'नेपाललाई विश्व वैंकले ३२ अर्व सहयोग गर्ने'-
अर्थमन्त्री डा. भट्टराई
काठमाण्डौं, October 17, 2008- अर्थमन्त्री डा. बाबुराम
भट्टराईले सरकारले सार्वजनिक गरेकेा बजेट कार्यान्वयनमा विश्व वैंकको पूर्ण
सहयोग गर्ने वचन दिएको जानकारी दिएका छन् ।
विश्व वैंकको वैठकमा सहभागी हुने क्रममा १० दिने अमेरिका भ्रमण पुरा गरी आज
स्वदेश फर्केका अर्थमन्त्री भट्टराईले काठमाडौं स्थित अन्तराष्र्टि्रय
विमानस्थलमा यस्तो बताएका हुन् । त्यहा उपस्थित संवाददाताहरुसंग कुरा
गर्द्रै अन्र्तराष्ट्रिय दातृ निकाय नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको
बताए ।
मन्त्री भट्टराईले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्न पनि
विश्व वैंकले ३२ अर्व सहयोग गर्ने वचन दिएको जानकारी दिए । भ्रमणका क्रममा
अर्थ मन्त्री भट्टराईलॆ विश्व वैंक लगायतका विभिन्न दातृ निकायका
अधिकारीहरुसंग भेटी नेपालमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य केन्द्र बनाउन
प्रस्ताव गरेको र उनीहरुले सो विषयमा सकारात्मक रहेको उल्लेख गरे । नेपालमा
कम्युनिस्टका नाममा धेरै पार्टिहरु रहेको सन्दर्भमा माओवादीका वरिष्ठ
सचिवालय सदस्यसमॆत रहेका भट्टराईले 'माओवादीको नाम नेपाल कम्युनिष्ट पार्टी
राख्ने विषयमा आगामी महाधिवेशनले टुङ्गो लगाउने' धारणा राखे ।