|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
समानुपातिक र मनोनितमा महिलालाई ५० प्रतिशत
हुनै पर्ने माग![]() राष्ट्रिय महिला आयोगले राजधानीमा आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि कृष्णबहादुर महरा, प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापा मगर लगायत अन्य अतिथिहरु । Photo: Santa Bagan काठमाडौं, April 29, 2008-संविधानसभाको समानुपातिक तथा मनोनयन तर्फ ५० प्रतिशत महिला सुनिश्चित गर्न राष्ट्रिय महिला आयोगले काठमाडौंमा एक कार्यक्रम गरेको छ । समानुपातिक तर्फ सबै दलले ५० प्रतिशत महिला पठाउनै पर्ने कानुनी प्रावधान रहेकोले मनोनित गर्ने २६ मध्ये कम्तिमा १३ जना महिला पठाउनु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टीले मनोनयन तर्फो २६ जनामा पनि अधिकांश महिला पठाउन पहल गर्ने बताए । महराले आफ्नो पार्टीले प्रत्यक्ष तर्फजसरी पनि जित्ने मानसिकताका कारण प्रयाप्त महिला उम्मेदवार उठाउन नसकेको स्विकार्दै भविष्यमा कानुनले प्रत्याभूत गरे भन्दा बढी महिला सहभागितामा जोड दिने बताए । कार्यक्रमका अर्का अतिथि प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आधा भन्दा बढी जनसंख्या रहेका महिलाको सहभागिता सुनिश्चित गर्न नयाँ संविधानमै महिला अधिकारको ग्यारेन्टी हुनु पर्नेमा जोड दिए । राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापा मगरले संविधानसभा सदस्य सम्पूर्ण महिलालाई महिला अधिकारको सवालमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरिन् । अध्यक्ष मगरले समानुपातिक तर्फ विजोर संख्या छान्नुपर्दा महिलालाई प्राथमिकता दिनुपर्ने धारणा समेत राखिन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समानुपातिक र मनोनयन तर्फो सीटमा महिलालाई प्राथिमिकता दिने प्रतिबद्धता गरेका थिए । राष्ट्रिय महिला आयोगले आयोजना गरेको सो कार्यक्रमा काँग्रेस र एमालेको भने कोहि उपस्थित भएनन् । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®