Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

आदिबासी महोत्सबमा महिला अधिकार र आर्थिक सुधारको कुरा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Narayan Koirala commenting on the paper presented by Dr. Shrikrishna Shrestha (L to him). Photos: Hari

पाल्पा, November 10, 2008-
अर्थविद् डा. श्रीकृण्ण श्रेष्ठले जवसम्म कृर्षिक्षेत्र निर्वाहमुखी हुन्छ तवसम्म देश पनि निर्वाहमुखी नै हुने वताउँनु भएको छ ।

उहाँले कृर्षि क्षेत्रलाई उन्नत र विकसित गरि उत्पादकत्वमा बृद्धि गर्नु अपरिहार्य भएको वताउँदै कृर्षिसंग सम्वन्ध राख्ने विविध पक्षहरुलाई समन्वयात्मक रुपमा लैजान स्पस्ट कार्यक्रम संचालन गर्नुपर्ने वताउँदै कृर्षि नै नेपालको भविष्य भएकोले यसलाई आधुनिकिकरण गर्दै लानु जरुरी छ भन्नु भयो ।

पाल्पाको तानसेनमा सन्‍चालन भैरहेको आदिकासी जनजाति साँस्कृतिक महोत्सवका अवसरमा आयोजित 'आर्थिक पक्षको केहि विवेचना' विषयक गोष्ठीमा उहाँले सो कुरा ब्यक्त गर्नु भएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थविद् श्रेष्ठले नेपालमा आर्थिक रुपान्तरण गर्नका लागि दोहोरो अर्थनिती अवलम्वन गर्नुपर्ने वताउँदै मुलुकमा विद्यमान गरीबी, असमानता, वेरोजगारी हटाउन र सुदृढ आर्थिक अवस्थातर्फ अग्रसर हुन राष्ट्रले जनआधारमा आधारित आर्थिक संरचना निर्माण गर्नु पर्ने स्पष्ट पार्नुभयो ।

उहाँले बाह्य लगानीलाई निर्यातमुखी उद्योगमा लगाउनुपर्ने र आन्तरिक लगानीलाई आयत प्रतिस्ठापन उद्योगमा लगाउनु पर्नेमा जोड दिनुभयो । रोजगार निती, भुमि सुधार निती, पर्यटन निती, वैदेशिक रोजगार, सहकारी लगायतका विषयवस्तु माथि ब्याख्या गर्दै डा. श्रेष्ठले अनुदान उत्पादकत्व बृद्धि गर्नेलाई दिनु पर्ने र प्रोत्साहन रोजगार बृद्धि गर्ने उद्योगलाई गर्नुपर्नेसमेत वताउँनुभयो ।

कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकार धनेन्द्रराज घिमिरेले कार्यपत्र तथ्य तथ्याङ्कको अभाव तथा सन्दर्भ सामग्री उल्लेख नभएको र विश्वमा आएको आर्थिक मन्दिले नेपाललाई पार्ने असर वा प्रभावको सम्वन्धमा केन्द्रित भएको भए अझ राम्रो हुने बताउनुभयो । उहाँले आर्थिक, सामाजिक रुपान्तरणलाई ठीक ढंङ्गले ब्यवस्थापन गर्नुपर्ने बताउँदै ईमान्दार जनशक्तिलाई ब्यवस्थापन गरी तिनीहरुलाइृ निती निर्माणमा प्रतिनिधित्व गराउनु आवशयक भएको विचार राख्नुभयो ।

त्यसैगरी टिप्पणीकार द्वय नारायण कोईराला र राममान श्रेष्ठले जलविद्युत् होईन शुद्ध पानीको ब्यवस्थापन र नदी नालाको पानीलाइृ् शुद्ध पार्नुपर्ने वताउँदै आर्थिक उन्नतिको कुरा गर्दा काल्पनिक होईन ब्यावहारिक पक्षलाई अध्यायन गर्नुपर्ने विचार राखेका थिए ।
 
आदिवासी जनजाती महाँसंघ पाल्पाका सल्लाहकार धनकेशर सुर्यवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महाँसंघका उपाध्यक्ष मानध्वज श्रेष्ठ, त्रिरत्नलाल शाक्य, संगिनी राना मगर लगायतले सबल र समृद्ध नेपालको सपना कसरी पुरा गर्न सकिन्छ त्यसको खाका स्पस्ट हुनुपर्ने राय ब्यक्त गरेका थिए ।


Sangini Rana Magar presenting her paper on Indigenous Women. Photos: Hari

यस्तै नयाँ संविधानमा आदिवासी जनजाती, महिला अधिकार विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय आदिवासी जनजाती महिला महाँसंघका कार्यकारी निर्देशक संगिनी राना मगरले आदिवासी जनजाती महिलाहरु लैगिक भेदभाव मात्र नभएर आदिवासी जनजाती महिला भएकै कारणले जातिय भेदभावको पिडा भोगेको र राज्यको संरचनाबाट नै वहिष्करणमा परेको वताउँनु भयो ।

उहाँले आदिवासी जनजाती महिलामाथि हुने महिला घरेलु िहंसा, जातिय िहंसा, लैगिक िहंसा युद्ध तथा राजनैतिक दमनका समयमा गरिने िहंसा, चेलिवेटी वेचविखन जस्ता अमानविय कार्यहरु प्रति राज्य सचेत र संवेदनशिल नभएको आरोप लगाउनुभयो ।

निर्देशक रानाले आई.एल.ओ. १६९, आदिवासीहरुको अधिकार संम्बन्धि संयुक्त राष्ट्रसंघिय घोषाणापत्र, जातिय विभेद विरुद्धको महाँसन्धि, बेईजिङ कार्ययोजना लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुको प्रभावकारी कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अव वन्ने संविधानमा राज्य संरचनाको संयन्त्र, निती, निर्माण र निर्णयक तहमा आदिवासी जनजाती महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेमासमेत जोडदिनुभयो ।

कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गर्दै टिप्पणीकार अन्तरीम संविधान मस्यौदा समितिका सदस्य तथा अधिवक्ता शान्ति राईले राजनैतिक दलहरुले ५० प्रतिशत महिलाहरुको सहभागितालाई तिलान्‍जली लगाउन नहुने बताउँदै मुलुकमा विद्यमान सामन्ती पितृसतात्मक र परम्परागत सोचलाई अन्त्य गर्न सवै महिलाहरु एकजुट हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा सभसद द्वय नारायणी शर्मा, रुपा बिक, सहभागीहरु हिरा राना, तुल्सा राना, पुष्पा थापा, उषा के.सी., लालु राना लगायतले आदिवासी जनजाति र आदिवासी जनजाति महिलाको पहिचान एवं अधिकारहरुकावारेमा राज्य पक्ष र नागरिक समाज संवेदनशिल हुनुपर्ने विचार राखेका थिए ।
कार्यक्रम आदिवासी जनजाति महिला महासंघ पाल्पाका अध्यक्ष सौन्द्धर्यवती शाक्य र अनिता श्रीनेतको सन्‍चालनमा सम्पन्न भएको थियो ।

-Haribahadur Saru in Tansen, Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®