|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मर्यादाक्रम सम्बन्धी विवाद देखाउने दाँतमात्र कोइराला सरकारमा शाहना प्रधानलाई तेश्रो मर्यादाक्रममा राख्न स्वीकार गर्ने एमाले किन एमालेभित्रै पाँचौ मर्यादाक्रममा रहेका गौतमलाई नयाँ सरकारमा दोश्रो बरिष्ठताक्रम खोज्यो? काठमाडौं, August 23, 2008- मर्यादाक्रमसम्बन्धी आफ्नो अडान माओवादीले स्वीकार नगरे सरकारमै सामेल नहुने चेतावनी एमाले महासचिव झलनाथ खनालले दिएका छन् । शुक्रबार बरु मन्त्री बन्ने हतारो संविधान सभाको पहिलो ठूलो दल नेकपा माओवादी का नेताहरुमा देखिएको थिएन । तर एमालेका नेताहरुको हतारो भने अजिवको देखिन्थ्यो । गृहमन्त्रालयको जिम्मा पाउने भनिएका बामदेव गौतममात्र होइन स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने 'मधेशी नेता' रामचन्द्र झापनि दौरा- सुरुवाल र घ्यू रंगको कोटमा ठाँटिएर सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका थिए । तर मर्यादाक्रमसम्बन्धी 'देखावटी' विवादकाकारण शुक्रबारदेखि मन्त्री बन्ने एमालेका नेताहरुको सपना सपनामै सीमित भएको छ । बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई दोश्रो मर्यादाक्रममा राख्नुपर्ने माओवादी अडान र एमालेका नेता बामदेव गौतमलाई त्यो स्थान दिइनुपर्ने एमालेको मागका कारण हिजो एमालेका मन्त्रीहरुले सपथ लिएनन् । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वको सरकारमा शाहना प्रधानजस्ती बरिष्ठ नेत्रीलाई तेश्रो मर्यादाक्रममा राख्न स्वीकार गर्ने एमाले किन एमालेभित्रै पाँचौ मर्यादाक्रममा रहेका गौतमलाई प्रचण्ड नेतृत्वको सरकारमा दोश्रो बरिष्ठताक्रम खोज्यो त ? जानकारहरुका अनुसार गौतमलाई दोश्रो मर्यादाक्रममा राख्दा प्रचण्डको अनुपस्थितिमा सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने भएकाले एमालेले यस्तो अडान राखेको हो । तर माओवादी नेतृत्वमा सरकार बन्नासाथ प्रचण्डको अनुपस्थितिमा सरकारको नेतृत्व गर्ने एमालेको सपना भने तत्कालकालागि चकनाचुर भएको छ भने सरकारमा पठाउने नामका बारेमा एमालेभित्रैपनि विवाद सिर्जना भएको छ । अन्तिम समयमा 'समानुपातिकबाट निर्वाचितहरुलाई सरकारमा नपठाउने' भनेर तोकिएको 'क्राइटेरिया' र संविधान सभा निर्वाचनमा पराजितहरुलाई सरकारमा पठाइएपछि एमालेभित्र विवाद देखिएको हो। समानुपातिकबाट निर्वाचितहरुलाई सरकारमा नपठाउने तर जनताबाट अस्वीकृतहरुलाई पठाउने एमालेको अनौठो निर्णयले एमाले महासचिव झलनाथ खनाललाई पार्टीभित्र र बाहिरपनि आलोचित बनाएको छ । खनाल नै हुन् जसले संविधान सभा निर्वाचनमा दुई दुई ठाउँबाट पराजित माधव नेपाललाई राष्ट्रपतिकालागि प्रस्तावित गरेका थिए । सरकारको नेतृत्व गर्नपनि उनले पराजित नेता बामदेव गौतमलाई नै पठाउने निर्णय गरे । |
|
|
मन्त्री मण्डलमा पठाइने नाममा
पक्षपात गरिएको भन्दै एमाले केन्द्रीय सदस्य राधा ज्ञवालीले पदबाट राजिनामा
दिएकी छिन् । ज्ञवाली महिलाको तर्फबाट मन्त्री मण्डलमा जाने
पक्कापक्कीजस्तै थियो । तर उनको साटो अष्टलक्ष्मी शाक्यको नाम एमालेले तय
गर्यो । एमालेको तर्फबाट सरकारको नेतृत्व गर्न चाहना राखेका अमृत बोहोराको
सट्टा बामदेव गौतमलाई पठाइने भएपछि बोहोरालाई थुम्थुम्याउन शाक्यलाई
मन्त्री मण्डलमा पठाउने निर्णय महासचिव खनालले गरेको बताइएको छ। किनभने शाक्य बोहोराकी धर्मपत्नी हुन् । एमाले सरकारमा जाँदा यसअघि नै मन्त्री भैसकेकी शाक्य गत संविधान सभा निर्वाचनमा काठमाडौं- ८ बाट पराजित भएकी थिइन् । यसैगरी गौतमपनि बर्दिया- १ बाट पराजित भएका थिए । पराजित भएकाहरुलाई सरकारमा पठाउने निर्णय गरेको एमालेले ज्ञवाली समानुपातिकबाट निर्वाचित भएको भन्दै सरकारमा नपठाउने निर्णय गरेको हो । ज्ञवाली पार्टीभित्रकी बरिष्ठ महिला नेतृको रुपमा चिनिन्छिन् । गत वर्ष उनलाई राजदूत बनाइने निर्णय भएपनि अन्तिम समयमा आएर उनको नाम काटिएको थियो । अहिले मन्त्री मण्डलमा पठाइने भनेर फेरि अन्तिम समयमा उनको नाम काटिएको छ । समानुपातिकबाट निर्वाचित हुनेहरुलाई नपठाउने भन्ने निर्णयका कारण अर्का केन्द्रीय सदस्य भीम रावलपनि मन्त्री मण्डलमा जान पाएनन् । पहिले परराष्ट्र र त्यसपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउने आशामा रहेका रावलले आफूलाई मन्त्री नबनाइने भएपछि शुक्रबारै पत्रकार सम्मेलन गरेर पार्टीबाट बिद्रोहको चेतावनी दिएका छन् । उनले कर्णाली र सेतीलाई उपेक्षित गरिएको आरोप लगाएका छन् । जानकारी अनुसार मन्त्री मण्डलमा पठाउने नामका बारेमा पार्टीभित्रै देखिएको आन्तरिक विवादका कारण एमालेका मन्त्रीहरुले शुक्रबार शपथ ग्रहण नगरेका हुन्, मयदिाक्रमसम्बन्धी विवाद त देखाउने दाँतमात्र हो । प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्कंदासम्म मन्त्री मण्डलमा पठाउने नामका सम्बन्धमा टुङ्गो लगाएर एमाले सरकारमा जाने श्रोतले बताएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||