ्कन पर्यवेक्षक पठाउन सक्ने प्रावधान पनि राखिएको छ। विश्वभरको विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टाहरुको सहभागिता रहने यस प्रतियोगिताको लागि नेपालको समय बिहान ११ बजेदेखि बेलुकी १२ बजे सम्म र वेलायतको लागि पनि विहान ६ बजेदेखि राती १२ बजेसम्म तोकिएको छ। नेपालमा भएको असिमित लोडसेडिङको कारण नेपालबाट सहभागि हुनेले ३ दिन अगावै देखि च्याटमा आफ्नो कविता बाचन गर्न सक्ने सुविधा पनि राखिएको छ। आफ्नै घर वा क्याफेको इन्टरनेट र वेभक्याम भएको कम्पियुटर प्रयोग गरेर सहभागिता जनाउन सकिने यस कार्यक्रमलाई सफल बनाउन देशविदेशका विभिन्न संचार माध्यामले सहयोगि भूमिका निर्वाह गर्ने भएका छन् जसमध्ये नेपाली टि. भि. लण्डन, गोरखा एफ. एम. काठमाडौ, वि. एफ. वि. एस. गोर्खा रेडियो, रेडियो नेपालको साहित्यिक कार्यक्रम, नेपाली संन्देश साप्ताहिक वेलायत, एभरेष्ट टाइम साप्ताहिक वेलायत, जनविश्वास साप्ताहिक धनकुटा, फ्रि नेपाल डटकम, नेपालब्रिटेन डट्कम लगायतका अफिसियल मिडियाहरु रहेका छन्। यसबर्षको कार्यक्रमलाई सफल बनाउन विभिन्न १४ देशबाट स्वयंसेवकको रुपमा प्रतिनिधिहरु नियुक्ति भइसक्नु भएको छ। त्यस्तै गरि महिला सहितको समावेसि मूल्याङ्कन कर्ताहरु पनि विभिन्न देशमा नियुक्ति हुनु भएको छ भने यसबर्षको कार्यक्रमको मुख्य अतिथि वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराई रहनु भएको छ। यस बर्षको पुरस्कार प्रायोजक रियल डोमेनहोष्ट डट्कम रहेकोछ। स्मरण रहोस, गत बर्ष विभिन्न २७ मुलुकबाट १०३ जना स्रष्टाहरुले सहभागिता जनाएका थिए। वि. स. २०६२ मा स्थापित यस मंचले गतबर्ष डायस्पोरामा नेपाली साहित्यको लागि पुर्याएको योगदान वापत अमेरिकाबाट पुरस्कृत भएको थियो भने यस मंचले पनि मिलन देवान स्मृति साहित्य पुरस्कार मलेसियामा कार्यरत एक युवा नेपाली स्रष्टालाई प्रदान गरेको थियो। |
|
|
यसबर्षको कार्यक्रमको लागि च्याट गर्ने ठेगाना: sahityaghar@yahoo.com र sahityaghar@hotmail.co.uk ब्यवस्था गरिएको छ भने विस्तृत जानकारीको लागि www.sahityaGhar.com हेर्न आग्रह गरिएको छ। विश्वभर छरिएर रहेका स्रष्टाहरुलाई ध्यानमा राख्दै नेपाली साहित्य र संस्कृतिको विकास र सर्म्बद्धन गर्नको लागि आयोजित यस कार्यक्रममा कविता वाचन गरेरै विद्याकी देवी सरस्वतीको पूजा गर्न आग्रह गरिएको छ साथै कार्यक्रम सफल बनाउन सबै नेपाली मन र मुटुलाई अनुरोध गरेको छ । -Suhim Yakthum in Kent, UK. |
||
|
Read our related news: अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा नवराज सुब्बा प्रथम अनलाइन नेपाली कविता बाचन प्रतियोगितामा २७ मुलुकबाट १०३ जना कविहरु भाग लिए अनलाइनमा नेपाली कविता बाचन प्रतियोगिता |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||