Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
खराव मौसममापनि जहाज उडाउन बाध्य पार्ने विमान कम्पनीका मालिकहरुको लोभिपापी खेलका कारण निर्दोस यात्रुहरुको ज्यान जोखिममा

काठमाण्डौं, October 10, 2008- बडा दशैंको अघिल्लो दिन काठमाडौंको आकाशपनि त्यति उज्यालो थिएन । काठमाडौंको आकाश त यस्तो थियो भने हिमाली जिल्ला सोलुको आकाश कसरी उज्यालो होस् ? र पनि ३ जना चालक दलका सदस्य यति एयरलाइन्सको ट्वीनअटर जहाज १६ जना यात्रु लिएर लुक्ला विमानस्थलकालागि उड्यो ।

जहाज लुक्ला विमानस्थलमा पुगेर अवतरण गर्न खोज्यो । पूर्ण रुपले अवतरण हुन नपाउँदै जहाज विमानस्थलको रनवेबाट तल झर्न पुग्यो । विमानस्थलबाट झरेपछि विमानमा रहेका १८ जना यात्रुहरु दुर्घटनाग्रस्त विमानमा लागेको आगोका कारण ज्यान गुमाउन बाध्य भए । विमानमा आगो लाग्नुअघि नै जहाजबाट हाम्फाल्न सकेका कारण चालक सुरेन्द्र कुँवर भने बाँच्न सफल भए ।

नेपालको इतिहासमा यति भयाभह विमान दुर्घटना यो पहिलो होइन र अन्तिमपनि होइन । २००६ सालमा पहिलो पटक विमान अवतरण भएयता नेपाली भूमिमा तीन दर्जनभन्दा बढि विमान दुर्घटनाग्रस्त भैसकेका छन् । ती दुर्घटनामा परी सयौं स्वदेशी र विदेशी यात्रुहरुको दुखद मृत्यु भैसकेको छ । तर विमान दुर्घटनाको कारण गम्भीरतापूर्वक निराकरणको उपाय खोज्नुको साटो सरकारले भने सिर्फ औपचारिकताकालागिमात्र आयोग गठन गर्ने गरेको छ ।

त्यस्तै आयोग सरकारले लुक्लामा भएको यो पछिल्लो दुर्घटनाको छानविन गर्नपनि बनाएको छ । सो दुर्घटनाको कारण पत्ता लगाउनकालागि सरकारले सहमहान्याधिबक्ता पुष्पराज कोइरालाको संयोजकत्वमा आयोग गठन गरेको छ । आयोगले रिपोर्ट तैयार पारी सरकारलाई बुझाउनकालागि दुई महिनाको समयावधि दिइएको छ ।

छानविनकालागि दुई महिना समयावधि पाएको यो आयोगले मौसमका कारण दुर्घटना भएका रिपोर्ट दिने पक्कापक्कीजस्तै छ । किनभने दुर्घटनाको समय लुक्ला विमानस्थलको भिजुवलिटी सून्य थियो । सुन्य भिजुवलिटी भएका बेला अवतरण गर्न खोज्दा अगाडिको दृष्य नदेखिने भएका कारण दुर्घटना हुने सम्भावना अत्याधिक हुन्छ, आखिर त्यही भयो ।

नेपालमा प्राविधिक गडबढीका कारणले भन्दापनि मौसम र विमान चालकहरुमा हुने मानसिक तनावका कारण विमान दुर्घटना हुने गरेको छ । किनभने खराव मौसमका बेलापनि विमान कम्पनीहरुले चालकहरुलाई विमान उडाउन दबाव दिने गरेका छन् । नेपाली विमान कम्पनीका मालिकहरुलाई जसरी हुन्छ पैसा कमाउनु परेको छ । उनीहरुले यात्रुहरुको सुरक्षामा कमैमात्र ध्यान दिने गरेका छन् । दुर्घटना भएपनि बिमा कम्पनीले आफूलाई क्षतिपूर्ति वापतको रकम दिइहाल्छ भन्ने धारणा उनीहरुमा छ ।

जानकारीअनुसार खराव मौसमका बेलापनि विमान कम्पनीका मालिकहरुले विमान चालकहरुलाई विमान उडाउन दबाव दिने गरेका छन् । आफूले भनेका बेला वा यात्रुहरुको चाप बढि भएका बेला जस्तोसुकै स्थितिमापनि विमान नउडाए जागिर खोसिदिने धम्की पाइलटहरुले पाउने गरेका छन् । रोजगारीको सीमितताका कारण पाइलटकहरु धम्कीका कारण जोखिम मोलेरै भएपनि विमान उडाउन बाध्य छन् ।
 
जानकारहरुकाअनुसार अधिकांस दुर्घटना यस्तै दबाबकाबीच पाइलटहरुले जहाज उडाएक बेला हुने गरेको छ । त्यसदिन पनि काठमाडौंको आकास नै त्यति सफा थिएन के त्यस्तो स्थितिमा पाइलटहरुले जानाजान जहाज उडाएको कुरा पत्याउन सकिन्छ ? अथवा लुक्ला विमानस्थलमा टम्म हुस्सु लागेका बेला किन पाइलटले विमान अवतरण गर्न खोजे होलान्? स्वभाविक छ, त्यस्तो नाजुक स्थितिमापनि जहाज उडाउनु वा अवतरण गर्न खोज्नु उनीहरुको रहर थिएन, बाध्यता थियो ।

त्यसैले सरकारी आयोगले सिर्फ मौसमका कारण विमान दुर्घटना भएको भन्ने 'रेडिमेड' निस्कर्षको साटो उपरोक्त दुई प्रश्नमा केन्द्रित भएर रिपोर्ट बनाउनु जरुरी छ । किनभने अन्य विमान कम्पनीका जहाजहरुपनि यस्तै कारणले दुर्घटनाग्रस्त हुँदा सयौंले ज्यान गुमाएका छन् । सरकारी आयोगले नेपाली आकासमा उड्ने विमानका पाइलटहरु खराव मौसममापनि जहाज उडाउन कसरी विवस छन् भन्ने कुरा पत्ता लगाउन सफल भयो भने यस्ता आयोग गठनको उपादेयता रहनेछ ।

पाइलटहरुलाई खराव मौसममापनि जहाज उडाउन बाध्य पार्ने विमान कम्पनीका मालिकहरुलाई सम्बन्धित मन्त्रालयले कार्वाहीको सिफारिस गर्ने र सरकारलेपनि सिफारिसअनुसार त्यस्ता विमान कम्पनीका मालिकहरलाई कार्वाही गर्न सक्यो भने नेपाली आकासले यस्ता दुर्घटनाहरुलाई धेरै हदसम्म टार्न सक्नेछ ।

-Sitaram Baral in Kathmandu
  Read our related news:
» सगरमाथाको फेदिमा बिमान दुर्घटना, १६ बिदेसी, २ नेपालीको मृत्यु (2 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®