Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
ज्वाला सिंह र गोइत बिनाको तराइ आन्दोलन


Jayakrishna Goit and Jwala Singh. Photos: Sitaram

काठमाडौँ, September 30, 2008- जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का अध्यक्ष ज्वाला सिंह (नागेन्द्र पासवान) लाई पार्टीको अध्यक्ष पदबाट हटाएलगत्तै तराईमा संघर्षरत अर्को सशस्त्र समूहका अध्यक्षपनि निस्कासनमा परेका छन् ।

छुट्टै मधेश देश निर्माणलाई आधार बनाएर सशस्त्र संघर्ष सुरुवात गरेका अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई यसै हप्ता उनले नेतृत्व गरेको पार्टीका नेता तथा कार्यकर्ताले निस्कासन गरेका हुन् ।

यसअघि जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहलाई सो पार्टीका पोलिटव्यूरो सदस्य रणविर सिंह लगायतले निस्कासनको घोषणा गरेका थिए । ज्वालाले गोइतबाट अलग भै आफ्नो नेतृत्वमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको छुट्टै समूह बनाएका थिए । ज्वाला छुट्टिएलगत्तै विस्फोट सिंहको नेतृत्वमा रहेको अर्को समूहपनि गोइतबाट अलग्गिएको थियो । माओवादीबाट अलग्गिएर गोइतले नयाँ समूह स्थापना गरेयता आधा दर्जनभन्दा बढि पटक सो समूहमा विभाजन आइसकॆको छ ।

पछिल्लो पटक भने पार्टीका बरिष्ठ पोलिटव्यूरो सदस्य प्रतिक (रामविलास यादव) सहितले गोइतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेका हुन् । ११ सदस्यीय केन्द्रीय समितिका १० जनाले गोइतलाई निस्कासन गर्न सहमति जनाएको बुझिएको छ । गोइतलाई निस्कासनको नेतृत्व गर्ने प्रतिक (रामविलास यादव) सिरहा क्याम्पसका पूर्व उपप्राध्यापक हुन् । यादव समूहले गोइतमाथि भ्रष्टाचारको आरोप लगाएको छ । मधेशी समूहहरुले अपहरण, हत्या र चन्दा असुलीलाई धन्दाकै रुपमा विकसित गरेको आरोप लाग्दै आएको छ ।

यसरी पार्टी गठनको ४ बर्ष पुग्दा नपुग्दै तराईमा सशस्त्र संघर्षरत समूहका प्रमुख नेताहरु नै निस्कासनमा परेका छन् । गोइत र ज्वाला सिंहलाई निस्कासन गरेर तराईमा संघर्षरत समूहहरु एकिकृत पार्टी निर्माणको कसरतमा लागेको बुझिएको छ । तर पार्टीका प्रमुख नेताहरु नै निस्कासनमा परेकाले तराईमा सशस्त्र समूहहरुको उपस्थिति सशक्त हुनेभन्दा झन कमजोर हुने विश्वास गरिएको छ । आफूहरुको निस्कासनबारे गोइत तथा ज्वाला सिंहले भने कुनै प्रतिकृया दिएका छैनन् ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®