Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
रक्षा मन्त्रालय त एउता बहाना मात्र?
के साँच्चै नेपाली कांग्रेस प्रतिपक्षमा बस्नै लागेको हो?

काठमाडौं,  August 13, 2008- सरकारमा जानुपर्छ र जानुहुन्न भन्ने सम्बन्धमा नेपाली कांग्रेसभित्र दुई धार रहेपनि नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले आफ्नो दल प्रतिपक्षमा बस्ने बताएका छन् ।

बुधबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले यससम्बन्धी निर्णय गर्ने जानकारी उनले दिए । केसीले भने- 'कांग्रेस सरकारमा जाँदैन प्रतिपक्षमा बसेर संविधान निर्माणमा सकि्रय हुन्छ ।'

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वलाई प्रतिपक्षमा बस्ने निर्णयका लागि जोड दिएको बताउँदै भने- 'नेतृत्वले सहमति बन्छ कि भनेर पर्खिएको मात्र हो कांग्रेस प्रतिपक्षमा बस्ने निर्णय हुने निश्चित भइसकेको छ ।' रक्षा मन्त्रालय नपाउनुमात्र सरकारमा नजानुको कारण नभएको दावीपनि उनले गरे । माओवादीको सैन्य संरचनाको अन्त्य, कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता, समानान्तर सरकारको अन्त्यलगायतका अवधारणा पूरा गर्न माओवादी जिम्मेवार रुपमा नलागेकाले आफूहरु प्रतिपक्षमा बस्ने सोचाईमा रहेको बताए ।

विगतमा नेपाली कांग्रेसले उठाएको सात बुँदे सहमति नै आफूहरुको बटमलाइन भएको बताउँदै केसीले सेना समायोजनलाई तार्किक निष्कर्षमा पुर्याउन रक्षा मन्त्रालय दाबी गरेको बताए । प्रबक्ता केसीले भने- 'दुईवटा सेना सन्‍चालनको बागडोर समातेर माओवादीले सेना समायोजनको कुरा गर्न मिल्दैन ।' रक्षा मन्त्रालय माओवादीबाहेक एमाले र फोरमलाई दिए आफूहरुलाई मान्य हुने उनको भनाई थियो ।

माओवादीले भने कांग्रेसलाई कुनै हालतमा रक्षा मन्त्रालय नदिने बताएको छ । सो कार्यक्रममा उपस्थित माओवादी नेता सीपी गजुरेलले कांग्रेस प्रबक्ता केसीलाई यस्तै जवाफ दिए । गजुरेलले भने- 'बरु प्रतिपक्षमा बसेर कांग्रेसबाहेकको दललाई सरकार गठन गर्न सहयोग गर्छौं तर कांग्रेसलाई रक्षा छाड्ने र अरुको नेतृत्वमा सरकारमा जादैनौं ।' गजुरेलले सबैभन्दा ठूलो दल भएकाले माओवादी अरुको नेतृत्वमा सरकारमा जाने पक्षमा नरहेको बताए ।

एमालेलाई एकलौटी सरकार गठनमा सहयोग गर्न सकिने उनको भनाई थियो । कांग्रेसले मुलुकलाई अग्रगमनबाट रोक्न खोजिरहेको आरोप लगाउँदै गजुरेलले कांग्रेसले रक्षा मन्त्रालयको मात्र दाबी नगरेको स्वाङ्ग गर्दै अन्य शर्तहरु तेर्साएर सरकार गठनमा अवरोध खडा गरेको आरोप लगाए । सहमतिको सरकार गठनमा माओवादी अन्तिम समयसम्म लाग्ने बताउँदै माओवादी नेता गजुरेलले माओवादीको उद्देश्य जनगणतन्त्र स्थापना गर्नुरहेको भन्दै त्यसका लागि पार्टीको प्रयास जारी रहने बताए ।

माओवादी र कांग्रेस दुबै दलसँग मन्त्रालयकालागि बार्गेनिङ्ग गरिरहेको एमालेको कुरा भने भिन्दै छ । एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले भने- 'राष्ट्रिय सहमतिको सरकार हाम्रो बटमलाइन हो सहमतिको सरकार गठनका लागि अन्तिम समयसम्म हामीपनि सकृय रहन्छौं ।
   कांग्रेसले प्रस्ताव गरेपनि एमालेले सरकारको नेतृत्व गर्ने विषयमा नसोचेको उनले बताए । माओवादीको नेतृत्वमा सहमतिको सरकार गठन हुनुपर्ने र त्यसमा कांग्रेस पनि सहभागी हुनुपर्नेमा उनको जोड थियो।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®