मैथिल ब्राम्हण उपराष्ट्रपति झाले हिन्दी भाषामा शपथ ग्रहण किन गरे?
उपराष्ट्रपति परमानन्द झालाई सपथ ग्रहण गराउँदै
राष्ट्रपति डा. रामवरण यादव साथमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
प्रधानन्यायधीश केदारप्रसाद गिरी र संविधानसभा अध्यक्ष कुलबहादुर गूरुङ्ग ।
Photo: Dinesh Shrestha
काठमाडौं, July 24, 2008-मुलुकले पहिलो राष्ट्रपति र उपराष्ट्रपति पाउनु खुसीको कुरा
भएपनि उनीहरुको शपथ ग्रहण कार्यक्रमको एउटा प्रसङ्गले भने सारा
नेपालीहरुलाई झस्काएको छ ।
उपराष्ट्रपतिमा निर्वाचित परमानन्द झाले आफ्नो मातृभाषाको सट्टा हिन्दी
भाषामा शपथ ग्रहण गरेपछि नेपालीहरु झस्केका हुन् ।
उपराष्ट्रपति झा मधेशको मैथिल ब्राम्हण समुदायका हुन् । मैथिल समुदायको
आफ्नै मैथिली भाषा छ । नेपालमा नेपालीपछि सबैभन्दा धेरै बोलिने भाषा भनेकै
मैथिली हो । तर उपराष्ट्रपतिले आफ्नो मातृभाषा मैथिलीमा होइन भारतमा बोलिने
हिन्दी भाषामा गरिदिए ।
प्रधानन्यायाधिस केदारप्रसाद गिरीबाट शपथ लिएपछि राष्ट्रपति डा. रामबरण
यादवले उपराष्ट्रपति झालाई शपथ खुवाएका थिए । राष्ट्रपति डा. यादवले शपथ
बाक्यांस नेपालीमा उच्चारण गरेका थिए भने उपराष्ट्रपति झाले त्यसलाई
हिन्दीमा उच्चारण गरी शपथ लिएका थिए ।
मैथिलभाषी उपराष्ट्रपति झाले हिन्दीमा शपथ लिएपछि पहाडी समुदाय आश्चर्यमा त
पारेको छ नै साथसाथै मैथिलभाषी मधेशीहरुपनि दुखी बनेका छन् । मधेशवादी
दलहरुले मातृभाषाको सट्टा हिन्दी भाषाको वकालत गर्दै आएका छन् । मधेशवादी
दलहरुको हिन्दी भाषाको वकालतको मैथिल र थारु समुदायले विरोध गर्दै आएको छ ।