Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रधानमन्त्री कोइरालाको सत्तामै रहने आशयका पछाडि के छ?
माओवादीको जनता उतार्ने तयारी

काठमाडौं, May 18, 2008-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सत्तामै रहने आफ्नो चाहना सार्वजनिक गरेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा क्याथल्याव प्रविधिको शुक्रबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री कोइरालाले सत्तामा रहने आफ्नो चाहना प्रकट गरेका हुन् । सो कार्यक्रममा अबपनि आफै प्रधानमन्त्री पदमा रहने संकेत गर्दै प्रम कोइरालाले भने- 'नयाँ संविधान निर्माण नभएसम्म मेरो उत्तरदायित्व पुरा हुँदैन म आफ्नो उत्तरदायित्व पुरा गरेरै छाड्छु ।' संविधान सभाले दुई वर्षभित्र नयाँ संविधान बनाइसक्नुपर्ने प्रावधान अन्तरिम संविधानमा छ ।

संविधान सभा चुनाव अघि कोइरालाले आफ्नो उत्तरदायित्व संविधान सभा चुनावसम्म हो भनेका थिए । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री कोइरालाको भनाई थियो- 'संविधान सभा चुनावपछि राजनीतिबाट विश्राम लिनेछु ।' माओवादीलाई सत्ता हस्तान्तरण नगर्न कांग्रेसको एक खेमाबाट आएको दबाबकारण कोइरालाको यस्तो भनाई सार्वजनिक भएको हो । चुनावपछि छोरी सुजाता वा भाई सुशील कोइरालालाई सत्ता हस्तान्तरण गर्ने योजना बनाएका प्रम कोइरालाको योजना दुवैजनाको पराजयपछि असफल हुन पुगेको छ । त्यसैलेपनि प्रमले सत्ता हस्तान्तरण गर्न हिच्किचाइरहेको अनुमान गर्न थालिएको छ ।

प्रम कोइरालाले सहमतिको सूत्रलाई आफू सत्तामा रहने आधार बनाउन थालेका छन् । 'चुनावमा आएको मेजोरिटी र माइनोरिटीलाई भन्दापनि सहमतिको आधारमा अघि बढ्दा सबैलाई फाइदा हुन्छ' उनले आफ्नो पक्षमा तर्क गर्दै भने- 'लोकतन्त्रको मुख्य आधार हो सहनशीलता । त्यसैले मेजोरिटी र माइनोरिटीलाई बिर्सेंर सहमतिका साथ अघि बढ्नुपर्छ ।' प्रधानमन्त्री कोइरालाले यसरी सत्ता नछो्ड्ने संकेत गरेपछि नेपालको राजनीतिक निकै पेचिलो मोडमा पुगेको छ । र शान्तिपूर्ण सत्ता हस्तान्तरण भन्दा भीडन्तबाटमात्र सत्ता हस्तान्तरण हुनसक्ने स्थिति देखिएको छ ।

सहमतिका नाममा कुर्चीमै टाँसिइरहने प्रधानमन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आइरहँदा माओवादी अध्यक्ष प्रचण्डले क्रान्तिबाट आएको माओवादीलाई चुनावबाटसमेत सत्तामा पुग्न नदिन नेपाली कांग्रेसले षडयन्त्र गरिरहेको बताउँदै कांग्रेसको नेतृत्वमा राजावादी र विदेशीहरुबाट प्रतिक्रान्तिको खतरा रहेको औंल्याएका छन् । 'निर्वाचनमा पराजित भएपछि पनि केही तत्वहरु नैतिकताको समेत ख्याल नगरी लाजै नमानी कुर्चीमा टाँसिइरहेका छन्' राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने- 'यस्तै तत्वले प्रतिक्रान्तिलाई मलजल गरिरहेका छन् ।'

कांग्रेस सत्ता र राजा ज्ञानेन्द्रले नारायणहिटी छाड्न आनाकानी गरिरहेका बेला माओवादीले संविधान सभा बैठकको पहिलो दिन राजधानी काठमाडौं र ७५ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शनको तैयारी गरिरहेको छ । तर त्यो प्रदर्शनको क्रम दुई दिन लम्ब्याउने योजनामा माओवादी पुगेको संकेत अध्यक्ष प्रचण्डले गरेका छन् । उनले भने- 'प्रतिक्रान्तिको खतरा टार्न जेठ १५ देखि १७ सम्म काठमाडौं उपत्यका लगायत देशका ७५ वटै जिल्ला सदरमुकाममा व्यापक जनपरिचालनको आवस्यकता छ । यसो गरियो भनेमात्र प्रतिक्रान्ति रोक्न सकिन्छ ।' सदरमुकाम र राजधानीमा काठमाडौंमा आयोजना गरिने जेठ १५ देखि १७ सम्मका बिशाल प्रदर्शनबाट राजालाई नारायणहिटी र कोइरालालाई सत्ताबाट हटाउने योजनामा माओवादी लागेको छ ।

-Sitaram Baral in Kathmandu


































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®